ललितपुर/ नेपाली काँग्रेसको १५औं महाधिवेशनको समय टुंगो नलाग्दै नेताहरुले जिल्ला दौडाहा शुरु गरी सकेका छन् । काँग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको अन्तिम म्याद २०८१ चैत मसान्तभित्र नहुने भएकाले २०८२ साल मंसिरमा काँग्रेसको १५औं महाधिवेशन नहुने काँग्रेसका जानकारहरुले बताएका छन्…
