गम्भीर बहादुर हाडा
अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र
भक्तपुर बहुमुखी क्याम्पस(अवकासप्राप्त)
मानिस एक सामाजिक प्राणी हो । समाज भन्दा बाहिर रहेर मानव रुपि सफल जीवन बिताउन सक्दैन र उसलाई समाजको आवश्यकता पर्छ । समाजमा बसेर सामूहिक आवश्यकताहरुको परिपूर्ति गर्न कायम गरिएका हुन्छन् । समाजमा बसेर जिउने तरिका, प्रथा र आचार विचार निर्धारण गरिएका हुन्छन् । यिनैलाई सामाजिक मूल्य, मान्यता र संस्थाहरु (Social Value and Institution) भनिन्छ ।
यसले मानवको धारणा, सोचाई र मनस्थितिमा परिवर्तन ल्याइदिन्छ । कुनै पनि देशको आर्थिक विकासको निर्धारक तत्वका रुपमा त्यस देशमा विद्यमान सामाजिक मूल्य, मान्यता र संस्थाहरु रहेका हुन्छन् । मानवीय स्वभाव, चरित्र, सोचाई, समाजप्रतिको दृष्टिकोण, सामाजिक मूल्य र मान्यताहरु, सामाजिक, आर्थिक संघसंस्थाहरु आदिले प्रभाव पारेका हुन्छन् । सामाजिक मूल्य, मान्यता र संस्कारहरु तथा अन्य व्यवहारहरु अनुकूल भएको देशमा आर्थिक विकास तीब्र रुपले भएको पाइन्छ । विकसित मुलुकहरुमा अनुकूल किसिमका परम्परा तथा व्यवहारहरु भएको हुँदा आर्थिक विकासको दर उच्च हुन गएको छ । विकासोन्मुख मुलुकहरुमा विकासको लागि प्रतिकूल धार्मिक तथा सांस्कृतिक मूल्य र मान्यताहरु विद्यमान रहेको कारण विकासले गति लिन सकेको छैन ।
विकसित राष्ट्रहरुले समय र परिस्थिति अनुरुप विद्यमान मूल्य र मान्यताहरुमा परिवर्तन गर्दै लगे । विकासमा वाधा पु¥याउने खालका संस्कारहरुलाई समाजबाट हटाइदिए । यसले गर्दा विकसित राष्ट्रको सवालमा धार्मिक परम्परा र संस्थाहरुले आर्थिक विकासमा सकारात्मक भूमिका निर्वाह गरेको पाइन्छ । विकासोन्मुख राष्ट्रहरुले पुरानो परम्परालाई समयानुकूल बनाउन सकेनन् ।
कुनै पनि देशको आर्थिक विकास र त्यस देशका सामाजिक, आर्थिक, राजनैतिक र वैधानिक संस्थाहरुबीच घनिष्ट सम्बन्ध हुन्छ । विश्वको आर्थिक विकासको अध्ययनबाट थाहा हुन्छ कि सामाजिक र आर्थिक संस्थाहरुका सम्बन्धित देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको छ । प्।ध्भििष्बm पबउउ बलम ीयचभ ी। पबउउ को भनाई अनुसार, अर्थात् आर्थिक विकासलाई परम्पराहरु र संस्थाहरुबाट अलग गर्न सकिँदैन । कार्लमाक्र्सले पनि आर्थिक विकासमा सामाजिक र आर्थिक दृष्टिकोणको महत्वलाई स्वीकार गरेको छ ।
अनुकूल सामाजिक वातावरणले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याउँछ । रोष्टोको मत अनुसार विज्ञानको प्रगति गर्ने, विज्ञानलाई आर्थिक उद्देश्यको लागि प्रयोग गर्ने नव प्रवर्तन स्वीकार गर्ने, भौतिक उन्नति चाहने, उपभोग प्रवृत्ति बच्चा जन्माउने प्रवृत्ति आदि राजनीतिक तथा सांस्कृतिक तत्वहरुमा समुदायका प्रवृत्तिहरु निर्भर गर्दछन् । समाजद्वारा स्वीकृत साधन, तरीका, प्रथा तथा पद्धतिलाई संस्था भनिन्छ । संस्थाद्वारा सामूहिक उद्देश्यपूर्ति हुन्छ । सामाजिक मूल्य, मान्यताहरुमा अनुकूल भएको देशमा द्रुततर गतिमा आर्थिक विकास भएको पाइएको छ । आधुनिक आर्थिक बृद्धिलाई सामाजिक तथा धार्मिक, सांस्कृतिक परम्पराहरुले ठूलो प्रेरणा दिएको थियो । पाश्चात्य समाजमा भौतिकवादी दृष्टिकोण, व्यक्तिगत स्वतन्त्रता भएको व्यक्तिवाद उद्यमशीलताको विकास, विवेकशीलताको गुणहरु पाइन्छन् । नेपाल जस्तो अल्पविकसित देशमा विकासको लागि प्रतिकूल धार्मिक र सांस्कृतिक मान्यताहरु विद्यमान छन् ।
विकासोन्मुख देशहरुमा विभिन्न जन जातिहरुमा विभाजन भएका हुन्छन् । जस्तैः बाहुन, क्षत्री, नेवार, मगर, हिन्दु, मुसलमान, सिख, मगर, गुरुङ, दमाई, कामी आदि । यस प्रथाले अनेक रुढीवादी संस्कार र बन्धनलाई जन्म दिन्छ । अर्को समान स्थिति भएको सामाजिक मान्छेहरुको समग्रलाई सामाजिक वर्ग भन्ने गरिन्छ । सामाजिक वर्ग भनेको एएटा सिंगो समाज भित्रका समान धन, इज्जत, शक्ति, अधिकार भएका व्यक्रिहरुको समूह हो । वर्ग त्यस्तो सामाजिक अवधारणा हो जसले समाजभित्रको एक समूहलाई आर्थिक, राजनीतिक, सामाजिक आदि पक्षको आधारमा अर्को समूहबाट पृथक गराउँछ । जस्तो कृषक विद्यार्थी, शिक्षक, व्यापारी, कालिगढ, नकर्मी, सिकर्मी, डकर्मी, धनी, गरीब, पूँजीपति, सर्वहारा, मजदुर आदिलाई उदाहरणको रुपमा लिन सकिन्छ ।
समाजमा तीन वर्ग कायम रहेका छन् (क) उच्च वर्ग (Upper or high or rich class) (ख) मध्यम वर्ग (Middle class) (ग) निम्न र तल्लो वर्ग(Lower class) (क) कुनै पनि समाजमा निश्चित रुपमा उच्च वर्गको सर्वाङ्गिण क्षेत्रमा प्रभुत्व कायम रहेको हुन्छ । उत्पादनका साधन र उत्पादनका प्राप्त मुनाफाको ठूलो हिस्सा हडप्ने, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि क्षेत्रबाट अधिकतम लाभान्वित यही उच्च वर्ग भएको हुन्छ । राष्ट्र समाजका हरेक पक्षहरुमा निर्णय निर्माण गर्ने प्रक्रियामा समेत यही वर्गको एकलौटी प्रभुत्व रहेको हुन्छ । (ख) नेपाली समाजको वर्गीय स्वरुपको बीचको स्थानमा रहने वर्ग मध्यम वर्ग हो । बीचमा झुन्डिएर रहेको तल खस्किन पनि नसक्ने र नरुचाउने र माथि उक्लन नपाउने वर्ग रहेका हुन्छन् । (ग) सामाजिक भ¥याङ रुपी वर्गी संरचनाको तल पिँधमा रहने वर्ग निम्न र तल्लो वर्ग हो । यो आफ्नो श्रम बेचेर जीविकोपार्जन गर्ने बढी शोषित वर्ग हो । अत्यन्तै न्यून मात्रामा जग्गा भएका दुई तीन महिनामात्र आफ्नो जग्गाको आयस्थाबाट खान पुग्ने बाँकी अर्काको निम्ति काम गरि दिने र
परिवारको आकार पनि आर्थिक विकासलाई प्रोत्साहित गर्दछ । व्यक्तिवादी भावना प्रबल हुनुका कारण विकसित राष्ट्रहरुमा परिवारको आकार सानो हुन्छ । अल्पविकसित राष्ट्रहरुमा खास गरेर भारत तथा नेपालमा ठूलो आकारको परिवार पाउन सकिन्छ । यसलाई संयुक्त परिवार भनिन्छ । जब परिवारको सदस्य तथा उसको श्रीमती र बच्चाहरु मिलेर एकै ठाउँमा बस्दछन् भने त्यस्तो व्यवस्थालाई संयुक्त परिवार प्रणाली भनिन्छ । परिवारको सबैभन्दा जेष्ठ सदस्य परिवारको प्रमुख हर्ताकर्ता हुने र अरु सबै सदस्य उसैको रेखदेखमा रहन्छन् । संयुक्त परिवार प्रणालीमा काम गर्न अशक्त सदस्यको समेत उचित लालन पालन हुन सक्ने भएकाले सामाजिक कल्याणमा बृद्धि आउने हुन्छ । सामाजिक कल्याणका दृष्टिबाट यो प्रणाली अत्यन्तै उचित ठहरिए पनि बचत, पूँजी निर्माण, उत्पादन र आर्थिक विकासका दृष्टिबाट यस प्रथालाई प्रतिकुल मानिन्छ ।
नेपाल जस्तो अविकसित देशमा बाबुको मृत्युपश्चात उसको सम्पत्ति छोराहरुमा समान रुपले बाँडिन्छ । हाल छोरीहरुमा पनि भाग त लाग्ने प्रचलन देखिन्छ । विकासशील देशमा यो प्रथा एउटा प्रमुख सामाजिक मूल्य र संस्थाको रुपमा रहेको छ । उत्तराधिकारको नियमले समाजमा आर्थिक सुरक्षा, धनको समान वितरण र बचत प्रवृत्तिलाई कायम राख्छ । यस प्रथाले भूमिको उपविभाजन, पूँजी संचयमा कठिनाई र उद्यमशीलताको अभाव जस्ता समस्याहरुलाई जन्म दिन्छ ।
सामाजिक प्रक्रिया व्यवहार गर्ने त्यस्तो ढंग वा ढाँचा हो जसद्वारा एउटा समूहका सदस्यहरुको सम्बन्ध स्थापित हुन्छ र एक भिन्न विशेष प्राप्त गर्दछन् । सामाजिक प्रक्रियाको अर्थ विभिन्न व्यक्ति तथा समूहहरुको बीचमा हुने अन्तरक्रियाको विविध प्रकार हो जस अन्तर्गत सहयोग, द्वन्द्व, सामाजिक विभेदीकरण, एकीकरण विकास, उत्थान र पतन आदि पर्दछन् । समाज भनेको दुई वा दुई भन्दा बढी व्यक्तिहरुबीचको अन्तर सम्बन्ध हो । अन्तर क्रियात्मक सम्बन्धको जालो हो । मानवीय सम्बन्ध हो । यसैले सामाजिक परिवर्तन मानवबीचको सम्बन्धको स्वरुपमा ढाँचामा, विशेषतामा आउने फेरबदल हो । भिन्नता हो, संशोधन हो । रुपान्तरण हो, परिवर्तन तथा फेरबदल एक शास्वत नियम हो । निरन्तर प्रकृया हो । परिवर्तन भनेको कुनै पनि चीजको पहिलो अवस्था, ढाँचा स्वरुप अथवा विशेषतामा आउने अन्तर भिन्नता या फेरबदल हो । समयको अन्तरालमा कुनै पनि बस्तुमा देखा पर्ने भिन्नता नै परिवर्तन हो । सामाजिक परिवर्तन सामाजिक सम्बन्धको प्रणालीमा आउने भिन्नता तथा अन्तर हो । सामाजिक सम्बन्धहरु भन्नाले सामाजिक प्रक्रियाहरु, अन्तरक्रियाहरु र सामाजिक संगठन, संरचना, व्यवस्थाहरु हुन् भन्ने बुझिन्छ ।
सामाजिक परिवर्तनको अर्थलाई स्पष्ट ःबअभिखभच भन्दछन् “मानवीय सम्बन्धमा हुने परिवर्तन सामाजिक परिवर्तन हो ।” प्ष्लनकभिथ म्बखष्क भन्दछन् –“सामाजिक परिवर्तनको तात्पर्य त्यस्ता समस्त अन्तरहरु हो । जुन अन्तर सामाजिक संगठन, ढाँचा, बनौट तथा प्रकार्यमा देखिन्छ ।” सामाजिक परिवर्तन एक सार्वभौमिक घटना हो । सामाजिक परिवर्तनको गति असमान र तुलनात्मक हुन्छ । सामाजिक परिवर्तन नियमित र जटील तथ्य हो । सामाजिक परिवर्तनको विषयमा भविष्यवाणी गर्न सकिदैन । सामाजिक परिवर्तन योजनाबद्ध र स्वतफूर्त दुबै हुन्छ । सामाजिक परिवर्तनद्वारा मानिसहरुको मनोवृत्ति र चालचलनमा सुधार ल्याउँछ । जाति प्रथा, धार्मिक रीतिरिवाज उत्तराधिकारीको नियम, संयुक्त परिवार प्रणालीलाई समय अनुसार परिवर्तन गर्न सकेमा आर्थिक विकासलाई मद्दत पु¥याउने गर्दछ । देशमा आर्थिक विकास तीब्र रुपमा गरेर, शिक्षा र संचारको विकास गरेर आम्दानी र रोजगारी बढाएर, उत्पादनमा नवीनतम प्रयोग गर्ने, औद्योगिकरणद्वारा समाजमा रहने मानिसहरुको मनोवृत्तिमा परिवर्तन ल्याएर विकासको लागि विकास भन्नु छोटकरीमा वातावरणमा परवर्तन गर्नु हो ।
परम्परागत भौगोलिक बनोटलाई नयाँ बनोटमा प्रस्तुत गर्नु हो । त्यसैले कुनै ठाउँमा वातावरण, परिवेश र सम्भाव्यता हेरी विकास प्रकृयामा लक्ष्य निर्धारित हुने गर्दछ । ग्रामीण विकासको अर्थ कुनै पनि ग्रामीण क्षेत्रको सामाजिक आर्थिक बनावट मूल्य र मान्यताहरु अन्तरसम्बन्ध र प्रकृतिहरुको दुरगामी परिवर्तन हो । ग्रामीण विकासको अर्थ केवल कृषि विकास मात्र नभैकन उत्पादनको समान वितरणका आधारमा भएको सम्पूर्ण आर्थिक विकास र सन्तुलित सामाजिक तथा आर्थिक विकास हो । यस अन्तर्गत उत्पादकत्वमा बृद्धि रोजगारीमा बृद्धि र ग्रामीण निम्न वर्गको आयमा बृद्धिका साथै कम भन्दा कम स्वीकार्य स्तरको खाना, बसोवास, शिक्षा र स्वास्थ्यको व्यवस्था पनि पर्दछन् । अर्को कुरा ग्रामीण विकासको अर्थ ग्रामीण क्षेत्रमा रहेका मानिसहरुको आर्थिक तथा सामाजिक स्थितिलाई सुधार्नु हो । ग्रामीण विकास विकासका आधुनिकतम धारणामा आधारित छ । आर्थिक उन्नति तथा भौतिक उपलब्धीलाई मात्र धेरै मानिसले विकास भन्ठानेका छन् । विकास भन्ना साथै मानिसमा इच्छित दिशातिर लम्किने बाटामा रहेका बाधाहरुलाई हटाएर सोचाई कार्य र उत्पादनमा भएको बृद्धिमा परिवर्तनलाई जनाउँछ । विकास गर्ने शिलशिलामा सबभन्दा पहिले मानिसको मनोवृत्तिलाई वाञ्छित दिशातिर डो¥याउने कुरा पर्न आउँछ । अनि पछि मात्र विकास कार्य शुरु हुन्छ । समुदायको क्रियाशील माग र उत्साहद्वारा सबै समुदायको निमित्त असल जीवन बृद्धि गर्ने आन्दोलनलाई ग्राम विकास भनिन्छ ।
आर्थिक विकासलाई इच्छा, योग्यता, गुण क्षमता, ज्ञान, भावना, मान्यता, संस्कार, उद्देश्य, आकर्षण, संस्था संगठन र राजनैतिक प्रबन्ध आदि अनगिन्ती विभिन्न प्रकारका सामाजिक भावनाद्वारा निर्धारण गरेको हुन्छ । जुन समाजमा गुण, ज्ञान, अनुभव, कुशलता, अनुशासन, दुरदर्शिता, विवेक तथा सहनशीलता जस्ता आवश्यक गुणहरु विद्यमान हुन्छन् । त्यो समाज आफ्नो आवश्यकता पूर्ति गर्न चाहिने साधन र स्रोत उपलब्ध गराउन सक्ने उपाय तथा अनुभवको खोज गर्न समाजमा नयाँ परिवर्तन ल्याउन सफल हुन्छ । विकास आर्थिक स्रोतको प्राप्तिले मात्र हुन सक्दैन, जनताले आफ्नो तनमन धन लगाएर देश र देशवासीको विकास नै हाम्रो विकास हो भन्ने धारणा लिई सक्रियताका साथ सामाजिक परिवर्तन गर्ने कटिबद्ध हुनेतर्फ आफ्नो तत्परता देखाएको हुनुपर्दछ ।
विकास जनताको लागि हो र जनताद्वारा नै हुनुपर्दछ । जसरी जनभावनालाई एकत्रित गरी राष्ट्रिय लक्ष्य पुरा गर्न सकिन्छ त्यस्तै प्रकारको नीतिको अबलम्बन हुनुपर्दछ । रुढीवादी परम्परामा आधारित ग्रामीण समाजले नवीन परिवर्तनशील भावनालाई दिलले समर्थन गर्दा आर्थिक विकासका कृषि, उद्योग, निर्माण आदि अनेक क्षेत्रमा प्राप्त हुन सकेको हुँदैन । नवीन तरिका, नवीन प्रविधि, नवीन बिउ, मल, उपकरण, नवीन सामग्रीहरुलाई प्रयोगमा ल्याउन समाजले अस्वीकार गर्छ ।
परिवर्तन शब्दले एकरुपबाट अर्को रुपमा आउनु हेरफेर हुनु नयाँ रुप दिनु सुधार्न कुनै काल वा युगको अन्त भई नयाँ युग आउनु भन्ने कुरा जनाउँछ । त्यसरी नै सामाजिक परिवर्तन भन्नाले कुनै पन िएक निश्चित समयावधि भित्रमा समाज वा सामाजिक व्यवस्थामा देखा पर्ने भिन्नतालाई जनाउँछ । सामाजिक परिवर्तनले सामाजिक सम्बन्धहरु, सामाजिक संरचना, सामाजिक संस्थाहरु र तिनीहरुको सम्बन्ध क्रिया, अन्तरक्रियाहरुमा आउने परिवर्तनहरुलाई जनाउँछ । समाजको कुनै एक व्यवस्थामा आएको परिवर्तनले सम्पूर्ण समाजलाई नै प्रभावित गर्दछ । ग्रामीण समाजमा परिवर्तनको कारक अथवा तत्वहरुमा प्राकृतिक कारक, प्राविधिक कारक, सामाजिक कारक, आर्थिक कारक, सांस्कृतिक कारक र राजनैतिक कारक आउँछन् । ग्रामीण क्षेत्रमा औद्योगिकरणको विकास भएमा पनि सामाजिक परिवर्तन हुन्छ । औद्योगिकरणलाई साधारणतया प्राविधिक विकाससँग गाँसिन्छ । कुनै पनि समाजमा विकास गर्न र परिवर्तन ल्याउनको लागि प्राविधिक विकास हुनु अति जरुरी छ । उद्योगमा प्राविधिक विकास भन्नाले घरेलु उत्पादन अर्थात् हातले गरिने कार्यहरु मेशिनहरुद्वारा गरिन्छ र बृहत मात्रामा उत्पादन हुन्छ । औद्योगिकरणले कृषिमा आधारित जनसंख्याको भारलाई बढाउँछ । यसले गर्दा स्थानीइ स्रोत र साधनहरुको परिचालन हुन्छ र मानिसहरुलाई रोजगारी प्राप्त भएर आम्दानीमा बृद्धि गर्न सहयोग पु¥याउँछ ।
