अर्थले बजेट रोक्दा सडकमा समस्या

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अर्थमन्त्री रामेश्वर खनालले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेटमा व्यापक कटौती गरेपछि अधिकांश योजनाहरु बन्द हुने अवस्थामा पुगेका सरोकारवालाहरुले बताएका छन् । खासगरी राष्ट्रिय गौरवका आयोजनाहरु बाहेक डिभिजन सडक कार्यालय र योजनाहरुमा कन्टेन्जेन्सी रोकिँदा समस्या उत्पन्न भएको समाचार स्रोतले बताएको छ ।
डिभिजन सडकहरुमा कन्टेन्जेन्सी रोकिँदा करार र ज्यालादारीमा काम गर्ने कामदारहरुलाई मर्का परेकोले डिभिजन प्रमुखहरु अर्थमन्त्रालय धाउन बाध्य भएका छन् । त्यसबाहेक डिभिजनहरुले प्रकाशित गर्ने सूचना पनि रोकिन पुगेको बताइएको छ । यसका अतिरिक्त सहायक सडक निर्माणको काम पनि रोकिन पुगेको छ । अर्थमन्त्री खनालले टुक्रे योजनाहरुमा व्यापक कटौती गरेपछि चौतर्फी समस्या उत्पन्न भएको बताइएको छ ।
यता, भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आंशिक क्षति गरेको र सडक विभाग पूर्णरुपमा ध्वस्त भएपछि सडक मातहतका कार्यालयहरु पुनः चाकुपाट सरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *