बागमती प्रदेश सञ्चालन गर्ने तयारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

हेटौंडा/ बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस प्रदेश संसदीय दलले प्रदेशसभा सञ्चालनमा समयानुकूल निर्णय गर्ने गरेको छ । अन्य दलसँग संवाद गर्ने र समायनुकूल निर्णय गर्ने दलको बैठकले निर्णय गरेको हो ।
बागमतीका मुख्यमन्त्रीसमेत रहेका दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भर्चुअल बैठक भएको थियो । बैठकमा जेन–जीहरूको आन्दोलनपछि विकसित घटनाक्रमको समीक्षा र प्रदेश सरकार सञ्चालनको सम्बन्धमा छलफल भएको संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । बैठकले प्रदेशसभा संसदीय समितिलाई थप क्रियाशील बनाउने निर्णय पनि गरेको छ ।
कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तात्कालिन पराष्ट्रमन्त्री डा. आरजु देउवा राणामाथि भएको भौतिक आक्रमणको भत्सर्ना गर्दै घटनाको सत्यतथ्य छानविन गरेर दोषीमाथि कडा कारबाहीको माग बैठकले गरेको छ । दलको बैठकले संविधान, राष्ट्रियता र लोकतन्त्रको मूल मर्मअनुसार मुलुकलाई निकास दिएकोले राष्ट्रपति रामचन्द्र पौडेलप्रति उच्च सम्मान र कृतज्ञता व्यक्त गरेको पनि लामिछानेले जानकारी दिएका छन् ।
जेन–जी युवाद्वारा आयोजित प्रदर्शनीको क्रममा भएको मानवीय क्षतिले स्तब्ध बनाएको बताउँदै दलले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *