काठमाडौं/ काठमाडौं उपत्यका भित्रका नगरप्रमुख (मेयर) हरूले आगामी निर्वाचनमा आफूहरु सरकारलाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीलेसँग सोमबार छलफल गर्दै उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलमा सहभागी नगरप्रमुखहरुले त्यसो भन्नु भएको हो ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका नगरप्रमुखहरु सम्मिलित उक्त फोरम बनेको हो । प्रधानमन्त्री निवासमा भेटका लागि पुग्नु भएका नगरप्रमुखहरुले स्थानीय सरकार प्रमुखहरूले भोगिरहेका समस्याका विषयमा पनि सो अवसरमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराइएको बताइएको छ ।
काठमाडौं उपत्यकाका लागि फोहोर व्यवस्थापनको समस्या प्रमुख रहेको भनी सहभागीहरुले बताउनु भएको थियो । यसैगरी सडक बत्तीको बक्यौता रकमसम्बन्धी विवाद मिलाइदिन पनि कार्की समक्ष उहाँहरूले आग्रह गर्नु भएको थियो । सडक बत्तीको बक्यौता आफू निर्वाचित भएर आउनुअघिको भएको कुरा ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उठाउनु भएको थियो । यसको समाधानका लागि उहाँले पुरानो बक्यौता रकम राफसाफ गरी दिन अनुरोध गर्नुभयो । यस्तै सडक बत्तीको महसुल ६० प्रतिशत स्थानीय सरकारले तिर्न सक्ने र ४० प्रतिशत संघीय सरकारले तिर्ने व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएमा त्यसले दीर्घकालिन समाधान दिन सक्ने धारण पनि उहाँले राख्नुभयो ।
यसैगरी सबैजसो नगरप्रमुखहरुले नवपुस्ता (जेनजी) को हालैको आन्दोलनपछि सुरक्षा चुनौती उत्पन्न भएको बताइएको थियो । यसको सहजीकरण गरिदिन पनि उहाँहरूले प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।
यसैगरी गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिमालले नेपाल ट्रस्टको जग्गामा सडक विस्तार गरिदिन आग्रह गर्नुभयो । यस्तै, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा–छहरे बाटो चौडा पार्न स्थानीयलाई मुआब्जा दिने निर्णय गरिदिन आग्रह गर्नुभयो । यस्ता निर्णय दलीय सरकारले गर्न नसक्ने बताउँदै उहाँले गैरदलीय सरकारले यो निर्णय गरेर इतिहास रच्नुपर्ने सुझाव दिनुभयो ।
यसैगरी बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले भदौ २४ गते जेनजी आन्दोलनसँग सम्बन्धित नै नभएका व्यक्तिहरूले व्यक्तिका घरघरमा लुटपाट मच्चाएको भन्दै तिनलाई कानूनबमोजिम कारबाही हुनुपर्ने माग गर्नुभयो । कीर्तिपुरका नगरप्रमुख कृष्णमान डंगोलले त्रिभुवन विश्वविद्यालयको जग्गामा बसपार्क, अस्पताल र प्रशासकीय भवन सञ्चालनका लागि संघीय सरकारले अनुमति दिनुपर्ने माग राख्नुभयो ।
उता, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सल्लाघारी–कमलविनायक–नगरकोट सडक लामो समयदेखि निर्माणाधीन रहेकाले त्यसलाई चाँडै बनाइदिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
यसैबीच निर्वाचनसँग सम्बन्धित विषयमा नगरप्रमुखहरु केन्द्रित रहने प्रधानमन्त्री कार्कीको अपेक्षाविपरित नगरप्रमुखहरु रहेको बुझाइमा कार्की पुग्नु भएको थियो । उहाँले आफू नेतृत्वको सरकारले विकास निर्माणको कुरामा ध्यान दिंदा दलहरुले भने निर्वाचन गराउने जिम्मेवारीमात्र रहेको भन्ने गरेको बताउनु भएको थियो । उहाँले नगरप्रमुखहरुको विकास निर्माणसँग सरोकार राख्ने कुरालाई सरकारले सकेसम्म सहयोग गर्ने बताउँदै निर्वाचनको माहोल बनाउन स्थानीय निकायको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो । उहाँले ३५ वर्षदेखि एउटै अनुहार, एकै खालका दलहरुले शासनसत्ता सम्हाले पनि मुलुकमा सोचे अनुसारको परिवर्तन नभएको भनी नवपुस्ता आन्दोलित भएको जिकिर गर्नु भएको थियो । उहाँले नवपुस्ताको चाहनालाई वर्तमान सरकारले पूरा गर्न प्रयास गरिरहेको बताउँदै यसका लागि स्थानीय निकायको भूमिका झनै महत्वपूर्ण हुने धारणा राख्नु भएको थियो ।
यसैबीच उक्त भेटमा काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साह (वालेन) भने अनुपस्थित हुनुहुन्थ्यो । देशको राजधानी समेत रहेको काठमाडौंका नगरप्रमुखको अनुपस्थितिलाई लिएर अन्य नगरप्रमुखहरुले चासो राख्नु भएको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री कार्कीले वालेनको स्वभाव नै आफ्नो कुरा मात्र राख्ने खालको रहेको आफ्नो बुझाइ भएको पनि बताउनु भएको थियो ।
प्रधानमन्त्रीको गुनासो सुन्दा आफ्नै गुनासो
Facebook Comments Box
