नेपाली टोपी दिवस मनाइयो

नेपालगन्ज / विश्व भरी नेपालीको पहिचान झल्काउने नेपाली टोपी दिवसलाई महत्वका साथ मनाउनुपर्नेमा जोड दिइएको छ । बास नेपाल बाँके शाखाको आयोजनामा पुस १७ गते अर्थात टोपी दिवसको अवसर पारेर नेपालगन्जको बी.पी. चौकमा एक कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली…

गृहमन्त्रीसँग श्रीलङ्काका राजदूतको भेट

काठमाडौं/ गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गर्नु भएको छ । गृह मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल–श्रीलङ्का सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा गृहमन्त्री अर्यालले नेपालको विकास प्रयासमा श्रीलङ्का सरकारले…

कतारमा १३ नेपालीलाई आममाफी

काठमाडौँ/ कतारमा कैद सजाय भोगिरहेका १३ नेपाली नागरिकलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसर पारेर कतार सरकारले त्यस्तो आममाफी दिएको हो । यसरी १३ नेपाली कैदीलाई आममाफी दिएकोमा कतार…

जय मातृभूमि पार्टी उम्मेदवारको तयारीमा

काठमाडौं/ जय मातृभूमि पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उम्मेदवारहरुको बारेमा छलफल गरेको छ । प्रत्यक्ष तर्फको उम्मेदवार छनौटका विधि प्रक्रियाहरुलाई हालै बसेको केन्द्रीय कार्य सम्पादन समितिले पारित गरेको छ । पार्टीका अध्यक्ष सुरेशकुमार कार्कीको अध्यक्षतामा बसको बैठकले समाजमा स्वच्छ…

विकासमा सहभागितामूलक ग्रामीण लेखाजोखाको महत्व

– गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकाशप्राप्त) सहभागितामूलक ग्रामीण लेखाजोखा (पी.आर.ए.) को प्रयोग एउटा व्यवस्थित र क्रमबद्ध कार्ययोजना भएकाले यसको विधि र तरिकालाई बुझ्नु अत्यावश्यक छ । यसमा प्रयोग हुने र हुँदै आएका त्यस्ता विधि…

नथाम्ने भयो देशले राजनीति

विन्दु दहाल ‘मूकदर्शक’ कतै चल्छ नारा उठौँ सर्वहारा त्यहीँ देख्छु कैयौँ छुसी कर्महारा अझै बढ्न थाल्यो यहाँ लाजनीति नथाम्ने भयो देशले राजनीति ।१ यहीँ अग्नि झोस्छन् लु खा देश भन्दै समाएर कुर्सी बुढो बस्छ कन्दै युवा पारि लाग्ने सधैँ बढ्छ…

गीत

कौशल कुमार भट्टराई सप्तकोशीको छालसँगै, तिम्रो माया आउँछ भनी । पर्खी बसें मायालु, बाउन्नै ढोकामा छाल गनी ।। सप्तकोशीको ………….. भनी विरक्तिएको यो मनमा, झिनो आशा लिई । रात गयो दिन गयो, बसें मेरो माया आउँछ भनी ।। सप्तकोशीको …………..…

काँग्रेसको निकासका लागि भेला

भक्तपुर/ नेपाली काँग्रेसको वर्तमान राजनीतिक अवस्थाको निकास विशेष महाधिवेशन नै भएको निष्कर्षसहित अगुवा नेताहरूको विशेष भेला सम्पन्न भएको छ । बुधबार भएको भेलाले विशेष महाधिवेशनमार्फत नयाँ नीति र सशक्त नेतृत्व चयन गरी आगामी फाल्गुण २१ गते हुने निर्वाचनमा एकतावद्ध रूपमा…

प्रधानमन्त्री कार्कीलाई बोझ थपिँदै: कांग्रेसमा कलह गठबन्धनमा दलहरु

भक्तपुर/ आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने ध्येयका साथ प्रधानमन्त्री बन्नु भएकी सुशीला कार्कीमाथि बोझ थपिँदै गएको छ । पति अस्वस्थ रहेको अवस्थामा पारिवारिक दायित्वसँगै मुलुकलाई सहज रुपमा हाँक्नुपर्ने अवस्थामा कार्की हुनुहुन्छ । यसैगरी सानो आकारको मन्त्रिमण्डल बनाएर चुनाव…

अन्तर्राष्ट्रिय कलाप्रदर्शनी काठमाडौंमा

काठमाडौं/ दक्षिण एशिया तथा अन्य मुलुकका समकालीन र परम्परागत कलाकृतिहरू समेटिएको तीन दिने नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ हालै काठमाडौंमा सम्पन्न भएको छ । प्रदर्शनी अवलोकन गर्न सयौँ कला प्रेमी, कलाकार, समालोचक तथा संस्कृतिकर्मीरूको उल्ेलेखनीय उपस्थिति रहेको बताइएको छ । प्रदर्शनी…