१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

बनेपा/ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेलाई घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको जनाइएको छ । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि…

एडीबीका सडकले विस्तारै गति लिँदै

काठमाडौं/ सडक निर्माणको अवस्था ध्वंश बन्दै गैरहेको वर्तमान परिप्रेक्ष्यमा आयोजना निर्देशनालय (एडीबी) अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुले गति लिन थालेको छ । तात्कालीन आयोजना निर्देशक सरोज प्रधानका पालामा शुरु भएको नारायणघाट बुटवल सडकले ५२ महिनासम्म गती लिन नसक्दा यात्रुहरुले सास्ती खेप्दै…

संचयकर्ताका दम्पत्ति मालामाल

काठमाडौं/ कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चयकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले सूचना जारी गर्दै साबिकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पत्तिले समेत पाउने व्यवस्था मिलाएपछि दम्पत्ति नै मालामाल हुने…

एयरटेल सहकारीका गोयल फेरि ‘ठग्दै’

काठमाडौं/ काठमाडौंको व्यापारिक केन्द्र नयाँ सडकको धर्मपथस्थित ’एयरटेल वचत तथा ऋण सहकारी संस्था लिमिटेड’ का पीडित बचतकर्ताहरु झनै समस्यामा परेका छन् । पीडितहरुको रकम छ महिनाभित्र फिर्ता गर्न जिल्ला र उच्च अदालतले गरेको आदेशपछि पनि सहकारीका पीडित बचतकर्ताहरु बचत फिर्ता…

को बन्ला त उद्योग विभागको डीजी

काठमाडौं/ उद्योग विभागका वर्तमान महानिर्देशक बाबुराम गौतमलाई सरुवा गरेर महानिर्देशक (डी.जी.) बन्न दौडधुप शुरु भएको समाचार प्राप्त भएको छ । गत २०८० बैशाखमा डी.जी. रामचन्द्र तिवारीलाई मन्त्रालयमा सरुवा गरी उद्योग विभागको नेतृत्व गौतमले सम्हालेका हुन् । सरल र भद्र स्वभावका…

मन्दीमा समेत नाफामा सहकारी

भक्तपुर/ सामुदायिक अवधारणाका साथ भक्तपुरमा स्थापित तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा समेत नाफामा रहेको छ । सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचतकर्ताहरूले आफ्नो मासिक २५ रुपिंयाँ बचतबाट यो सहकारीको थालना गरेका थिए ।…

गभर्नरको योग्यता अदालतमा

काठमाडौं/ गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा उठेको प्रश्नमाथि अदालतमा आज सुनुवाई हुने भएको छ । उनको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा विहीबार रिट निवेदन दर्ता भएको हो । अधिवक्ता दीपकराज जोशी लगायत चारजनाले गभर्नर हुन उनको शैक्षिक योग्यता नपुग्ने दाबीसहित रिट…

काठमाडौंका सडकको रुपरंग फेरिँदै

काठमाडौं/ डिभिजन सडक काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले नयाँ सोच र अवधारणा लिएर काम शुरु गरेका छन् । २०८० भदौ २६ गते सडक डिभिजन काठमाडौंमा सरुवा भै असोज १४ गतेदेखि जिम्मेवारी सम्हालेका डिभिजन प्रमुख भण्डारीले २०८० असोज १६ गतेदेखि भौतिक पूर्वाधार…

भौतिक पूर्वाधार मन्त्रीसँग प्रधानमन्त्री रुष्ट

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग रुष्ट बनेका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रुम’ बाट निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्ड र मुग्लिन–पोखर सडक खण्डको ‘भर्चुअल’ निरीक्षण गरेपछि उनी रुष्ट भएका…

सर्वाधिक महँगा विवाहहरु

नेपालमा हालका प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेनु दाहालकी पुत्रीको विवाहलाई लिएर विभिन्न किसिमका चर्चा चलिरहेका छन् । आफूलाई कम्युनिष्ट पार्टीका नेता बताउने प्रधानमन्त्री दाहालले राजषी ठाँटमा आफ्नी नातिनीको विवाह गरेको भनी उनको चर्को आलोचना भैरहेको छ । यसैगरी अर्का कम्युनिष्ट…