रास्वपामा आचारण सुर्धानुपर्ने सांसदहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं÷ राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदहरुको कार्यशैली तथा अभिव्यक्तिका कारण पार्टी विवादित बन्न पुगेपछि सभापति रवि लामिछानेले अभियन्ता नबन्न चेतावनी दिएका छन् । संसदमा करिव दुई तिहाइको नजिक पुगेको रास्वपाका सांसदहरुको अराजक अभिव्यक्ति र कार्यशैलीले मर्यादा र अनुशासनलाई नाङेझार बनाइदिएको जानकारहरुले बताएका छन् ।
सांसदहरुको उक्त हर्कतले जनताप्रतिको विश्वास र लोकतन्त्रप्रति गैरजिम्मेवार बनेको ठहर छ । तर्कपूर्ण र तथ्यपूर्ण विचार लिएर जनताको पक्षमा लाग्नुपर्ने सांसद सेलिब्रेटी बन्न खोज्दा आलोचित बनेका छन् जबकि चुनाव जितेर आइकेपछि सम्पूर्ण सांसदहरुलाई रास्वपाले अभिमुखीकरण तालिम दिएको थियो ।
पार्टीले दिएको अभिमुखीकरण तालिमलाई बिर्सेर र पार्टीको संगठन एवं अनुशासनको घेरा तोड्ने निर्वाचित सांसदहरुमा कविन्द्र बुर्लाकोटी, विश्वराज पोख्रेल, आशिष गजुरेल, खगेन्द्र सुनार रहेका छन् । यसमा बुर्लाकोटी गोरखा–२, पोख्रेल ओखलढुंगा, गजुरेल सिन्धुली–२ र सुनुवार बाँके–३ बाट निर्वाचित भएका थिए ।
त्यस्तै रिमा विश्वकर्मा शुरुमा कुलमान घिसिङको कोटाबाट मनोनीत सूचीमा परेपछि रास्वपा प्रवेश गरेकी थिइन् भने गणेश वि.क.लाई रास्वपाले दलित कोटामा मनोनीत गरेका थियो । सस्तो लोकप्रियताका लागि चर्चित बनेका सांसद बुर्लाकोटीले सामन्ती संस्कारको झल्को दिने गरी छाता ओढाउन लगाएको, पूर्व एआइजी तथा सांसद पोख्रेल जस्ले पाँच मतको फरकले मात्र चुनाव तिजेको कुरालाई विर्सेर नेपाल प्रहरीमा हुँदा सलामी खाने गरेको कुरालाई सम्झी स्वागत एवं नमस्कार नगरेको भन्दै प्रधानाध्यापकलाई थर्काएका घटना बाहिर आएका थिए । यसैगरी सांसद सुनुवारले सुरक्षा प्रमुखलाई घिसार्ने अभिव्यक्ति दिएको तथा रिमा विश्वकर्मा र गणेश वि.क. सत्ता पक्षकै सांसद भएर जिल्ला प्रशासनमा धर्ना बसेको कारण सामाजिक सञ्जालमा भाइरल बन्न पुगेका थिए । यसले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी आलोचित बन्न पुगेको थियो । रास्वपामा राईट–टु रिकको व्यवस्था भएकाले आचरण नभएका यी सांसदहरुलाई फिर्ता बोलाउनुपर्ने चर्चा चलेको समाचार श्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *