बालकोटको आशीर्वादले सडकको डिजी बनेका पोख्रेल

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडक विभागको नेतृत्व गत असार ३० गते परिवर्तन भएको छ । गत २०७९ फागुन ३ गते सडक विभागको महानिर्देशक बनेका ई.सुशीलबाबु ढकाललाई १६ महिनामा विस्थापित गरी ई.रामहरि पोखरेल महानिर्देशक बनेका छन् ।…

अलाइन्स फर डेमोक्रेसी एण्ड डिभलोपमेन्ट दर्ता

काठमाडौं/ लोकतन्त्र (डेमोक्रेसी) र विकास (डिभलोपमेन्ट) लाई एकसाथ लाने उद्देश्य लिएर सामाजिक संस्था दर्ता गरिएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा अलाइन्स फर डेमोक्रेसी एण्ड डिभलोपमेन्ट नाम दिएर उक्त कम्पनी दर्ता गरिएको हो । मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा उक्त कम्पनी…

राजेन्द्र सुवेदीको स्मृतिमा संस्था

काठमाडौं/ साहित्यकार राजेन्द्र सुवेदीको स्मृतिमा गठित संस्था क्रियाशील देखिएको छ । गत २०८० सालमा राजेन्द्र सुवेदी स्मृति समाजको नाममा गठित संस्था विभिन्न साहित्यिक गतिविधिसहित क्रियाशील देखिएको हो । प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षतामा गठित उक्त संस्थाको उपाध्यक्षमा डा.रमेश लुइँटेल ‘शुभेच्छु’…

मातृशक्तिको विष्णुसहस्रनामको पाठ

काठमाडौँ/ घर घरमा गुरुकुल शिक्षाबाट घरमा नै बसेर संस्कृत अध्ययन गरेका १०८ मातृशक्तिले शनिबार १०८ आवृत्ति विष्णुसहस्रनाम स्तोत्र एकै स्वर र लयमा पाठ गरेका छन् । त्रिशक्ति एकादशी संस्कृति समाजले पशुपतिनाथ परिसरमा रहेको श्रीशङ्कराचार्य मठमा आयोजित कार्यक्रममा १०८ जनाले वाचन…

बबिना भट्टराईको ‘गुरु चरणमा’

गुरु पूर्णिमाको अवसरमा समस्त गुरुजनहरुको महत्व सहितको अत्यन्त श्रवणीय भजन ‘गुरु चरणमा’ वीणाभक्ति युट्व च्यानलबाट सार्वजनिक भएको छ । सुमधुर श्वरकी धनी बबिना भट्टराईको श्वर र संगीत रहेको उक्त भजन रवि उपाध्यायले लिपिवद्ध गरेका हुन् । भजनको एरेन्ज रुविन श्रेष्ठले…

खेमनाथ दाहालको ‘सिर्जनामा दृष्टि’

काठमाडौं/ साहित्यकार खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा यहाँ एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’ को लोकार्पण गरिएको हो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख…

शव हस्तान्तरण ‘आज’

काठमाडौँ/ बुधबार काठमाडौँबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको बम्बार्डियर जहाज दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ । विमानका मुख्य चालकलाई भने सकुशल उद्धार गरिएका उनको उपचार भै रहेको छ । उक्त विमानले उडान भर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

इजरायलमा दुई हजार ‘केयर गिभर’ पठाइने

भक्तपुर/ द्वन्द्वग्रस्त मुलुकको रुपमा रहेको इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि दुई हजारको संख्यामा ‘केयर गिभर’ श्रमिक पठाइने तयारी सरकारले गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त जानकारी दिएका हुन् । हालै मन्त्रीमा नियुक्ति पाएका भण्डारी र…

नारायणकाजीसँग दाहाल रुष्ट

ललितपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठका बीचमा मनमुटाव फेरि देखिन थालेको छ । प्रधानमन्त्रीबाट हटेका दाहाल आफ्नै पिरलोमा रहिरहेको अवस्थामा श्रेष्ठले भागवण्डालाई मात्र प्राथमिकतामा राख्ने कार्य गरेको भन्दै दाहाल रुष्ट भएको समाचार स्रोतले जानकारी…

भक्तपुर अदालतको मुद्दा फछ्र्यौटमा दक्षता

सन्जिव दुलाल भक्तपुर/ भक्तपुर जिल्ला अदालतले गत आर्थिक वर्षको अवधिमा मुद्दा फछ्र्यौटमा ९४.८७ प्रतिशत प्रगति गरेको छ । अदालतले तीन हजार ८८० मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा तीन हजार ६८१ मुद्दा फछ्र्यौट गरेको हो । यसैगरी चालु अवस्थामा रहेका पुराना…