पोखरामा कांग्रेसको गर्जन आज

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/निर्वाचनको मिति नजिकिएसँगै नेपाली कांग्रेसले प्रदेशस्तरिय ठूला चुनावी सभालाई प्राथमिकतामा राखेको छ । यस क्रममा आज शुक्रबार पोखरामा चुनावी सभा हुने भएको छ । उक्त सभा गण्डकी प्रदेशस्तरिय हुने भएकाले त्यसको तयारीमा कांग्रेस जुटिसकेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी गराउनु भयो ।
यसअघि विहीबार सुर्खेत, बाँके र रुपन्देहीमा विशाल चुनावी सभाहरु भएका थिए । ती चुनावी सभामा कांग्रेसका सभापति गगन थापा तथा निर्वाचन परिचालन समितिका संयोजक रहनु भएका उपसभापति विश्वप्रकाश शर्मा तथा उपसभापति पुष्पा भुसाललगायतले सम्बोधन गर्नु भएको थियो ।
यसअघि फागुन ६ गते जनकपुरको तिरहुतियामा पहिलो चुनावी सभा गरेर चुनावी प्रतिज्ञापत्रका ‘भिजन–१०’ सार्वजनिक गरेको थियो । मधेश प्रदेशका अतिरिक्त गण्डकी प्रदेशमा समेत यो चुनावी सभा भएसँगै काठमाडौंमा बागमती प्रदेशस्तरित चुनावी सभा फागुन १७ गते तयारीमा कांग्रेस जुटेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *