काठमाडौं/ नवपुस्ता (जेन–जी) का अभियन्ता मानिएका मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ । ढुंगानाले आफ्नो कार्यालयमा बुधबार साँझ आक्रमण भएको सामाजिक सञ्जालमार्फत बताउनु भएको छ ।
फेसबुकमा ढुंगानाले घटनाबारे जानकारी दिँदै आफूहरूलाई लक्षित गरी कार्यालयमा आक्रमण तथा हातपात भएको दाबी गर्नु भएको छ । ‘हामी माथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो आज । हामी माथि र हाम्रो महिला साथीहरूमा पनि हातपात भयो । के गर्न खोज्नु भएको हो हामीलाई ?’ ढुंगानाको फेसबुकमा यस्तो स्टाटस आएको छ । उहाँले यस्तो व्यहोरा लेखे पनि कोबाट आक्रमण भएको भन्ने विषयमा केही उल्लेख नगरेको बताइएको छ । यो विषयलाई प्रहरी प्रशासनले चासोका साथ हेरिरहेको पनि बताइएको छ ।
यसैगरी बारामा जेन–जीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा नियोजित आक्रमण भएको दाबी जेन–जी अभियन्ता मानिने सुदन गुरुङले गर्नु भएको छ । बुधबार भएको हिंसात्मक घटनापछि आन्दोलनका अगुवा गुरुङले ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान शुरु गर्ने चेतावनी दिनु भएको छ ।
बारा जिल्ला संयोजक सम्राट उपाध्यायको नेतृत्वमा भइरहेको कार्यक्रममा नेकपा (एमाले) निकट समूह प्रवेश गरी जेन–जीहरुमाथि अपमान गर्दै कुटपिट गरिएको दाबी गुरुङको छ । सामाजिक सञ्जालमा बुधार एक स्ट्याटस लेख्दै गुरुङले गृहमन्त्रीको ढिलासुस्ती र ‘लाचारीपन’ नै यस्तो घटनाको मूल कारण भएको आरोप लगाउनु भएको छ ।
जेन–जीमाथि आक्रमण
Facebook Comments Box
