Blog

कर्मचारीलाई काम चोरको आरोप

काठमाडौं/ ९० प्रतिशत कर्मचारीलाई काम चोरको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले लगाएका छन् । राईले उक्त कुरा दाङमा बताएका हुन् । निजामती कर्मचारीले प्राप्त गर्ने तलब बराबरको काम नगरी तोकेको सात घण्टा कार्यालयमा बसेर अधिकांश…

एडीबीका सडकले विस्तारै गति लिँदै

काठमाडौं/ सडक निर्माणको अवस्था ध्वंश बन्दै गैरहेको वर्तमान परिप्रेक्ष्यमा आयोजना निर्देशनालय (एडीबी) अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुले गति लिन थालेको छ । तात्कालीन आयोजना निर्देशक सरोज प्रधानका पालामा शुरु भएको नारायणघाट बुटवल सडकले ५२ महिनासम्म गती लिन नसक्दा यात्रुहरुले सास्ती खेप्दै…

विश्वविद्यालयको थुप्रो, कुनमा कति विद्यार्थी

कीर्तिपुर (काठमाडौं)/ नेपाल अधिराज्यभर हाल १८ वटा विश्वविद्यालयहरु सञ्चालनमा छन् । यी विश्वविद्यालयमध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुल विद्यार्थीको संख्या ८८ जना मात्र रहेको विश्वविद्यालय अनुदान आयोगले जानकारी दिएको छ । विद्यार्थीहरुको विदेशिने प्रवृत्तिले विश्वविद्यालयमा खडेरी परेको बताइन्छ । ११–१२…

प्रसनि भण्डारी अख्तियारको फन्दामा

काठमाडौंं/ प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस/रिसवत लिएको अवस्थामा आयोगको टोलीले उनलाई पक्राउ गरेको आयोगले जनाएको…

एनआरएनएमा २१ सदस्य सल्लाहकार समिति चयन

ललितपुर/ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २१ सदस्य सल्लाहकार समिति गठन गरेको छ । एनआरएनएका अध्यक्ष राजेन्द्रकुमार (आर.के.) शर्माको नेतृत्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले सल्लाहकारहरु चयन गरेको हो । सल्लाहकारमा महेश श्रेष्ठ जापान, नारायण आचार्य नेदरल्याण्ड, दुर्गा आचार्य अस्ट्रेलिया,…

नागरिक उन्मुक्ति महाधिवेशनमा

भक्तपुर/ नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन हिजो विहीबारदेखि शुरु भएको छ । कैलालीको टीकापुरमा शुरु भएको महाधिवेशनको समापन भने भोलि शनिबार हुने सो दलले जनाएको छ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । थुनामा रहेका रेशम चौधरी…

देश धितो राखी विदेशी ऋण !

अनुसा थापा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले विपक्षमा छन् । विपक्षको दायित्व जनताको समस्या उठाउने, सरकारले गर्न थालेको कामहरु जनता र राष्ट्रको हितविपरीत भएमा खबरदार गर्ने हो । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार बनेको एक वर्षको…

सत्तारुढ दलहरुमा छटपटि: एमालेको टीआरसी कार्ड,  ‘क्रस भोटिङ’ को त्रास

भक्तपुर/ राष्ट्रियसभाको सदस्यका लागि आगामी माघ ११ हुने भनिएको निर्वाचनको विषयलाई लिएर सत्तारुढ गठबन्धनमा छटपटि भएको छ । सत्तारुढ दलहरुले एक ढिक्का भई विभिन्न ठाउँमा मिलाएर उम्मेदवारी दिए पनि दलहरु मतदानको विषयलाई लिएर ढुक्क नभएका हुन् । मतदानको समयमा मतदाताले…

संचयकर्ताका दम्पत्ति मालामाल

काठमाडौं/ कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चयकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले सूचना जारी गर्दै साबिकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पत्तिले समेत पाउने व्यवस्था मिलाएपछि दम्पत्ति नै मालामाल हुने…

क्रिकेट रंगशाला निर्माणको मार्ग खुल्यो

चितवन/ गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको लागि मार्ग खुला भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएपछि यस्तो अवस्था आएको हो । महानगरपालिकालाई रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि…