कछुवा गतिमा सरकार

आन्तरिक समस्यामा दलहरु उद्घाटनमा मस्त भक्तपुर/ खड्गप्रसाद शर्मा ओली नेतृत्वको वर्तमान सरकार कछुवा गतिमा हिडेंको पाइएको छ । करिब दुई तिहाई सांसदको समर्थन पाएर बनेको वर्तमान सरकार चितुवा गतिमा हिंड्नुपर्नेमा कछुवा गतिमा हिंडेको अवस्था आएको छ । संसदका सबैभन्दा ठूला…

मन्त्रीहरु फेर्ने तयारीमा ओली

काठमाडौं/एक वर्षे कार्यकाललाई उपलब्धीयुक्त बनाउन नसक्नु भएका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली मन्त्रीहरु परिवर्तन गर्ने सोचमा पुग्नु भएको छ । सोही कारण हिजो विहीबार ओली दिनभरी नै कुनै पनि सार्वजनिक कार्यमा सरिक नभई मन्त्रीहरुको बारेमा मूल्यांकन गरी बसेको समाचार स्रोतले जानकारी…

कांग्रेसको बैठक आज

काठमाडौँ/ देशमा राजनीतिक गर्मी बढिरहेको बेला सत्तारुढ दल नेपाली कांग्रेसको आज शुक्रबार बैठक बस्ने भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक डाकेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा बिहान नौ बजे सभापति देउवाले पदाधिकारी तथा…

एमालेमा भीम रावलजस्तै बन्दै यी नेताहरु

काठमाडौं/ नेकपा (एमाले) को केन्द्रीय समितिको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन नहुने भन्दै विभिन्न निर्णयहरु गरेको छ । एमालेको अध्यक्ष बन्ने सपना देखेकी विद्या भण्डारीलाई तगारो नै लगाउने निर्णय गरेको हो । यो अवस्थामा भण्डारीले आफू अगाडि…

चौतर्फी संकटमा ओली: वर्ष दिन उपलब्धीविहीन, विद्या झनै रुष्ट

भक्तपुर/वर्तमान सरकारको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली चौतर्फी रुपमा संकटमा पर्नु भएको छ । यसरी संकटमा पर्नुमा सरकार संचालनदेखि आफ्नो दल संचालनमा समेत समस्या आउनु रहेको छ । ओलीले वर्तमान सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएर दुई…

एक करोड छुट्टयाएकोमा सांसद गिरीको गुनासो

काठमाडौँ/ सांसद दीपक गिरीले दाङ्ग जिल्लाको टरिगाउँस्थित विमानस्थल विस्तार गर्न सरकारले पर्याप्त बजेट नछुट्टयाएको भन्दै गुनासो गरेका छन् । ‘बजेटमाथि खुशीका साथ कुरा राखौंला भन्ने आशामा थिएँ । तर, केही मन्त्रालयको बजेट हेर्दा गम्भीर भएर बोल्नुपर्ने अवस्था आएको छ,’ नेपाली…

पत्रकारको परिवारलाई सहयोग

काठमाडौं/ गत चैत १५ मा तीनकुने घटनामा परेका मृत्यु भएका पत्रकार सुरेस रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहयोग गरेको छ । सो दलले तीन लाख रुपिया सहयोग गरेको हो । आफ्नो तेस्रो स्थापना दिवसको दिन पारेर रास्वपाले मानवीय…

एमएस्सी इन्जिनियरिङमा हिलसाइड उत्कृष्ट

ललितपुर/ एमएस्सी इन्जिनियरिङमा हिलसाइड उत्कृष्ट भएको छ । सन् २०१२ देखि बिइ सिभिल र बिइ इलेक्ट्रीकल कार्यक्रमहरु संचालन गर्दै यसले शैक्षिकयात्रा शुरु गरेको थियो । सन् २०२३ देखि सिभिल तर्फ एमएस्सी इन कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रीकल तर्फ एमएस्सी इन इलेक्ट्रीकल…

एनआरएन एकतामा प्रधानमन्त्री नै बाधक

अमेरिका/ गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएन एकतामा प्रधानमन्त्री नै बाधक बनिरहेको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले समानान्तर समिति चलाउन खोजेको आरोप लगाए । हाल अमेरिकाको भ्रमणमा रहेका अध्यक्ष श्रेष्ठले आफ्नो सम्मानमा एनआरएनए…

बेल्जियमस्थित दूतावासमा अन्तरक्रिया

ब्रसेल्स/ ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंँग अन्तरक्रिया गरेको छ । बेनेलक्स एवम् युरोपेली संघका लागि नेपाली राजदूत सेवा लम्सालले आगामी कार्ययोजना बनाउन सहयोग पुगोस् भनेर नेपाली समुदायको सुझाव लिन अन्तरक्रियाको आयोजना गरिएको बताइन् । डायस्पोराका…