Blog

स्थायी सरकार बनाउन दबाब

मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्रीमा आसीन पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थिरता दिन नसकेको बुझाइमा बुद्धिजीवीहरु पुगेका छन् । दाहाल नेतृत्वको सरकार कायम रहेमा मुलुक यत्तिकै समय कटाउने अवस्थामा मात्र रहने भन्ने बुझाइ उनीहरुको रहेको चर्चा चल्न थालेको छ…

परराष्ट्रमन्त्रीमा राउतको चर्चा

ललितपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेको समाचार स्रोतले बताएको छ । संसद्मा बजेटमाथिको छलफल सकिएपछि र बजेट पारित भएपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने भएका छन् ।…

आईजीपी बन्ने चक्करमा ज्ञवाली र ढकाल

काठमाडौं/ यतिबेला प्रहरी महानिरीक्षक परिवर्तन हुने चर्चा व्यापक रुपमा चलेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तन नहुने स्पष्टीकरण दिएका छन् । वर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर चेन आफ कमाण्डमा अक्षम बनी शान्ति सुरक्षा कायम गर्न असफल भएको तथा गृहमन्त्री रवि लामिछानेको रक्षा…

भौतिक मन्त्री महासेठसँग सबै रुष्ठ

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग सांसद तथा मन्त्रालयका कर्मचारीहरु रुष्ट बनेका छन् । आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी हुँदा पनि लागेको बानी असारे विकास भित्र्याउन नदिएर सडक विभागको महानिर्देशक परिवर्तन गरेका छन् । नवनियुक्त महानिर्देशक रामहरि…

नेकपा एसमा तीन नेता आमुन्ने सामुन्ने

काठमाडौं/ तीन वर्षअघि नेकपा (एमाले) बाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) बनेको दललाई यतिबेला महाधिवेशनको चटारोले छोएको छ । सत्ताको दाम्लोमा बाँधिएर बेलाबखत असन्तुष्टि पोख्ने गरेको नेकपा एसको महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । एसमा…

बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौं/ नयाँबजारमा अवस्थित मनास्लु स्कुल/कलेजमा “तेस्रो मनास्लु एस.इ.इ.कप बास्केटबल प्रतियोगिता” सम्पन्न भएको छ । एस.इ.इ.दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको उक्त प्रतियोगितामा छात्रतर्फ २६ र छात्रातर्फ १४ वटा समूह सहभागी थिए । छात्रतर्फ आयोजक मनास्लुले प्रथम स्थान हासिल गरेको…

अनुपम म्युजिकको तालिम

पोखरा/ अनुपम म्युजिक, पोखराले आफ्नो २०२ औँ श्रृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम गरेको छ । शनिबार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका–४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई प्रमाणपत्र वितरण गरे । भाषणकलाको चर्चा गर्दै पराजुलीले यस्तो सीप सबै वर्ग र…

मालपोतका कर्मचारी ‘भ्रष्टाचारी’ ठहर

काठमाडौं/ मालपोत कार्यालय पर्साका तात्कालीन अधिकृतसहित सातजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनीहरूलाई जनही दुईदेखि आठ वर्षसम्म कैद पनि निर्धारण गरेको हो । अदालतले यसअघि जेठ १८ गते दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान…

सु.न.पा.को विकासमा कांग्रेसको ध्यानाकर्षण

भक्तपुर/ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यावहारिक र व्यवस्थित बनाउनुपर्ने ध्यानाकर्षण नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकालाई गराएको छ । नगर प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षणपत्र कांग्रेस सूर्यविनायक नगरपालिकाका सभापति निशान ढुंगेलले बुझाएका छन्…

महामन्त्री थापाको ११ बुँदे निर्देशन

ललितपुर/ नेपाली कांगेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसबाट निर्वाचित पालिकाका प्रमुख–उपप्रमुखलाई ११ बुँदे निर्देशन दिएका छन् । उनले दलसँग समन्वय गरेर वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न निर्देशन दिएका हुन् । कांग्रेसको स्थानीय कार्य समितिबाट जनप्रतिनिधिले समन्वय नगरेको गुनासोपछि महामन्त्री…