खड्काले पाउलान् काँग्रेसमा का.वा. सभापति ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ जेन–जी आन्दोलनपछि संसदको सबैभन्दा ठूला दलको हैसियत र राज्यसत्ता दुबै एकैचोटी नेपाली काँग्रेसले गुमाएको छ । यो आन्दोलनले पुराना अनुहारको राजनीतिक हैसियत र कृयाकलापले नेताहरु सच्चिने कि सक्किने भन्ने गम्भीर प्रश्नहरु पनि तेस्र्याएको छ ।
जेन–जी आन्दोलनले गरेको विद्रोहले २७ घण्टामा राज्यसत्ता ढालेर विश्वमा नयाँ रेकर्ड समेत कायम गरेको छ । पुरानो अनुहारले पटक–पटक युवा पुस्ताको भावनालाई बुझ्ने कोशिस नगर्दा निम्तिएको यो परिस्थितिमा काँग्रेस अब कसरी अघि बढ्छ, फागुन २१ गतेको चुनावमा जानुअघि नेतृत्व परिवर्तन गर्छ कि गर्दैन र आन्तरिक रुपान्तरणतर्फ अघि बढ्छ कि बढ्दैन भन्ने बहस शुरु भएको छ । काँग्रेसमा सभापति शेरबहादुर देउवाले आफ्नो अनुहारमा लागेको दाग हटाउन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएर महाधिवेशनमा जानुपर्दछ भन्ने मत बलियो रहेको छ ।
काँग्रेसको १५औं महाधिवेशनको तिथिमिति २०८२ मंसिरमै हुनुपर्ने थियो । सभापति देउवाको पद लोलुपताको कारण अब यो मंसिरमा गर्न सम्भव नरहेको वताइएको छ । एउटै मात्रै नेताको वरिपरि प्रधानमन्त्री र सभापति पद घुमिरहँदा जनतामा निराशा देखिएको र व्यापक असन्तुष्टि बढेको जानकारहरुले बताएका छन् । जेन–जी आन्दोलनपछि काँग्रेसका देउवा पक्षीय नेताहरुले पनि रुपान्तरणका दबाब दिने र सुधारमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
त्यसैले सभापति देउवालाई उमेरले पनि साथ नदिएको र आराम गर्नुपर्ने चर्चा चलेको छ । पार्टीको १५औं महाधिवेशनमा वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन कुमार थापाबीच सहमति भै सभापति बन्न सके जय नेपालको नाराले नेपाल ब्यूँझने र काँग्रेसले पनि काँचुली फेर्ने जानकारहरुले बताएका छन् । अब काँग्रेस जेन–जीले सिकाएको पाठ अनुसार सबैलाई समेटेर गुट–उपगुटरहित तरिकाले अघि बढ्न सके काँग्रेसको भविष्य उज्वल रहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *