विवेक र वृजेशको ‘आउन फर्की’

काठमाडौँ/ ‘आउन फर्की ….’ बोलको गीत सार्वजनिक भएको छ । वृजेश श्रेष्ठको रचना तथा विवेक महर्जनको निर्देशनमा गीत सार्वजनिक गरिएको हो । गीतमा उन्नत उप्रेती, श्वेता मिश्र र क्रान्ति शाहको अभिनय रहेको बताइएको छ । निष्ट स्टुडियोको युट्युव च्यानलमार्फत सार्वजनिक…

‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा

काठमाडौं/ युगकवि सिद्धिचरण श्रेष्ठका कालजयी रचनाहरुको समिक्षा गरिएको पुस्तक बजारमा आएको छ । ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ नामक पुस्तक बजारमा आएको हो । साहित्यकार, समिक्षक तथा समालोचक स्वयम्भु शाक्यद्वारा लिखित पुस्तक सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको हो । पुस्तकमाथि युगकवि…

“मिसिङ्गः केटी हराएको सूचना” आउने

काठमाडौं/ नेपाली चलचित्रको परिवेश बदल्ने सोच लिएर चलचित्र निर्देशक दीपेन्द्र गौचन नेपाल आएका छन् । दुई दशकपछि नेपाल फर्किएका गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” को घोषणा गरेका छन् । उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म…

बाल चित्रकथामा बौद्ध स्तूपको किंवदन्ती

काठमाडौँ/ युनेस्कोको विश्व सम्पदामा सूचीकृत बौद्धनाथ स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा ‘बौद्ध स्तूप’ हालै प्रकाशनमा आएको छ । बौद्ध स्तूप पनि भनिने यही स्तूपको किंवदन्तीमा आधारित रहेर कथालय इन्कले पुस्तक प्रकाशन गरेको हो । पुस्तकका लेखक भिक्टर प्रधान हुन्…

तीजमा ‘बजाउँदै चुरा’

काठमाडौं/ नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जाँदा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ पनि यसै मेसोमा सार्वजनिक गरिएको छ । सारिका घिमिरेको श्वर रहेको गीतमा योगेश काजी शाहको सङ्गीत एवम् सङ्गीत संयोजन…

सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी

काठमाडौंं/ छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । इस्वी संवत् २०२५ को जनवरीको अन्तिम सातामा महोत्सव आयोजना हुने आयोजकले जनाएको छ । उक्त चलचित्र महोत्सवमा ४७ देशका २०४ चलचित्रहरुमध्ये १४२ चलचित्रहरु छनोट गरिएको जनाइएको छ । महोत्सवमा…

मातृशक्तिको विष्णुसहस्रनामको पाठ

काठमाडौँ/ घर घरमा गुरुकुल शिक्षाबाट घरमा नै बसेर संस्कृत अध्ययन गरेका १०८ मातृशक्तिले शनिबार १०८ आवृत्ति विष्णुसहस्रनाम स्तोत्र एकै स्वर र लयमा पाठ गरेका छन् । त्रिशक्ति एकादशी संस्कृति समाजले पशुपतिनाथ परिसरमा रहेको श्रीशङ्कराचार्य मठमा आयोजित कार्यक्रममा १०८ जनाले वाचन…

बबिना भट्टराईको ‘गुरु चरणमा’

गुरु पूर्णिमाको अवसरमा समस्त गुरुजनहरुको महत्व सहितको अत्यन्त श्रवणीय भजन ‘गुरु चरणमा’ वीणाभक्ति युट्व च्यानलबाट सार्वजनिक भएको छ । सुमधुर श्वरकी धनी बबिना भट्टराईको श्वर र संगीत रहेको उक्त भजन रवि उपाध्यायले लिपिवद्ध गरेका हुन् । भजनको एरेन्ज रुविन श्रेष्ठले…

खेमनाथ दाहालको ‘सिर्जनामा दृष्टि’

काठमाडौं/ साहित्यकार खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा यहाँ एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’ को लोकार्पण गरिएको हो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख…

पत्रकार अधिकारीलाई पुरस्कार एवं सम्मान

काठमाडौं/ पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा अधिकारीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नगद राशीसहित राष्ट्रिय पत्रकारिता…