आदर्शलाई च्याप्दा प्रधानमन्त्री विवादमा

काठमाडौं/ आम निर्वाचन २०८२ सफलतापूर्व सम्पन्न गरेर चर्चा बटुल्नु भएकी प्रधानमन्त्री सुशीला कार्की जाने बेलामा विवादमा तानिनु भएको छ । नवनिर्वाचित सांसदलाई सत्ता हस्तान्तरणको तयारीमा रहनु भएकी प्रधानमन्त्री कार्कीले गत साता बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई…

गगनको राजीनामा अस्वीकृत हुने नैतिकतालाई धन्यवाद महाधिवेशनको तयारी

भक्तपुर/ गगन कुमार थापाले “नैतिक जिम्मेवारी” लिँदै नेपाली कांग्रेसको सभापति पदबाट दिएको समाचार बाहिरिएको छ । उहाँले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मामार्फत राजीनामा पेश गरेको भनी भनिएको छ । उक्त विषय आज बस्ने कांग्रेसको केन्द्रीइ समितिको बैठकमा पेश गरिने बताइएको…

अग्निपरीक्षामा राजनीतिक दलहरु : ओली क्षेत्रमा सीमित, कांग्रेस–रास्वपामा उत्साह

भक्तपुर/ यही फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । विभिन्न राजनीतिक दलहरुबाट उम्मेदवार बनेका तथा स्वतन्त्र उम्मेदवारहरु आफ्नो राजनीतिक भविष्यको लागि अग्निपरीक्षामा रहेका छन् । राजनीतिक दलहरुले नचाहिरहेको अवस्थामा यो निर्वाचन हुन गैरहेको विश्लेषण…

एमालेका जिल्ला ‘अध्यक्ष’ नै कांग्रेसमा

रसुवा/ रसुवा जिल्लाबाट नेकपा (एमाले) का पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित झण्डै सय नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसका सभापति गगनकुमार थापाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरेपछि अहिले उनीहरु कांग्रेसलाई जिताउन खटिन थालेका…

पर्साका अन्सारी कांग्रेसमा

वीरगञ्ज/ नेकपा (एमाले) पर्साका नेता बसरुद्धिन अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी वीरगञ्ज महानगरपालिकामा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार रहेका थिए । गगनकुमार थापा कांग्रेसको नेतृत्वमा आएपछि आफू पुरानै घर फर्किएको बताएका छन् । उनले थापा नेतृत्वमा आएपछि कांग्रेस…

सिड्नीमा ‘होली धमाका’ हुँदै

अष्ट्रेलिया/ अष्ट्रेलियाको सिड्नीमा ‘होली धमाका’ आयोजना हुने भएको छ । २८ फेब्रुअरी अर्थात भोलि शनिबार ग्रानभिल पार्कमा होली हंगामा हुने अर्बन नेप्लिज कम्युनिटीका अध्यक्ष अरुणचन्द्र श्रेष्ठले जानकारी दिएका छन् । रङको चाड होली मनाउन आउनेमध्येका भाग्यशाली विजेताले इन्डोनेसियाको बाली जान…

अस्ताए लोकगायक कमल विके

काठमाडौं/ लोकगायक तथा सञ्चारकर्मी कमल विके निर्मोहीको निधन भएको छ । उनी विगत केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ रहँदै आएका बताइएको छ । परिवारजनका अनुसार उनको मंगलबार साँझ निधन भएको तथा बुधबार अन्त्येष्ठी गरिएको थियो । ‘त्यो माडी…

‘रमिताको पिरती’ को प्रदर्शनी जारी

काठमाडौं/ चलचित्र ‘रमिताको पिरती’ लाई तत्कालको लागि प्रदर्शनीको लागि मार्ग प्रशस्त भएको छ । पाटन उच्च अदालतले यसमाथि दायर मुद्दामा सुनुवाइ गर्दै तत्काल अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेपछि यस्तो अवस्था आएको हो । न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले चलचित्र…

सुनसरी २ नं.क्षेत्रमा चुनावीसभा

पिएमणी भट्टराई सुनसरी /नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुनसरीे २ नं. क्षेत्रका उम्मेदवार राजिव कोइरालालाई भारी मतले जिताउन मतदाताहरुलाई आग्रह गरेका छन् । मंगलबार रामधुनीको झुम्का बजारमा २ नं. क्षेत्रीयसभालाई सम्वोधन गर्दै शर्माले कोइरालासहित कांग्रेसको पक्षमा बहुमतको सरकार बनाउनुपर्ने आवश्यकता…

कन्सल्टेन्सीलाई दोष नथोपर्न इक्यानको आग्रह

काठमाडौं/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न हुने व्यक्तिगत कारणका आधारमा कन्सल्टेन्सीमाथि ‘ठगी’ जस्ता अभियोग लगाई धरपकड गर्नु कानूनी र व्यावसायिक दृष्टिले न्यायसंगत नभएको जनाएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीले विदेशी…