काठमाडौं/ अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पूर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरी अर्थतन्त्रको ढुकुटी मानिने अर्थमन्त्रालयको जिम्मेवारी सुम्पिएकी छन् । अन्तर्राष्ट्रिय दातृ निकायहरुको मन जितेका अर्थमन्त्री खनालले पद बहाली गर्र्दा सरकारी सेवा सुविधा नलिने र अनावश्यक टुक्रे योजनाहरुको बजेट कटौती गर्ने बताएका छन् ।
यसभन्दा पहिलेका अर्थमन्त्रीहरुले नेताकेन्द्रित योजना र टुक्रे योजनाहरु बजेटमा समावेश गर्र्दा आलोचित बन्न पुगेका थिए । अर्थमन्त्री खनाल तात्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा बजेट निर्माणका क्रममा असन्तुष्टि जनाउँदै अर्थसचिवको पद नै माया मारेर राजीनामा गरेका थिए । अर्थतन्त्रका जानकार र सुधारवादी प्रशासकको पहिचान बनाएका खनाललाई यसभन्दा अगाडिका खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको संयोजक बनाएको थियो ।
अहिले त्यही सुझाव कार्यान्वयन गर्ने ठाउँमा पुगेका खनालले राजनीतिक दबाबका आधारमा अघि बढेका आयोजना कटौती गर्ने, राजनीतिक नियुक्ति खारेज गर्ने, कार्यक्रमहरु गर्दा आफ्नै हलमा गर्ने, नयाँ गाडीहरु खरिद नगर्ने लगायतका थुपै्र सकारात्मक निर्णयहरु गरेका छन् ।
जेन–जी आन्दोलनबाट सर्वस्वीकार्य अर्थमन्त्रीमा छनौट भएका अर्थमन्त्री खनालले सोमबार पदभार ग्रहण, मंगलबार आक्रमणबाट क्षति भएका भौतिक संरचनाको अवलोकनन गरी केही दिनपछि मुलुकका आर्थिक नीतिको योजना बाहिर ल्याउने बताइएको छ । कर्मचारीतन्त्रमा स्वच्छ र इमान जोगाएका खनाल २०६३ श्रावणमा राजश्वसचिव र २०६५ भदौ १५ मा अर्थसचिवको जिम्मेवारी पाएका थिए ।
करछली, नक्कली भ्याट बिल छानविन, पूरक बजेट लगायतका विषयमा तात्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभेद भएपछि २०६७ साल चैत १४ मा अर्थसचिवबाट राजीनामा गरेको समाचार श्रोतले बताएको छ । २०८१ चैतमा अर्थतन्त्रका लागि गर्नुपर्ने सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझावको प्रतिवेदनन जुन कार्यान्वयनको चरणमा छ । अब त्यसलाई कडारुपमा कार्र्यान्वयन गरी मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने चुनौती उनको काँधमा आएका छ ।
अर्थमन्त्री खनाल सार्वजनिक वित्त व्यवस्थापन, बजेट, कर नीति र वैदेशिक सहायतामा विज्ञ मानिन्छन् । हेरौ अब उनी कसरी अगाढि बढ्छन् । भ्रष्टाचार भ्रष्टतन्त्रले जन्माएको जेन–जी आन्दोलनको सपना पूरा हुन्छ कि कर्मकाण्डी हुन्छ भन्ने चर्चा चलेको छ ।
खनालले कसरी उठाउलान् अर्थ ?
Facebook Comments Box
