रवि–बालेनबीच मतभेद बढ्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच स्वार्थले एक ठाउँमा ल्याएको एक अमेरिकी प्रतिवेदन (रिपोर्ट) ले उल्लेख गरेको छ ।
रवि र बालेनलाई एक ठाउँमा ल्याउन सुधन गुरुङले प्रभावकारी भूमिका निर्वाह गरेको जानकारहरुले बताएका छन् । रास्वपालाई रविको संगठन र बालेनको क्रेजले १८२ सिटमा पु¥याएको र पुराना दलहरुप्रतिको वितृष्णाले कल्पनै नगरेको परिणाम हात परेको चर्चा चलेको छ । बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाँदा मधेश प्रदेशबाट पुराना दलहरु बढारिन पुगेको बताइएको छ । मधेशका ३२ सिटमा काँग्रेस र नेकपाले १–१ सिट हात पारेको छ र बाँकी ३० सिट रास्वपा अर्थात घण्टीमय बन्न पुगेको छ । मधेश बाहेक अन्य हिमाल र पहाडी जिल्लामा पनि रास्वपाको उम्मेदवारलाई भन्दा घण्टीलाई महत्व दिई भोट हालेको बताइएको छ । रवि–बालेन छुट्टाछुट्टै चुनाव लडेको भए रविको भन्दा बालेनको सिट बढी आउने तर कसैको पनि बहुमत नआउने राजनीतिका ज्योतिषीहरुले बताएका छन् ।
२०७९ को निर्वाचनमा ठूला दल बन्न पुगेको नेपाली काँग्रेस ३८ र दोश्रो एमाले २५ सिटमा खुम्चिन पुगेका छन् । मधेशको नाममा बार्गेनिङ गरी सत्तामा रमाउन पल्केका मधेशवादी दलहरु ५ वर्षलाई किनारा लागेका छन् । आम निर्वाचन २०८२ को परिणामले पुराना भनिएका दलहरुलाई सुध्रिने, सच्चिने र जनताको पक्षमा काम गर्नुपर्ने सन्देश दिए पनि काँग्रेस र एमालेका अतिवादीहरु सुध्रिने पक्षमा नरहेको देखिन्छ । यही मौकामा बालेन शाह नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारका पक्षमा केही सकारात्मक कामहरु शुरु गरेको बताइएको छ ।
यसैबीच रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहीबीच मतभेद शुरु भएको चर्चा चलेको छ । लामिछानेले डोलप्रसाद (डी.पी.) अर्याल (हालका सभामुख) लाई गृहमन्त्री बनाउन चाहेका थिए त्यसमा शाहले अस्वीकार गरेको बताइएको छ । यसैगरी प्रतिनिधिसभाको उपसभामुखमा रवि लामिछानेले राप्रपालाई वचन दिएको त्यसमा पनि शाह नमानेको दाबी स्रोतले गर्दै आएको छ । यसैगरी रक्षामन्त्रीमा पूर्व उपसभामुख इन्दिरा रानालाई रविले बनाउन चाहँदा प्रधानमन्त्री शाहले आफैंले राखेपछि भित्रभित्रै मतभेद शुरु भएको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *