श्रीलंकाका राष्ट्रपतिलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ/ लामो समयदेखि श्रीलङ्काको कारागारमा रहेका तीन नेपालीलाई आममाफी दिएर रिहा गर्न राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले आफ्ना समकक्षीलाई पत्र पठाएर उक्त आग्रह गरेका हुन् । श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई पत्राचार गरेको शीतल निवास सम्बद्ध स्रोतले…

भक्तपुर अस्पतालमा बेलायती अनुदान

भक्तपुर/ काठमाडौँ उपत्यकाकै दोस्रो जेठो अस्पताल मानिने भक्तपुर अस्पतालमा बेलायती सरकारले दिएको आर्थिक अनुदानले अस्पतालको मुहार फेरिन पुगेको छ । सोही कारण १८ करोड रुपियाँको सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्न अस्पताल प्रशासन सफल भएको हो । बागमती प्रदेश सरकारका…

सुन कारोबारीकोमा हुन्डी

काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हुन्डी कारोबारको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएको छ । ठमेलस्थित होटल भियनामा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको ब्यूरोले जनाएको छ । अमला रोकाले सञ्चालन गरेको उक्त होटलमा ब्यूरोले छापा मारेको हो । रोका ६१…

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको रौनक

काठमाडौं/ हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण भएको हो । रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरिएको आयोजकले…

सत्ताकालागि ‘कम्युनिष्ट’ को मरिहत्ते :प्रदेश अस्तव्यस्त,  गठबन्धनमै धमिरा

मुख्य समाचार भक्तपुर/ नेपालमा रहेका र आफूलाई कम्युनिष्ट भन्न रुचाउने दलहरुमा सत्तालिप्सा चरमोत्कर्षमा पुगेको चर्चा चल्न थालेको छ । विश्वका कम्युनिष्टको परिचय विपरित नेपालमा ‘कम्युनिष्ट’ का नाममा सत्तामोहले प्राथमिकता पाएको बताइन थालेको छ । केन्द्रीय सरकारदेखि प्रदेशस्तरका सरकार गठन–विघटनमा ‘कम्युनिष्ट’…

रास्वपाको मिसन ८४ मा डढेलो, जमानत जफत

काठमाडौं / गत बैशाखमा १५ गते भएको इलाम क्षेत्र नं.२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच हजार ५० मत ल्याएपछि जमानत समेत जफत भएको छ । जमानत जफत हुनेमा रास्वपासहित १६ जना उम्मेदवार रहेका छन् । बडो तामझाम र स्टन्डबाजीसहित…

नेपाल र खनालको राजनीतिक भविष्य संकटमा

काठमाडौं/ नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठन गरेका अध्यक्ष माधवकुमार नेपाललाई इलाम र बझाङ प्रदेशसभाको उपनिर्वाचनले निद हराम बनाएको पार्टी सम्बद्ध श्रोतले बताएको छ । संसदमा छैटौं दल बन्न पुगेको नेकपा एस यतिबेला अस्तित्व रक्षाको लडाइँमा रहेको बताइन्छ । संघमा…

नारायणगढ बुटवल सडक कन्तविजोग, मन्त्री मूकदर्शक

काठमाडौं / सत्तामा बसेर रमाउन र कमाउने पल्केका भन्ने आरोप उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई लाग्ने गरेको छ । नारायणगढ बुटवल, मुग्लिङ पोखरा र हुलाकी सडकको ढिलासुस्ती निर्माणले उनलाई गिज्याइरहेको भए पनि यात्रुहरुले पाएको सास्तीप्रति मूक दर्शक…

दोलखामा कांग्रेसको प्रशिक्षण

चरिकोट/ नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागको आयोजनामा आज शुक्रबार दोलखाको चरिकोटमा ‘बागमती प्रदेश पार्टी र जनप्रतिनिधि विषयक प्रशिक्षण कार्यक्रम’ हुने भएको छ । दोलखा कांग्रेसको व्यवस्थापनमा सो कार्यक्रम हुन लागेको हो । सो कार्यक्रमको उद्घाटन कांग्रेसका उपसभापति एवम् केन्द्रीय…

लघु चलचित्र ‘किबोर्ड’ को टाइटल गीत

भक्तपुर/ बालबालिका तथा अभिभावकको मनोभावलाई केन्द्रमा राखी बनाइएको लघु चलचित्र ‘किबोर्ड’ को टाइटल सङ बुधबारदेखि सार्वजनिक भएको छ । गायक सुप्रिम मल्लको श्वर रहेको ‘पाइलाहरु लड्खडाउँदा …………’ भन्ने गीत युट्युबमा सार्वजनिक हुनासाथ दुई दिनमै एक लाख बढी श्रोता÷दर्शकको माया पाउन…