Blog

काँग्रेस सभापतिमा देउवाको आशीर्वाद कसलाई ?

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसमा वचनका पक्का, क्षमतावान्, व्यवस्थापकीय र दूरदर्शी नेतामा पर्छन् सभापति शेरबहादुर देउवा । कसैप्रति दम्भ, घमण्ड र इख नराख्ने सभापति देउवा अब काँग्रेसको विधान अनुसार तेस्रो पटक सभापति बन्न पाउने छैनन् । काँग्रेसको विधान अनुसार १५…

देशको ढुकुटी सम्हालेका तीन हस्तीहरु

काठमाडौं/ गत माघ २७ गतेको मन्त्रिपरिषद् बैठकले देशको ढुकुटी सम्हाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवमा भित्र्याएको छ । विवादित अर्थसचिव डा. रामप्रसाद घिमिरेलाई सरुवा गरी राष्ट्रपति कार्यालयमा पठाई दबाब र विभिन्न झण्झटबाट अर्थ मन्त्रालयलाई मुक्त गराइएको…

स्वास्थ्य सचिवमा तीन जनाको प्रतिस्पर्धा

काठमाडौं/ नेपाल सरकारका सचिवहरुको अनिवार्य अवकाश हुने क्रममा पर्सी आइतबार (फागुन ११) गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल पाँच वर्षे कार्यकाल पूरा गरी अवकाश हुँदैछन् । यसअघि गत माघ २९ गते उपराष्ट्रपति कार्यालयमा कार्यरत दिनेश भट्टराई पनि…

खेलकुद प्रतियोगितामा अन्यौल किन ?

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि पनि समयमै नहुने अवस्था आएको छ । चैत २३ गतेदेखि हुने भनी पूर्व निर्धारित प्रतियोगिताका लागि अर्थ मन्त्रालयबाट आवश्यक बजेट नटुक्रिँदा यस्तो अवस्था आएको हो । यो प्रतियोगिता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने भनिएको…

सरकारलाई छ वटा अध्यादेश पारित गर्न सकस

काठमाडौं / सरकारले हालै ल्याएको छवटा अध्यादेशहरु प्रतिनिधिसभाबाट पारित गरे पनि राष्ट्रियसभाबाट पारित गर्न सकस पर्ने भएको छ । राष्ट्रियसभामा नेपाली काँग्रेस– नेकपा (एमाले) को बहुमत नभएकाले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पाटी (जसपा) को भूमिका निर्णायक बनेको छ ।…

यातायात, मालपोत र बैदेशिक रोजगार भ्रष्टाचारको अखडा

कृष्ण लम्साल काठमाडौं/ गत माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताएर पानी…

समानान्तर–आशिषको चास्नीमा डुबे मन्त्री

काठमाडौं/ विकास र सुशासनको नक्कली भाषण गरेर नथाक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल झनै विवादमा पर्न थालेका छन् । उनमाथि ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर निर्माण कम्पनीको चास्नीमा डुबेर सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख…

‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

सगीता सुवेदी साहित्यप्रेमीहरुलाई मनपर्ने बसन्त ऋतु भित्रने तरखरमा छ । साहित्यले माया, प्रेम, स्नेह, यथार्थ र जिन्दगीका सुखदुख र गुम्सिएका भावानाहरुको उजागर गर्छ । त्यसकारण साहित्य जीवनको अभिन्न अंग हो । जसले जिन्दगीमा रस भर्छ । निराशा र कुन्ठाहरु कतै…

आख्यानकार पोखरेलको ‘उर्वरा’ माथि बहस

विराटनगर/ आख्यानकार नारद पोखरेलको हालै प्रकाशित उपन्यास ‘उर्वरा’ माथि विराटनगरमा साहित्यिक विमर्श गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उपन्यासको गहन समीक्षा गरियो । तीन दशकदेखि साहित्य लेखनमा क्रियाशील पोखरेलको यस कृति केही महिनाअघि काठमाडौंमा विमोचित भएको थियो ।…