कांग्रेसलाई गुटको मानसिकताबाट मुक्ति जरुरी

कौशल कुमार भट्टराई ‘सत्तामा हुँदा फुट, सत्ता बाहिर हुँदा एकजुट’ यो भनाइ नेपाली कांग्रेससँगको राजनीतिलाई नजिकबाट चिन्नेहरुले धेरै प्रयोग गर्ने भनाइ हो । खासगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको राजनीतिमा मूलधारको रुपमा देखिएको कांग्रेसलाई नियाल्दा उक्त भनाइमा दम देखिन्छ ।…

नारायणकाजीसँग दाहाल रुष्ट

ललितपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठका बीचमा मनमुटाव फेरि देखिन थालेको छ । प्रधानमन्त्रीबाट हटेका दाहाल आफ्नै पिरलोमा रहिरहेको अवस्थामा श्रेष्ठले भागवण्डालाई मात्र प्राथमिकतामा राख्ने कार्य गरेको भन्दै दाहाल रुष्ट भएको समाचार स्रोतले जानकारी…

सरकार भागबण्डामा रमाउँदै: संविधान संशोधन डेढ वर्षपछि

भक्तपुर/ आमूल परिवर्तनको नारा दिएर गठन भएको वर्तमान सरकार पनि भागबण्डामै रमाउन थालेको छ । देशमा विभिन्न किसिमका विपत्तिहरु आइरहेको अवस्थामा समेत ठूला दलहरु भागबण्डामै केन्द्रित भएका हुन् । सबैभन्दा ठूला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनमा बनेको…

प्रेस युनियनलाई महामन्त्रीको आग्रह

काठमाडौँ/ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘लोकप्रीय भन्ने शक्तिहरु’ ले सिर्जना गरेका भ्रम तोड्न संचार जगत (प्रेस) को ठूलो महत्व रहेको बताएका छन् । कांग्रेस निकट पत्रकारहरुको संस्था, नेपाल प्रेस युनियन युरोप शाखाको जुममार्फत आयोजित प्रथम अधिवेशनलाई आइतबार सम्बोधन गर्दै…

मन्त्री पट्याउन सिपालु कठपुतली सचिवहरु

काठमाडौं/ अस्थिर सरकारका कारण मन्त्रीहरुलाई विभिन्न प्रलोभन र प्रभावमा पारेर देश र जनताको हितमा भन्दा आफ्नो स्वार्थपूर्ति गर्न लालायित सचिवहरुको सूचीको चर्चा चल्न थालेको छ । यसरी चर्चामा आउनेहरुमा भौतिक पूर्वाधार तथा यातायात सचिव गोपाल सिग्देल र भूमि व्यवस्था गरिबी…

मुख्य सचिवको खोजी, गड्तौला का.मु.

काठमाडौं/ पुष्पकमल दाहाल नेतृत्वको सरकारमा निमित्त मुख्यसचिव बनेकी प्रधानमन्त्री कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई सरकारले कायम मुकायम मुख्य सचिवमा मुकरर गरेको छ । गत असार ३१ गते बसेको खड्गप्रसाद शर्मा ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यसअघिका…

गृहमन्त्रीलाई समस्या र चुनौतीको थुप्रो

काठमाडौं/ नेपाली काँग्रेसमा भद्र, निस्कलंक र क्षमतावान् मानिएका नेता रमेश लेखकले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । नेकपा (माओवादी केन्द्र) का तात्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गिजोलेको गृहमन्त्रालयमा…

चुनौतीको चाङमा ओली: कानूनी चुनौती, संविधान संशोधन असहज

मुख्य समाचार भक्तपुर/ असार मसान्तको दिन नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीका लागि नयाँ इतिहास रच्ने दिन बनेको छ । उनी आफ्नो जीवनकालमा चौथो पटक नेपालजस्तो ऐतिहासिक देशको प्रधानमन्त्री बन्ने अवसर पाएका छन् । उनले असार ३१ गते प्रधानमन्त्री…

कठपुतलीको आरोप लागेका सचिवद्वय

काठमाडांै/ निजामती प्रशासनको विशिष्ट श्रेणीमा पुगेका सचिवद्वय मधुकुमार मरासिनी (अर्थ) र गोपाल सिग्देलले नैतिक बल र दायित्व एवं मूल्य मान्यता विर्सेर मन्त्रीको कठपुतली बनेको आरोप लागेको छ । सचिवद्वय मरासिनी र सिग्देलले मन्त्रीहरुको मनपरितन्त्रप्रति गलत कामका विरुद्ध उभिन सकेको भए…

ऊर्जा सचिवमा केशव शर्माको चर्चा

काठमाडौं/ ऊर्जा सचिव सुशीलचन्द्र तिवारी यही साताबाट अनिवार्य अवकाशमा परेका छन् । सचिव तिवारीको अवकाशपछि हाल ऊर्जा आयोगमा कार्यरत सचिव केशवकुमार शर्माको चर्चा चलेको छ । सचिव शर्मालाई केही समय अगाडि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ऊर्जा आयोगमा सरुवा गरिएको…