हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको हातबाट ठकुरीले कांग्रेसको सदस्यता लिनु भएको हो ।
नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरीले कांग्रेसमा प्रवेश गर्नु भएको हो । त्यस अवसरमा ठकुरीले कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको बताउनु भयो ।
ठकुरी रास्वपाका संस्थापक जिल्ला सभापति हुनु हुन्थ्यो । ठकुरीले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १२,४९९ मत प्राप्त गर्नु भएको थियो । चुनावको मुखमा उहाँको कांग्रेस प्रवेशले रास्वपालाई धक्का लागेको तथा कांग्रेसलाई राम्रै लाभ मिल्ने बताइन्छ ।
Facebook Comments Box
