काँग्रेसको गढमा घण्टीलाई भोट परेपछि …

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ आम निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न भएको छ । आगामी साता झण्डै दुईतिहाई (२ मत कम) ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गर्दैछ । यो निर्वाचनमा पुराना भनिएका दलहरु लगभग किनारा लाग्न पुगेका छन् ।
रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी १८२ सिट हात पारेको छ । बहुमतका लागि आवश्यक पर्ने १८४ सिटमा धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको पक्षमा नतिजा आए स्वतन्त्र सांसद महावीर पुनलाई मिलाएर दुइ तिहाई पु¥याउने र संविधान लगायतका अनावश्यक झण्झटिला कानूनहरु संशोधन गरिने चर्चा राजनीतिक वृत्तमा चलेको छ । यसो भयो भने सरकारले ५ वर्षसम्म ढुक्कले काम गर्न पाउनेछ । जनताले यही आशाले सुशासन, समृद्धि र दण्डहीनताको आशाले रास्वपाको पक्षमा मत ओइ¥याइदिएका हुन् । काँग्रेस, एमाले र तात्कालीन माओवादीको सिण्डिकेटले उकुस–मुकुस एवं वाक्क भएका जनताले यसपटक रास्वपालाई मौका दिएका छन् ।
यस पटक काँग्रेसबाट आक्रोशित बनेर रास्वपामा छिरेकाहरुले बाहेक काँग्रेसका सकृय सदस्य, महासमिति सदस्य तथा नेताहरुले समेत नेपाली काँग्रेस जिन्दावाद भन्दै भोट केमा घण्टीमा भनेर ५ वर्षलाई मत परिवर्तन गरेका छन् । काँग्रेसले कूल ३८ सिट ल्याउँदा ८२ ठाउँमा दोश्रो बनेको छ । काँग्रेसको गढ मानिने ठाउँमा पनि घण्टीलाई भोट परेको छ ।
उदाहरणको लागि भक्तपुर निर्वाचन क्षेत्र नं. २ को जनप्रेमी मतदान केन्द्रमा कूल खरेको ४२ सय बढी मतमध्ये २५ सय बढी मत घण्टीमा परेको श्रोतले जानकारी दिएको छ । मध्यपुर थिमी न.पा. वडा नं. ३ कौशलटारलाई काँग्रेसको गढ मानिने गरिन्थ्यो । कौशलटारका काँग्रेस नेता जगन्नाथ आचार्यको जन्मस्थान भएको ठाउँ हो । यस क्षेत्रमा आचार्य र सिलवालहरुको पकड रहेको छ । यसपाली बाहिरबाट यहाँ आई बसोबास गरेका र यहीँका रैथानेहरुको समेत भोट घण्टीले तान्न सफल भयो ।
यो भनेको पुराना दलप्रति जनताले गरेको व्यालेट विद्रोह हो । यस्ता विद्रोहहरु धेरै ठाउँमा भएका छन् भने वर्षमा ३६४ दिन काँग्रेस बनेर १ दिन घण्टी काँग्रेस बनेकाहरुले पार्टीप्रति गरेको आक्रोश र असन्तुष्टिको परिणाम हो । अब यसतर्फ विचार नपु¥याए काँग्रेस प्रजापरिषद् बन्ने जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *