सुनसरी २ नं.क्षेत्रमा चुनावीसभा

Nayabimarsha (Weekly Newspaper from Nepal)
पिएमणी भट्टराई

सुनसरी /नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुनसरीे २ नं. क्षेत्रका उम्मेदवार राजिव कोइरालालाई भारी मतले जिताउन मतदाताहरुलाई आग्रह गरेका छन् ।
मंगलबार रामधुनीको झुम्का बजारमा २ नं. क्षेत्रीयसभालाई सम्वोधन गर्दै शर्माले कोइरालासहित कांग्रेसको पक्षमा बहुमतको सरकार बनाउनुपर्ने आवश्यकता रहको बताए । चुनावको संगीन घडीमा उनले कार्यकर्ताहरुलाई आफ्ना छिमेकी, टोल, वार्ड र आफ्नो क्षेत्रमा केन्द्रित भई प्रचार प्रसार गर्न आग्रह गरे । भाषणमा होइन विचारको प्रतिस्पर्दा गर्ने हो । झुटा आश्वासन र खोक्रा भाषणले देशको समस्याको समाधान दिँदैन भन्दै शर्माले भने पाँच बर्षको स्थायी सरकार बनाउने र देशका तमाम समस्याहरुको निराकरण गर्ने काँग्रेसको उद्देश्य रहेको छ भने ।
‘देशलाई बदल्छौं, कांग्रेस बदलिएको छ । अब शिक्षाको सुधार, सामाजिक सुधार र सुशासन गगन थापाको नेतृत्वको सरकारले गर्ने छ’ शर्माले भने ।
यसैगरी चुनावीसभामा उम्मेदवार कोइरालाले भने, ‘म यहि माटोमा जन्मेको, हुर्केको हुँ । यो क्षेत्र मेरो कर्मभूमि हो । यहाँको विकास निमार्ण गर्ने मेरो दायित्व भित्र पर्छ । केन्द्रीय राजनीतिमा मेरो भूमिका दीर्घकालिन रुपमा नै हुनेछ । मलाई यो पटक तपाई मतदाताहरुले भारी मतले जिताउन आग्रह गरेँ ।’

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *