जेन–जी मन्त्री पनि कसीमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनको बलमा अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । गत भदौ २७ गते असोज ६ गते र कार्तिक ९ गते गरी तीन चरणमा मन्त्रिमण्डल विस्तार गरिएको थियो ।
प्रधानमन्त्री कार्कीले अझै पनि परराष्ट्र, रक्षा, खानेपानी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण संस्कृती, पर्यटन तथा नागरिक उड्डयन र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गरी ७ वटा मन्त्रालयको जिम्मेवारी बोकेकी छिन् । कुलमान घिसिङ, रामेश्वरप्रसाद खनाल र अनिलकुमार सिन्हालाई पनि बढी मन्त्रालयको जिम्मेवारी दिइएको छ । तेस्रो पटक विस्तार गरिएको मन्त्रिमण्डलमा डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई खेलकुद मन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ लिई पदवहाली समेत गरेका छन् ।
कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषदमा जेन–जीको प्रतिनिधित्व गर्ने २६ वर्षीय बब्लु गुप्ता रहेका छन् । हाल कार्की नेतृत्वको सरकारमा खनाल, घिसिङ, सिन्हा, ओमप्रकाश अर्याल, महावीर पुन, डा. मदनप्रसाद परियार, जगदीश खरेल, डा. सुधा गौतम र बब्लु गुप्ता गरी कूल १० जनाले जिम्मेवारी सम्हालेका छन् । जेन–जीहरुको एकता नहुँदा मन्त्रिमण्डलप्रति असन्तुष्टी जनाउँदै आइरहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *