उद्योग विभागको डिजीमा कोइराला

काठमाडौं / उद्योग विभागको महानिर्देशक परिवर्तन भएका छन् । २०८० वैशाखमा उद्योग विभागको महानिर्देशक बनेका बाबुराम गौतम नौ महिनामै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । गौतम अर्घाखाँचीकी काँग्रेस नेतृ पुष्पा भुषालको नातेदार हुन् । गौतम पुष्पा भुषालकै…

चोरीको आरोप लागेपछि सांसदको राजीनामा

भक्तपुर/ चोरीको आरोप लागेपछि एकजना सांसदले राजीनामा गरेकी छिन् । यस्तो राजीनामाको कुरा नेपालको हुन नसक्ने अवस्था सर्वविदितै छ । त्यसैले घटना न्यूजिल्याण्डकी एक सांसदको राजीनामासँग सम्बन्धित छ । न्यूजिल्याण्डको ग्रीन पार्टीका ४२ वर्षीया गोलरिज गहरामानले दुई कपडा पसलबाट तीन…

पत्रकारहरु आन्दोलित

पोखरा/ बागलुङका पत्रकारहरुले बुधबार जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएका छन् । उनीहरु पत्रकारमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै धर्नामा उत्रिएका हुन् । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानामाथि भएको कुटपिटको घटनाले पत्रकारहरु आन्दोलित बनेका हुन्…

१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

बनेपा/ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेलाई घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको जनाइएको छ । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि…

प्रधानमन्त्री दाहाल विदेशभ्रमण मोहमा : अर्थव्यवस्था कमजोर, लामिछाने विवादमै

मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्री पुष्पकमल दाहालमा विदेशभ्रमणको मोह बढेको देखिएको छ । भर्खरै प्रधानमन्त्री कार्यालयको सचिवालयका केही कर्मचारी हटाएर राम्रो सन्देश दिन चाहेका दाहालको विदेशभ्रमणको मोहले भने पराकाष्टा नाघ्दै गएको भनी चौतर्फी आलोचना हुन थालेको छ । असंलग्न आन्दोलन (नाम)…

सञ्चारमन्त्री रेखा शर्माको ‘दादागिरी’

काठमाडौं/ सञ्चारमन्त्री रेखा शर्माको निसानामा सञ्चारसचिव कृष्णबहादुर राउत परेका छन् । सचिव राउतले मन्त्री शर्माको आदेश नमानेपछि १० महिनामै वित्त आयोगमा सरुवा गरिएको छ भने वित्त आयोगका रामकृष्ण सुवेदीलाई सञ्चार सचिवमा ल्याइएको छ । नेपाल टेलिकमको नयाँ भवन निर्माणमा मन्त्री…

कर्मचारीलाई काम चोरको आरोप

काठमाडौं/ ९० प्रतिशत कर्मचारीलाई काम चोरको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले लगाएका छन् । राईले उक्त कुरा दाङमा बताएका हुन् । निजामती कर्मचारीले प्राप्त गर्ने तलब बराबरको काम नगरी तोकेको सात घण्टा कार्यालयमा बसेर अधिकांश…

एडीबीका सडकले विस्तारै गति लिँदै

काठमाडौं/ सडक निर्माणको अवस्था ध्वंश बन्दै गैरहेको वर्तमान परिप्रेक्ष्यमा आयोजना निर्देशनालय (एडीबी) अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुले गति लिन थालेको छ । तात्कालीन आयोजना निर्देशक सरोज प्रधानका पालामा शुरु भएको नारायणघाट बुटवल सडकले ५२ महिनासम्म गती लिन नसक्दा यात्रुहरुले सास्ती खेप्दै…

विश्वविद्यालयको थुप्रो, कुनमा कति विद्यार्थी

कीर्तिपुर (काठमाडौं)/ नेपाल अधिराज्यभर हाल १८ वटा विश्वविद्यालयहरु सञ्चालनमा छन् । यी विश्वविद्यालयमध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुल विद्यार्थीको संख्या ८८ जना मात्र रहेको विश्वविद्यालय अनुदान आयोगले जानकारी दिएको छ । विद्यार्थीहरुको विदेशिने प्रवृत्तिले विश्वविद्यालयमा खडेरी परेको बताइन्छ । ११–१२…

प्रसनि भण्डारी अख्तियारको फन्दामा

काठमाडौंं/ प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस/रिसवत लिएको अवस्थामा आयोगको टोलीले उनलाई पक्राउ गरेको आयोगले जनाएको…