नेमकिपामा विजुक्छे सर्वसम्मत

भक्तपुर/ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा फेरि पनि नारायणमान विजुक्छे (रोहित) लाई सर्वसम्मत चयन गरिएको छ । फागुन १६ बाट शुरु भएको पार्टीको आठौं महाधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपाको स्थापना भएदेखि नै विजुक्छे अध्यक्ष…

बालेनको कडा जबाफ ओलीलाई

काठमाडौं/काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले वर्तमान सरकारले भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् । खासगरी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई लक्षित गर्दै वर्तमान सरकारले भ्रमको खेती गरिरहेको टिप्पणी बालेनले गरेका हुन् । बालेनले भ्रमको खेतीमा पीएचडीको उपाधि दिन मिल्ने…

दाहाल ओलीविरोधी गठबन्धनको तयारीमा

भक्तपुर/ पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नयाँ गठबन्धनको तयारीमा जुटेका छन् । हालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आफूलाई धोका दिंदा प्रतिपक्षमा पुग्नुपरेको निष्कर्षमा पुगेका दाहाल ओलीलाई प्रतिपक्षमा पु¥याउने तयारीमा लागेका छन् । यसका…

गृहमन्त्रीको कार्य क्षमतामा गृहसचिव तगारो

काठमाडौं/ विचौलिया र बुढानिलकण्ठको आशिर्वादबाट गृहसचिवको जिम्मेवारी सम्हालेका गोकर्णमणि दुवाडीका कारण गृहमन्त्री रमेश लेखकको कार्यकुशलतामाथि प्रश्न उठ्न थालेको छ । इमानदार, भद्र छवि, कानूनका ज्ञाता र क्षमतावान् मानिने मन्त्री लेखकलाई गृहसचिव दुवाडीको अक्षमताले असफलतातिर धकेलेको जानकारहरुले बताएका छन् । काँग्रेसबाट…

देउवालाई घेराबन्दी र गुटको दबाब

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसको विधान अनुसार २५औं महाधिवेशन अबको नौ महिनाभित्र गर्नुपर्दछ । अहिलेसम्मको तयारी र गतिविधि हेर्दा पार्टीको मेरुदण्ड मानिने क्रियाशील सदस्यता वितरण नै टुङ्गो लाग्न सकेको छैन । सोही कारण काँग्रेसको १५ औं महाधिवेशन निर्धारित समयमा नै…

भौतिक मन्त्रालय एमालेकरण, प्रगति भने टिठलाग्दो

काठमाडौं/ नेपाली काँग्रेसको बैशाली टेकेर प्रधानमन्त्री बनेका खड्गप्रसाद शर्मा ओलीले सरकारलाई एमालेकरण गरी सबै ठाउँमा एकलौटी गरेको आरोप लागेको छ । ओली नेतृत्वको सरकारमा काँग्रेस सहभागी भए पनि निरीह बनेको चर्चा चलेको छ । यस्तो अवस्थामा एमालेबाट अपमानित हुने काम…

‘‘राजा’’को क्षेप्यास्त्रले नेताहरु त्रसित

भक्तपुर/ यो साता ‘‘राजा’’ ज्ञानेन्द्र शाहको वक्तव्यले ततायो । यो साताभरि नै ‘‘राजा’’ ले फागुन ७ गतेको अवसर पारेर दिएको सन्देशले प्रमुखता पायो । ‘राजा’को उक्त सन्देशमा उहाँले देशको दूरावस्था आउनुमा के कस्ता कमी कमजोरी रहे भन्ने खुलाइएको थियो ।…

नेपाली कांग्रेस भित्रको अन्तर्संघर्ष र अबको बाटो

नरेश विष्ट नेपालको राजनीतिक परिदृश्य अहिले एक जटिल मोडमा पुगेको छ । यहाँका संस्थागत प्रतिरोध, पार्टीभित्रका विभाजन, बाह्य प्रभावहरू र बदलिँदो सत्ता समीकरणहरूले सत्तारुढ गठबन्धनभित्र तनावको वातावरण सिर्जना गरेका छन् । नेपाली कांग्रेस भित्रको आन्तरिक प्रतिष्पर्धा, सुरक्षा निकायहरूमा असन्तुष्टि र…

कांग्रेसलाई चिनाउन सांस्कृतिक अभियान

काठमाडौं/ नेपाल सांस्कृतिक महासंघले नेपाली कांग्रेसलाई सहयोग पुग्ने गरी अभियान चलाएको छ । महासंघले देशभर ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान’ चलाएको हो । महासंघका अध्यक्ष तीर्थबहादुर थापाले कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरका महत्वपूर्ण घटनाहरु र भावी योजनाबारे देशभरका…

काँग्रेस सभापतिमा देउवाको आशीर्वाद कसलाई ?

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसमा वचनका पक्का, क्षमतावान्, व्यवस्थापकीय र दूरदर्शी नेतामा पर्छन् सभापति शेरबहादुर देउवा । कसैप्रति दम्भ, घमण्ड र इख नराख्ने सभापति देउवा अब काँग्रेसको विधान अनुसार तेस्रो पटक सभापति बन्न पाउने छैनन् । काँग्रेसको विधान अनुसार १५…