बी.पी. राजमार्ग र दाउन्ने सडकको अवस्था

काठमाडौं/ समृद्धि र विकासको नारा बोकेर बनेको नेपाली काँग्रेस र नेकपा (एमाले) को गठबन्धन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहितका कारण देशका सडकहरुको अवस्था दयनीय बनेका छन् । मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक रामहरि पोखरेलले…

काँग्रेसमा क्रियाशील सदस्यता नवीकरण गर्ने घटे

ललितपुर/ नेपाली काँग्रेसको १४औं महाधिवेशनमा भन्दा १५ औं महाधिवेशनमा क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ क्रियाशील सदस्यता लिनेको संख्या घटेको छ । काँग्रेस स्रोतले दिएको जानकारी अनुसार यसको असर क्रियाशील सदस्यताबाट प्राप्त हुने आम्दानीमा परेको छ । क्रियाशील सदस्यबाट प्राप्त…

गायिका देविका बन्दनालाई सम्मान

काठमाडौं/ इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको अनुभव तथा सम्मान समारोह अर्याल इन्टरनेशनल होटल, बानेश्वरमा सम्पन्न भएको छ । संस्थाका नेपाल प्रतिनिधि तीर्थराज आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा…

पीडितमा भाटभटेनीको सहयोग

काठमाडौँ/ तीनकुनेको घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी पत्नी भविसा महर्जनलाई भाटभटेनी सुपरमार्केटले जागिर दिने भएको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले जागिर दिने बताएका हुन् । भाटभटेनीले तीनकुने घटनामा ज्यान गुमाएकामध्ये पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपियाँ…

लघुचलचित्र प्रतियोगितामा ‘उडान’ विजेता

काठमाडौं/ नेपाली सेनाले हरेक वर्ष गर्दै आएको लघुचलचित्र प्रतियोगितामा यो वर्ष रविन तामाङको लघुचलचित्र ‘उडान’ ले प्रथम स्थान हासिल गरेको छ । नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०८१ अन्तर्गत ५० ओटा आलेखहरु प्राप्त भएका थिए । तीमध्ये छनोट भएका उत्कृष्ट १०…

उद्यमशीलतामा जोड्दै हेफर कार्यक्रम

स्याङ्जा/ स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजनाले नागरिकलाई उद्यमशीलतामा जोडेको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भइरहेको परियोजनाले साना किसानलाई उद्यमशीलतामा जोड्न सफल भएको हो । परियोजना अनुगमन…

भ्रष्टाचारीहरुलाई कसले दिने दण्ड ?

अनुसा थापा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको ठ्याक्क १० महिना भयो । गत असार ३१ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका उनले अहिलेसम्म पनि आफ्नो सरकारका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरेका छैनन् । मन्त्री हुनुभन्दा अगाडि सम्पत्ति…

कविताः क्षितिज पारि

दीपक चौलागाईं आदिम गुफाजस्तो समयको अँध्यारो सुरूङमा धमिलो लालटिन बालेर मिर्मिरेको लाली पर्खिरहेको थिएँ, त्यही बेला ऊ आयो मलाई भेट्न । उसलाई थाहा थियो— मेरो छनोटको रंग कुन थियो । उसले मलाई भरखरै फक्रिएको एक थुँगा रैथाने गुराँस उपहार दियो…

क्लासिक व्यङ्ग्यः जुँघा

लक्ष्मीप्रसाद देवकोटा म के लेखूँ के लेखूँ जस्तो भएर विचारान्य क्षणमा घोरिइरहेको आदमी तवरले मेरा बायाँ हातका बूढी र चोर औँला माथिल्लो ओठका ती मर्दमर्यादास्वरूप रोमगुच्छ तह लाउने काममा पुगेछन्, जसलाई जुँघा मुसार्नु भन्दछन् । मैले के भावले जुँघामा ताउ…

प्रलेस नेपालको नयाँ नेतृत्व चयन

काठमाडौँ/ प्रगतिशील लेखक संघ, नेपालको १३औँ राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । सम्मेलनले डा. देवी क्षत्री दुलालको अध्यक्षतामा ९१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको हो । समितिमा ४५ सदस्यीय केन्द्रीय समिति र ४६ सदस्यीय राष्ट्रिय परिषद् रहने…