ललितपुर/ देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आन्तरिक विवादमा रुमलिएको छ । यही मंसिरमा केन्द्रीय कार्यसमितिको कार्यावधि सकिने भएकाले महाधिवेशनको विषयमा कांग्रेस रुमलिएको हो ।
कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर विभिन्न नेताहरु विभिन्न समूहमा विभाजित देखिएका छन् । खासगरी नियमित महाधिवेशन वा विशेष महाधिवेशन आगामी फागुन २१ को निर्वाचन अघि गरिनुपर्ने भन्ने कुराले कांग्रेसमा विवाद बढाएको छ ।
कांग्रेस भित्र आगामी निर्वाचनको मिति भन्दा अघि नै नयाँ नेतृत्वसहित कांग्रेस जानुपर्ने माग हालका महामन्त्रीद्वयले चर्को रुपमा उठाउने गर्नु भएको छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा आगामी पुसभित्रमा महाधिवेशन सम्पन्न गर्न सकिने कार्यतालिका सहित प्रस्तुत हुँदै आउनु भएको छ । गत भदौ २३ र २४ गतेको नवपुस्ता (जेन–जी) को आन्दोलनले सरकार नै परिवर्तन गरेको अवस्थामा अब हुने भनिएको निर्वाचनअघि नै महाधिवेशन गरिनुपर्ने धारणा उहाँहरुको छ ।
उता, यही अवस्थालाई बुझेर कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेदारी पूर्णबहादुर खड्कालाई दिनु भएको छ । आन्दोलनका माग तथा नवपुस्तालाई समेट्नका लागि भनी देउवाले आफूलाई कांग्रेसको किचलोबाट टाढा राख्ने प्रयास गर्नु भएको बताइएको छ । कार्यवाहक सभापतिको जिम्मेदारी दिएर आफू उपचारका लागि सिंगापुर गएको अवस्थामा समेत देउवा निकटका मानिनेहरुले हलो अड्काउने कार्य गर्नु भएको बताइएको छ ।
खासगरी सात भाइको नामबाट परिचित जनाधार नभएका केही नेताहरुले आगामी बैशाखमा मात्र महाधिवेशन गरिनु उचित हुने धारणासहित का.वा.सभापति खड्कालाई दबाब दिएको अवस्था छ । उता, जनचाहना भने फागुनमा हुने निर्वाचनमा नयाँ नेतृत्वसहित कांग्रेज गए मात्र ऊर्जा हुने नत्र कांग्रेसप्रति मतदाताको आकर्षण हुन नसक्ने भन्ने खालको रहेको छ ।
यस्तो अवस्थालाई बुझेर महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशन गर्न सम्भव नठानिए विशेष महाधिवेशन गर्न सकिने भनी सोही अनुसारको धारणा राख्दै आउनु भएको छ । उहाँहरुका अनुसार पुरानै महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गरी नयाँ नेतृत्वका साथ कांग्रेस निर्वाचनमा होमिनु उचित हुनेछ ।
यसैबीच कांग्रेसका सभापति देउवाले आफूले कार्यवाहकको जिम्मेदारी दिए पनि निकास ननिस्किएपछि राजनीतिक सक्रियता बढाएको बताइएको छ । उहाँले यसबीचमा केही नेताहरुसँग परामर्श गरी सही निकासका लागि धारणा बनाउँदै गएको बताइएको छ । देउवाले पनि मंसिर वा पुसमै नियमित महाधिवेशन सम्भव भएमा गराएर आफूले राजनीतिक विश्राम लिन चाहेको बताइएको छ ।
उता, कांग्रेसको केन्द्रीय समितिको बैठक हिजो विहीबार पनि बसेको छ । केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएकाले अब कांग्रेसले सभापति देउवाको आसय बुझेर निर्णय लिने चर्चा चलेको छ ।
कांग्रेसमा देउवाले विवाद मिलाउने
Facebook Comments Box
