सिभिलकी तामाङ पनि पक्राउ

काठमाडौं । नेकपा (एमाले) बाट पूर्वसांसद समेत रहेका इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन् । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष समेत रहेका तामाङकी पत्नी सिर्जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी आरोपमा पक्राउ गरेको हो…

योगदानकर्ता सापटी निर्देशिका स्वीकृत

काठमाडौं । सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले स्वीकृत गरेका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३२ को उपदफा (१) को खण्ड (ट) तथा…

रविन्द्र मिश्रको काठमाडौंमा लड्ने तयारी

काठमाडौं। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आगामी संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं.१ बाट उम्मेदवारी दिने तयारी थालेका छन् । उनले संघीयताको खारेजी र संवैधानिक राजसंस्थाको पक्षमा खुलेर उक्त निर्वाचनमा होमिने देखिएको छ । मिश्रले ‘विचारभन्दा माथि देश’ नामक नयाँ…

कांग्रेसमा नयाँ समिति

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले तीनवटा समिति गठन गरेको छ । यसरी गठन भएका समितिहरुमध्ये महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति गठन गरिएको हो । यस्तै केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति गठन भएको छ । केन्द्रीय सदस्य…

देउवा टिकाउँदै, ओली भड्काउँदै

भक्तपुर÷ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले हालको गठबन्धनलाई कायम राख्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मर्माहत बन्न पुगेको छ । कांग्रेसको केन्द्रीय समिति बैठकमा शुरुका दिनमा केही केन्द्र्रीय सदस्यहरुले आगामी निर्वाचनमा हालको गठबन्धनलाई कायम राख्नु नपर्ने खालको धारणा…

अब ट्राफिक र विमानस्थलमा पनि डिआइजी

काठमाडौँ/ सरकार परिवर्तन हुनासाथ निर्णय पनि परिवर्तन हुन्छन् । अहिले पनि गृहमन्त्री बालकृष्ण खाँणले १७ जना डिआइजीहरुमध्येबाट तीनजना एसएसपी दरबन्दी भएको ठाउँमा डिआइजीहरुलाई काज सरुवा गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा श्यामलाल ज्ञवाली, ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मीरा…

अर्थमन्त्रीमाथि कालो बादल मडारिँदै

काठमाडौँ । अर्थमन्त्रीबाट जनार्दन शर्माले बुधबार राजीनामा गरेका छन् । उनले बजेट भाषणको अघिल्लो दिन २०७९ जेठ १४ गते राति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गराएर सिजी ग्रुप, विशाल ग्रुपलगायतका व्यापारीहरुलाई फाइदा पुग्ने गरी करको दर हेरफेर गरेको विषय एकदमै विवादित…

इस्तियाकका कारण रेणुलाई झड्का

काठमाडौँ/ जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले दलमा विभाजन रोक्न सरकारमा तीनजना नयाँ अनुहार पठाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रालयमा प्रदीप यादव र कृषि तथा पशुपन्छीमा मृगेन्द्रप्रसाद सिंह यादव रहेका छन्…

माओवादीमा पदाधिकारी बन्न हानाथाप

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटिको तेस्रो बैठक जारी छ । केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी, पोलिटब्युरो र स्थायी कमिटि सदस्यको टुङ्गो लगाउन अध्यक्ष पुष्पकमल दाहाललाई हम्मेहम्मे परेको छ । पदाधिकारीहरुको टुङ्गो लगाउने जिम्मा अध्यक्ष दाहाललाई नै दिइएको छ ।…

देउवाले ध्यान नदिँदा काँग्रेस भद्रगोल

ललितपुर/नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता स्वार्थलई मात्र ध्यान दिँदा काँग्रेस लथालिङ्ग र भद्रगोल बन्न पुगेको छ । १४ औँ महाधिवेशन सम्पन्न भएको सात महिना पुग्दासमेत नेतृत्व विधि, पद्धति र विधानअनुसार अगाडि बढ्न सकेको छैन । काँग्रेसमा संस्थापनइतर…