सडक विभाग सुईहरुको सरुवा यो हप्ता

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो हप्ता (भाद्र १४ गते भित्र) सडक विभाग मातहतमा रहेका प्राविधिक सहसचिव सुपरिटेण्डेन्ट इन्जिनियर (सुई) हरुको सरुवा गर्ने भएको छ । मन्त्रालय उच्च श्रोतका अनुसार सरुवा हुनेहरुमा २ वर्ष पुगेका सुपरिटेन्डेण्ट इन्जिनियरहरु रहेका छन्…

सडक विभागमा को को हुँदैछन् सू.ई.मा बढुवा

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागबाट आगामी पुससम्म ५८ वर्ष पुगेका बुढा सुपरिटेण्डेन्ट इन्जिनियरहरु लगभग अवकाश हुने भएका छन् । आगामी असोजमा रेल विभागका महानिर्देशक रविन्द्रलाल दास र पुसमा उत्तर दक्षिण सडक आयोजनाका निर्देशक नवीनमान श्रेष्ठले अवकाश…

नागरिक लगानीको उपदानमा को को ?

काठमाडौं/ नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन् । नेरुडे लघुवित्तमा कार्यरत करिब १ हजार १ सयजना कर्मचारी रहेका छन् । उपकार लघुवित्तमा एक…

फिस टनेल एक्सपो एवं महोत्सव

काठमाडौं/ काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा वडा नं. ८ गोठाटार कृष्णमन्दिर नजिक लभडाँडामा आज शुक्रबारदेखि डुकाउ (लवडाँडा) फिस टनेल एक्सपो एवं साँस्कृति व्यापार महोत्सव २०८२ हुने भएको छ । संयुक्त नेपाल मेला महोत्सव प्रा.लि.को आयोजनामा काठमाडौंमा पहिलो पटक फिस टनेल (ँष्कज…

चण्डी महायज्ञमा गण्डकी सरकारको सहयोग

पोखरा/ गलेश्वर आश्रमले पवित्र धार्मिकस्थल देवघाटधाममा आयोजना गर्न लगिएको लक्षचण्डी विराट महायज्ञलाई गण्डकी प्रदेश सरकारले सहयोग गर्ने भएको छ । गलेश्वर धामका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजीसँग बुधवार भएको भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहयोग र समर्थनको आश्वासन दिनुभएको…

धरान ग्रन्थको लोकार्पण

सुनसरी/ विद्यालोक धरान ग्रन्थको लोकार्पण गरिएको छ । प्रधान सम्पादक खेमनाथ दाहाल एवं सम्पादक रमेश दाहालद्वारा सम्पादित उक्त ग्रन्थलाई नेपाली वाङ्मयमा शीर्ष स्थान कायम गरेका वरिष्ठ गीतकार कालीप्रसाद रिजालको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । प्रवेशिका परीक्षा समूह— २०२५, धरानद्वारा…

अर्थतन्त्रको मेरुदण्डः उद्योगबिना असम्भव

रमेश कुमार बोहोरा आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो छ । त्यसको मूल कारणमा सरकारको योजनाविहीन नीति, उद्योगविहीन आर्थिक ढाँचा र स्थानीय रोजगारी सिर्जनाको प्रति उदासीनता…

वैदेशिक ऋणको ब्याजदरले संकटमा देश !

अनुसा थापा कर उठाउनु सरकारको र कर तिर्नु जनताको दायित्व हो । सरकारी खर्च, विकास करबाटै गर्नैपर्छ । करबिना राज्य सञ्चालन असम्भवझैं छ । अन्य मुलुकमा उठेको करबाट विकास गरिन्छ । नेपालको हकमा भने छुट्टै अवस्था छ । यहाँ कर…

भू–माफियाको घेराबन्दीमा परे भूमिसुधार मन्त्री

काठमाडौं/ ३२ लाख रुपियाँ घुस लिएको आरोपले विवादमा परेका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि गम्भीर आरोप लागेको छ । भू–माफियाको दबाब र प्रभावमा परेर भूमि विधेयक ल्याएको गम्भीर आरोप लगाइएको हो । यस क्रममा राष्ट्रिय सभामा…

बैदेशिक रोजगार विभागले शुरु ग र्‍यो ‘एक्सन’

काठमाडौं/ एउटा प्रशासक निर्मम बन्दा र स्वार्थ नराख्दा सेवाग्राहीले छिटो छरितो सेवा पाउने विभागका रुपमा बैदेशिक रोजगार विभाग उदाहरण बन्न पुगेको छ । विभागमा महानिर्देशकका रुपमा भट्टराईले जिम्मेवारी सम्हालेपछि दुई मिनेटमै श्रम स्वीकृति र स्वचालित प्रणालीबाट सेवा शुरु भएको छ…