नेपालमा महाकुम्भ मेला

पिएमणी भट्टराई/चतरा धाम प्राचीन हरिद्वार चतराधाममा १२ बर्षे पिण्डेश्वर महा कुम्भमेला मंगलबारदेखि शुरुभएको छ । चतरा धामस्थित बराहक्षेत्र न.पा.को वडा नं.१ मा कुम्भमेलाको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । उक्त समारोहमा राष्ट्रपति पौडेलले विभिन्न जातजाती, धर्म भाषाको संरक्षण…

चौध महिनापछि भौतिकमै फर्किए सिग्देल

काठमाडौं/ गत चैत १५ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार सचिव गोपाल सिग्देल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै फर्किएका छन् । तात्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री (हाल उपप्रधान तथा परराष्ट्र) नारायणकाजी श्रेष्ठले गत २०७९ माघमा सिग्देललाई सरुवा गरी केशवकुमार शर्मालाई…

नाउपामा रञ्जिताको रमिता, एसमा पनि संकट

काठमाडौं/ सत्ताको रापतापले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई ग्रस्त पारेको छ । सोही कारण नाउपाका संरक्षक तथा उनका पति रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच रमिता शुरु भएको छ । पति र पत्नीका बीचको सत्तास्वार्थले पारिवारिक सम्बन्ध…

भकुण्डो झैं यताउता बनाएर सचिवहरुको सरुवा

काठमाडौं/ सरकार परिवर्तन हुनासाथ त्यसको मारमा स्थायी सरकार मानिने निजामती सेवाका विशिष्ठ श्रेणीका सचिवहरु पर्ने गरेका छन् । उनीहरुलाई यता र उता गरेर आफ्नो ‘एश म्यान’ लाई ल्याउने चलन छ । यस पटक पनि पाँच दलीय गठबन्धनको सरकारले पुरानो मिति…

चौधरी अर्बपतिकै सूचीमा

काठमाडौं÷ अमेरिकी पत्रिका फोब्र्सले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गर्दा नेपालका विनोद चौधरी फेरि पनि सूचीमा परेका छन् । नेपालका चौधरी अर्बपतिहरुको सूचीको एक हजार सात सय ६४ औँ स्थानमा रहेको भनी पत्रिकाले जनाएको छ । उक्त पत्रिकाका अनुसार सूचीको…

निकिता पनि सहकारी विवादमा

काठमाडौं/ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल पनि सहकारीको विवादमा मुछिन पुगेकी छिन् । उनी निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाडौं महानगरपालिकाले छापा मारेपछि उनको संलग्नताको विषय छानविनको दायरामा परेको बताइएको छ । लामो…

भवन विभागमा नयाँ डिजी सडकमा पनि चर्चा

काठमाडौं/ गत फागुन १७ गते शहर विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले आवकाश पाए । उक्त रिक्त महानिर्देशकमा समीकरण परिवर्तन भएपछि नेकपा (एकीकृत समाजवादी) का नेता एवं शहरी विकास मन्त्री धनबहादुर बुढा र मन्त्रालयलाई राम्रोसँग बुझेका विज्ञ सचिव…

आन्तरिक राजश्व र भन्सारका डिजी परिवर्तन

काठमाडौं/ आन्तरिक राजश्व विभागका महानिर्देशक भूपाल बराल दुई महिनामै विभागबाट सरुवा भएका छन् । बराललाई तात्कालिन अर्थमन्त्री प्रकाशशरण महतले गत माघको तेश्रो साता विभागको महानिर्देशक बनाएका थिए । काँग्रेसको ट्याग लागेका बराललाई अर्थ मन्त्रालयबाटै सरुवा गरी अन्यत्र पठाइएको छ ।…

नेकपा एसमा भाँडभैलो, अप्ठ्यारोमा नेपाल

काठमाडौं/ आगामी २०८१ जेठमा महाधिवेशन गर्ने तयारीमा जुटेको १० सिटे पार्टी नेकपा (एकीकृत समाजवादी) मा भाँडभैलो शुरु भएको एस सम्बद्ध श्रोतले बताएको छ । ‘सौताको रिसले पोइको काखमा सु गरे’ झैं नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको अन्याय र…

काँग्रेस सरकारमा हुँदा मात्तियो, अहिले आत्तियो

काठमाडौं / नेपाली काँग्रेस सरकारमा हुँदा ‘भूँइमा न भाँडामा’ भएर मात्तिएको थियो । काँग्रेसका मन्त्रीहरुलाई भेट्न सगरमाथाको चुचुरोमा पुग्नुजस्तै हुन्थ्यो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारमा काँग्रेसबाट नौजना मन्त्री बनेका थिए । तीमध्ये अर्थमन्त्री प्रकाशशरण महत,…