भक्तपुरमा ‘फर्चुन रिसोर्ट’

भक्तपुर/ हिलटेक कम्पनीले भारतीय होटल गु्रप आईटीसीसँगको सहकार्यमा एक अर्ब रुपियाँबराबर लगानीमा भक्तपुर साँगामा ‘फर्चुन रिसोर्ट एन्ड वेलनेस स्पा’ सञ्चालनमा ल्याएको छ । आईटीसी ग्रुप अफ होटल्स अन्तर्गत फर्चुन होटलले नेपालबाट अन्तर्राष्ट्रिय यात्रा शुरु गरेको जनाइएको छ । हिलटेक कम्पनीका…

भारतीय चुनावमा नेपाली नेताहरु

नयाँ दिल्ली/ भारतीय जनता पार्टीले चुनावी पर्यवेक्षकको रूपमा नेपालका नेताहरुलाई निमन्त्रणा गरेपछि नेताहरु यता आएका छन् । यसरी पर्यवेक्षणका लागि भनी नेपाली काँग्रेसका उदयशम्शेर राणा, नेकपा (माओवादी केन्द्र) का मातृकाप्रसाद यादव, नेकपा (एमाले) का विष्णु रिमाल र राष्ट्रिय स्वतन्त्र पार्टीका…

पर्यटन बोर्ड अदालती झन्झटमा

काठमाडौं / नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि काम नगर्न नगराउन यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले निरन्तरता दिएको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले बैशाख १७ मा यसअघिको…

१० करोड ‘अवैध’ कारोबार !

काठमाडौं/ हुण्डी कारोबारको आरोपमा नौ लाख रुपियाँसहित पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गर्दा १० करोड रुपियाँ बराबरको ‘अवैध’ कारोबार गरेको खुलेको छ । २४ वर्षीय पीयूष खेतानलाई पक्राउ गरेर अनुसन्धान गर्दा त्यस्तो अवस्था खुल्न आएको हो । पछिल्लो एक वर्षमा…

श्रेष्ठले लायन्स दिए उम्मेदवारी

दोलखा/ लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एल’ को लायन वर्ष २०२४–२५ का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी परेको छ । सो पदका लागि दोलखाका समाजसेवी एवं व्यवसायी मनकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । यहि बैशाख २२ गते पोखरामा…

राजदूत सुवेदी इटालीमा

भक्तपुर/ इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले इटालीका राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । त्यसलाई ग्रहण गर्दै राष्ट्रपति सेर्गियो माटारेलाले इटाली र नेपालबीचको सुमधुर सम्बन्धबारे चर्चा गरेका थिए । उनले दुवै मुलुकबीच आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारमा…

हुलाकी सडकका मूल ‘रेड जोन’ मा

काठमाडौं/ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले गत हप्ता अस्वाभाविक ढंगले चारजना प्राविधिक सहसचिव (सुई) हरुको सरुवा गरेपछि सुइहरुको मुटुमा ढ्याँग्रो ठोकेको छ । सरुवा भएका सुइहरुमा मदन भण्डारी सडक आयोजनाका प्रमुख बेलबहादुर भुजेल–मन्त्रालयको जलमार्ग महाशाखा, उक्त महाशाखाका दीप बराही…

अर्थसचिवमा मधु, कृष्णहरि बाहिरिए

काठमाडौं/ गत बैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनीलाई गत २०८० असोज १५ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा…

काँग्रेस–एमाले सरकार बनाउन कसरत

काठमाडौं/ गत २०८० फागुन २१ गते सत्ता–समीकरण फेरिएर बनेको पाँच दलीय गठबन्धनको सरकार दुई महिना नपुग्दै धरापमा पर्ने सम्भावना बढेर गएको छ । नयाँ समीकरणका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कसरत भैरहेको राजनीतिक वृत्तमा चर्चा चलेको…

जर्मनीमा रन्जुको चित्रकला प्रदर्शनी

भक्तपुर/ मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्टमा शनिबार सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छिन् । उनले युरोपका जम्मा चारवटा देशको भ्रमण…