प्राचीन हिन्दु संरचनाकोः इन्डोनेसियाको बाली

Nayabimarsha (Weekly Newspaper from Nepal)
विष्णु गिरी ‘निश्चल

हरेक घुमफिरले मानिसको जीवनलाई फरक मार्गमा लैजाने र सिक्ने अवसर प्रदान गर्छन् तर यसको लागि भ्रमणलाई उद्देश्यमूलक र योजनाबद्ध बनाउनु जरुरी हुन्छ । अहिले बाली नेपालीजनको लोकप्रिय भ्रमण गन्तव्य बनेको छ । नेपालीजन विशेषतः बिदा मनाउन, हनिमुन मनाउन, परिवारसँग भ्रमण गर्न र रमाइलो गर्नका लागि बाली जाने गरेका छन् ।
कामको सिलसिलामा पर्वतमा रहेको बेला साथीले फोन गरेर पासपोर्टको कपी माग्नु भयो मैले पनि केही नभनी कपी पठाइदिएँ । पछि थाहा भयो हामी इन्डोनेसियाको बाली जाने रहेछौं । हाम्रो १० जनाको समूह बन्यो, त्यसमा एकजना काम परेर जान भ्याउनु भएन हामी ९ जना फागुन १ गते राति काठमाडौंबाट थाइल्याडको बैकक शहरमा विमान परिवर्तन गरेर बाली शहर पुग्यौं । मैले भने धेरै देशको भ्रमण गरेकोले खासै नौलो लागेको थिएन तर समूहमा केही साथी भने पहिलो पटक बैदेशिक यात्रामा जादै हुनुहुन्थ्यो उहाँहरुमा छुट्टै खालको उत्साह थियो ।
हामी विमानस्थलबाट अध्यागमन पार गर्ने बेला त्याँ कुनै मानिस थिएनन् । प्रविधिको उच्च्तम प्रयोग गरिएको थियो । हामीले मेसिनबाट आफैं पासपोर्ट स्क्यान ग¥यौं र आफैं फोटो खिचरे आफैंले अध्यागमनले गर्ने काम गरेर बाली पुग्यौं । हामी पनि साथीहरुबीच रमाइलो गर्न र रिफरेसमेन्टलाई लागि भने पनि हस्पीटालीटि क्षेत्रमा काम गर्ने साथीहरु भएकोले केही कुराहरु सिक्न र बुभ्mने भित्री उद्देश्य लिएर बाली पुगेका थियौं । विमानस्थलबाट हामी सिधै होटल पुग्यौ तर होटलको व्यवस्थापन हेर्दा हाम्रो भ्रमण खल्लो होला कि भन्ने आंशका भए पनि होटलले पछि हामीले चाहे अनुसारकै व्यवस्थापन ग¥यो ।
विश्वमा सबैभन्दा धेरै मुसलमान बसोबास गर्ने मुलुक इण्डोनेशिया हो । बाली शहर चाहिँ हिन्दुबहुल समुदायको बसोबास भएको शहर रहेछ । यात्राका क्रममा त्यहाँ पनि वर्णव्यवस्था अनुसारका संस्कार र व्यवहार चलनचल्तीमा रहेको कुरा थाहा भयो । त्यहाँका चोकहरूमा ऋषि व्यासले महाभारतमा व्याख्या गरेका पात्रहरूका सालिक देखिन्छन् । कतै अर्जुन, कतै कृष्ण र अर्जुनका कुरुक्षेत्रमा संवाद गरेका बेलाको दृश्य दर्शाउने सालिकहरू थिए । बालीको ‘कुता’ समुन्द्री किनार र बाटामा पर्ने तीनवटा जति मन्दिर यात्राका क्रममा घुमियो । त्यहाँ मन्दिर क्षेत्र प्रवेश गर्दा शरीरका भाग अनिवार्य रूपमा छोप्नुपर्ने रहेछ । हामी पुगेका मन्दिरहरूमा त्यहाँ उपलब्ध लुङ्गी लगाएर मन्दिर परिसर भ्रमण गर्यौं ।
त्यहाँका मन्दिरहरू प्यागोडा शैलीकै भए पनि हाम्रो नेपालका मन्दिरहरूमा भन्दा धेरै तला भएका र अग्ला पनि देखियो । केही कुरा सिक्नको लागि, अनुभव गर्नको लागि र खोज अनुसन्धानको लागि मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जाने पुरानो चलन हो । अहिले मुख्यगरी रमाइलोको लागि र मानसिक शान्तिको लागि मानिसहरू घुमफिर गर्ने गर्छन्् । कुनै कामले कतै गइरहँदा अनि आफ्नो पेशा, व्यवसाय, बैठक, गोष्ठीको लागि पुग्दा पनि घुमफिर भैरहेको हुन्छ । घुम्नकै लागि एक ठाउँदेखि अर्को ठाउँमा जाँदा होस् वा अन्य उद्देश्यले फरक ठाउँमा जाँदा मानिसहरूले धेरै कुरा देख्न, जान्न, सिक्न र महसुस गर्न सक्छन् ।
अहिले घुमफिरलाई रमाईलो गर्ने र समय कटाउने अवसरको रूपमा मात्र लिने गरिएको छ । धेरै मानिसहरू भ्रमणबाट फर्किएपछि त्यो ठाउँमा बेकारमा गएछु भन्ने ठान्ने, भ्रमणलाई तस्विरमा मात्र सीमित राख्ने र भ्रमणबाट कुनै फाइदा लिन नसक्ने देखिन्छ । हरेक घुमफिरले मानिसको जीवनलाई फरक मार्गमा लैजाने र सिक्ने अवसर प्रदान गर्छन् तर यसको लागि भ्रमणलाई उद्देश्यमूलक र योजनाबद्ध बनाउनु जरुरी हुन्छ ।
इन्डोनेसियाका मानिसहरू एकदमै मित्रैलो, धीरजी, शिष्ट र अतिथि–सत्कार गर्नेहरू भनेर चिनिन्छन् । इन्डोनेसियाका मानिसहरू सामान्यतया भात, मसलादार परिकार र फलफूल खाने गर्छन् । हामीले बाली भ्रमण गर्दा बाटोको राम्रो अवस्था, सवारी साधनको उपलब्धता र असमय सवारी रोकिने जोखिम कम भएका कारण बालीमा आएका पर्यटकलाई समयको सदुपयोग गर्न र घुम्न धेरै सोचविचार गरिरहनु नपर्ने महसुस भयो । कतै सवारी रोकिएला, जाममा परिएला र भ्रमण तालिका बिग्रिएला भन्ने कुराको चिन्ता लिनुपर्ने अवस्था देखिएन ।
बालीस्थित उलुवातु मन्दिरलाई प्राचीन हिन्दु संरचनाको उच्चतम नमुनाको रूपमा लिन सकिन्छ । उता, दोस्रो–तेस्रो शताब्दीतिर नै बौद्धधर्मको प्रवेश भइसकेको र आठौं–नवौं शताब्दीतिर आइपुग्दा भने बौद्धकला–संस्कृतिले पनि इन्डोनेसियाली समाज प्रभावित नै हुन पुग्यो । बाली नगर परिक्रमा गर्दा लाग्छ, हिन्दुधर्म–कला–संस्कृतिको यो एक मौलिक संग्रहालय नै हो । धार्मिक–सांस्कृतिक परम्परामा निरन्तरता, विभिन्न माध्यमबाट जलक्रीडा, साहसिक पर्यटन, मुँगाको प्रचुरता, योगा–ध्यानसाधना आदिले दक्षिणपूर्वी एसियाली राष्ट्रका नगरहरूको सूचीमा बाली द्वीपको स्थान अग्रणी रहेको महसुस हुन्छ ।
कुनै मन्दिरका सिँढीमा दायाँ–बायाँ आधा दर्जनभन्दा बढी पनि हनुमान वा सिंहजस्ता पशुका मूर्ति राखिएका र कुनै प्रतिमाको घाँटीको खण्ड कपडाले ढाकिएको देख्न सकिन्छ । बालीका मन्दिर संरचनामा मिहिनरूपमा कारिगरी झल्किन्छ भने कतिपय मन्दिरको छानामा स्थानीय झिगटी को प्रयोग छ । यता कतिपय मन्दिरमा घन्ट, ध्वजापताका, गजुर, छत्र आदिलाई भने देख्न सकिन्न । देवतालाई चढाउने पूजा सामग्रीमा चुरोटसमेत—देवीदेवताको मन्दिर–प्रतिमाको नजिक घरको प्रवेश द्वारमा पूजा भइरहेको देख्न सकिन्छ । पूजा सामग्रीमा प्रायः एक खिल्ली चुरोट पनि चढाएको भेटिन्छ । केराको पातमा चढाइने अन्य पूजा सामग्रीमा धूप, रंगीचंगी पूmल, चक्लेट, अक्षता, तेल, बिस्कुट, भात, तरकारी र दूवोजस्तो देखिने पाण्डानआरुम आदि देखिन्छ ।
२७ करोड जनसंख्या रहेको इण्डोनेशियामा बहुसंख्यक मुस्लिम समुदायका मानिस छन् । यो विश्वकै मुस्लिम समुदाय सबैभन्दा बढी रहेको राष्ट्र हो । तैपनि यस मुलुकलाई ‘विविधतामा एकता’ को सूत्रका रुपमा सबैले आत्मसात गरेको पाइन्छ । भारतीय, चिनियाँ तथा विशेष गरी हिन्दू संस्कृतिबाट अनुप्राणित बाली पुग्दा नेपालीजनले अपनत्व महसुस गर्ने थुप्रै कुराहरू पाउन सक्छन् । समुद्रले नछोएको देश नेपालका नागरिकले बाली टापुमा गएर नयाँ एवं अविस्मरणीय अनुभव सँगाल्न सक्छन् । बाली जंगल, ज्वालामुखी पहाडहरू, समुद्री तट र कोरल चट्टानहरूको लागि पनि प्रसिद्ध छ । दक्षिणमा कुटाको समुद्रीतट शहरमा बारहरू छन् । बालीमा सेमिन्याक, सानुर, नुसा दुआजस्ता लोकप्रिय रिसोर्टहरू छन् । बालीमा धार्मिक ठाउँहरू पनि थुप्रै छन् । चट्टान उलुवाटु मन्दिर यहाँको एक चर्चित मन्दिर हो । त्यस्तै गरी बालीका अन्य आकर्षक पर्यटकीय ठाउँहरू कुटा, सेमिनयाक, गरुड विष्णु, केन्काना स्मारक, तनाह लट टेम्पल, बेसाकी टेम्पल, पेमुतेरान, कुता बिच, जिम्बारान बिच, लोभिना बिच, लिम्पुयाङ्ग मन्दिर, गेट्स अफ हेभन, तेगालाङ्ग राईस टेरेस, उबुद मंकी टेम्पल, सनसेट डिनर क्रुज, कुता नाइट मार्केट, किन्तामणी टुर, उबुद मंकी फरेस्ट आदि छन् ।
अहिले बाली नेपालीको लोकप्रिय भ्रमण गन्तव्य बनेको छ । नेपालीजन विशेषतः बिदा मनाउन, हनिमुन मनाउन, परिवारसँग भ्रमण गर्न र रमाइलो गर्नका लागि बाली जाने गरेका छन् ।
बैदेशिक यात्रा गर्दा भ्रमणको उद्देश्य, रुची, छनौट, आत्मियता, खर्चमा साझेदारी गर्ने बानी, विचारमा समानता जस्ता कुराहरूको आधारमा सहयात्री छनौट गर्नुपर्छ । भ्रमण मनोरन्जनको लागि, मानसिक शान्तिको लागि, शैक्षिक वा व्यापारिक प्रयोजनको के को लागि हो । सबै काम एउटै भ्रमणमा गर्न खोजियो भने भ्रमण बोझिलो र अनुत्पादक हुन सक्छ ।
पछिल्लो समय नेपाली ट्राभल्स कम्पनीले पछिल्ला वर्षहरुमा इण्डोनेशियाको बाली, सिङ्गापुर, मलेशिया र थाइल्याण्डका लागि ‘टुर प्याकेज’ हरु बनाएर लैजाने गरेको पाइएको छ । नेपालको इन्डोनेसियासँग २५ डिसेम्बर १९६० मा राजदूतस्तरमा दौत्य सम्बन्ध कायम रहेको छ ।

मानिसविहीन अवस्थामा कम्पनी संचालन
आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले गर्दा पछिल्लो समयमा विश्वका सानाठूला सबै प्रकारका प्रविधि कम्पनीहरूले कर्मचारी कटौती गरिरहेका छन् । धेरैजना मानिस कर्मचारी खटिएर गर्नुपर्ने त्यस्ता कामहरू एआईले सजिलो बनाइदिएको छ । यसले कामको गति धेरै गुणाले बढाएको मात्र हैन कम्पनीहरूको खर्च पनि उल्लेखनीय रूपमा घटाइरहेको छ ।
प्रविधि उद्योगमा एआईले मानव कर्मचारीलाई नै प्रतिस्थापन गरिरहेको परिप्रेक्षमा अमेरिकामा एउटा अनौठो अभ्यास भएको छ । अमेरिकाको फ्लोरिडास्थित प्रतिरक्षा प्रविधि उद्यमी हारुन स्नीडले यस क्षेत्रमा नयाँ प्रयोग गरेका छन् । स्नीडले आफ्नो कम्पनीलाई मानव कर्मचारीविहीन बनाएका छन् र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्टमार्फत काम गराएका छन् । उनले आफ्नो कम्पनीका मानव संसाधन, आपूर्ति श्रृंखला, कानूनी तथा गुणस्तर नियन्त्रणजस्ता महत्वपूर्ण विभागहरूको जिम्मेवारी फरक–फरक एआई एजेन्टहरूलाई सुम्पिएका छन् ।
एआई एजेन्टको भर्चुअल टोली स्नीडले यस प्रणालीलाई ‘द काउन्सिल’ नाम दिएका छन् । यसमा करिब १५ जना विशेष रूपमा प्रशिक्षित एआई एजेन्टहरू समावेश छन् । यस टोलीको केन्द्रमा एउटा ‘चीफ अफ स्टाफ’ एआई एजेन्ट छ, जसले प्राथमिकताहरू निर्धारण गर्छ र सुरक्षा तथा कानुनीजस्ता गम्भीर विषयहरू सबैभन्दा पहिले समाधान हुने कुरा सुनिश्चित गर्छ ।
स्नीडका अनुसार यस प्रणालीले हरेक हप्ता करिब २० घण्टाको समय बचत गरिदिन्छ । यसले गर्दा एक्लै संस्थापक भएर पनि व्यवसाय सञ्चालन गर्न धेरै सहज भएको उनी बताउँछन् ।
चाकडी नगर्ने डिजिटल कर्मचारी यी एआई एजेन्टहरूको सबैभन्दा ठूलो विशेषता के हो भने तिनीहरू केवल आदेश मान्नका लागि होइन कमी कमजोरी खोज्नका लागि डिजाइन गरिएका छन् । हारुन स्नीडका अनुसार, एआई एजेन्टहरूलाई यसरी प्रशिक्षित गरिएको छ कि उनीहरू सधैं हजुर–हजुर भनेर चाकडी गर्दैनन् । कार्यस्थलमा भएका विभिन्न गल्तीहरू औँल्याइदिन्छन् र कम्पनी मालिक हारुनका विचारलाई समेत कहिलेकाहीँ चुनौती दिन्छन् ।
ओपन एआई र एनभिडियाको प्रविधिमा आधारित यी एजेन्टहरूले आपसमा भर्चुअल राउन्डटेबल बैठक गर्छन् र कुनै पनि प्रस्तावमाथि गहिरो छलफल गर्छन् ।
मानिस पूरै प्रतिस्थापित हुन्छन् ?
एउटा पूरै कम्पनी एआई एजेन्टले चलाउन सम्भव देखिएता पनि यस्ता एआई एजेन्टहरू मानव मस्तिष्क र अनुभवको पूर्ण विकल्प भने हुन नसक्ने हारुन बताउँछन् । हारुनका अनुसार उनको लिगल एआई एजेन्टले कानुनी कागजात तयार गर्न त सक्छ तर जटिल कानुनी मामिलामा अन्तिम निर्णय लिन आज पनि उनलाई मानव वकिलको आवश्यकता पर्छ ।
त्यसैले स्नीड यसलाई हाइब्रिड भविष्यका रूपमा हेर्छन् । जहाँ एआईले मानिसलाई थकान हुने र दोहोरिरहने खालका कामहरू सम्हाल्नेछ जबकि मानिसले चाहिँ रणनीति निर्माण तथा जटिल समस्याको समाधानमा ध्यान केन्द्रित गर्न सक्नेछन् । (एजेन्सीको सहयोगमा)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *