विकासमा उद्यमशीलता : नवप्रवर्तनको आवश्यकता तथा महत्व

Nayabimarsha (Weekly Newspaper from Nepal)

— गम्भीर बहादुर हाडा
अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र
भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त)
नवप्रवर्तन एउटा व्यापक, गतिशील, नवीन र बहुआयामिक अवधारणा हो । यसको अर्थ र परिभाषामा विविधता रहेको पाइन्छ । यस विषयमा कलम चलाउने विद्धानहरुको विचार असामान्य, अव्यावहारिक तथा अकल्पनीय प्रकृतिको हुन्छ । नवप्रवर्तनले कुनै पनि समस्याग्रस्त स्थान वा अवस्थामा अवसर वा मौका देख्छ । नवप्रवर्तनकर्ताको दृष्टिकोण नै बेग्लै हुन्छ ।
नवप्रवर्तनको अवधारणाले कुनै पनि क्षेत्रमा कुनै पनि कुरा सम्भव छ भन्नेमा विश्वास गर्छ । त्यसैले, यसको सर्वमान्य परिभाषा भेटिँदैन । न यसको सीमा वा क्षेत्र तोकिएको छ । यद्यपी, नयाँ विचार, विधि, औजार, संरचना वा नौलो बस्तु वा सेवाको खोज, विकास वा प्रयोग गर्नुलाई नवप्रवर्तन भन्न सकिन्छ । विद्यमान समस्या वा प्रश्नको समाधानार्थ कुनै नयाँ नीति, सिद्धान्त, ढाँचा, विधि, शैली, यन्त्र, उपकरण वा प्रक्रियाको प्रयोग गरिन्छ भने त्यो नवप्रवर्तन हो । त्यसैले, नवप्रवर्तनको लागि सर्वप्रथम पुरानो प्रक्रिया, पद्धति, सोच र संस्कार छोड्नुपर्छ ।
नयाँ अवधारणालाई सिद्धान्ततः स्वीकार गरेता पनि पुरानो भइसकेको बस्तु वा सेवालाई परम्परा वा पहिचानको नाममा यथास्थितिमा निरन्तरता दिइरहनु नवप्रवर्तनको सबैभन्दा ठूलो चुनौती हो । विज्ञान तथा प्रविधिजन्य आविष्कारले प्रदान गरेका आधुनिक साधनहरुको अधिकतम प्रयोग नगरी, परिवर्तन वा सुधारको लागि जोखिम नउठाई नवप्रवर्तन गर्न सकिँदैन । तसर्थ, नवप्रवर्तनले नयाँ विचारको आत्मसात गर्नु, नयाँ बस्तुको आविष्कार गर्नु र नयाँ बजारको विकास गर्ने कामलाई एकीकृत रुपमा सम्पन्न गर्नुलाई जनाउँछ ।
कुनै पनि सार्वजनिक सेवाको केन्द्रविन्दुमा सदैव सेवाग्राही नागरिक नै रहने हुनाले सार्वभौम नागरिकलाई केन्द्रविन्दुमा राखेरै नयाँ सिद्धान्त, विधि, प्रविधि र शैलीको विकास गरी राष्ट्र« र आमनागरिकको हित विस्तार, सुशासन र समृद्धिको समष्टिगत लक्ष्य प्राप्तिमा सघाउ पु¥याउनु नै नवप्रवर्तनको मुख्य उद्देश्य हो । नवप्रवर्तनले थप मूल्य अभिवृद्धि गर्छ । यसबाट दीगोरुपमा मौद्रिक लाभ हासिल हुनुपर्छ । यसले तुलनात्मक लाभ प्रदान गर्न सक्छ ।
नवप्रवर्तन एउटा व्यावसायिक कार्य हो । नवप्रवर्तनमा कुनै पनि बस्तु वा सेवाको पूर्वउत्पादनदेखि उपभोक्तासम्म पुग्ने चरणहरुमा ग्राहकको दृष्टिकोणबाट मूल्यांकन गरेर सुधार वा परिमार्जन गरिन्छ । यसबाट सिधै नाफा र कार्यदक्षताको साथै ग्राहकको सन्तुष्टि र समग्र व्यवसायको प्रभावकारिता वृद्धि हुन्छ । आफ्नो बस्तु वा सेवालाई प्रतिस्पर्धीहरुबीचमा प्राथमिकरुपले फरक देखाउने विधि नै नवप्रवर्तन भएकोले आधुनिक बजारीकरणको युगमा यस अवधारणाको विशिष्ट महत्व रहेको छ । बृहत् राष्ट्रिय दृष्टिकोणबाट नवप्रवर्तनलाई आर्थिक बृद्धिको आधारशीला मानिन्छ ।
यसैको आधारमा विश्वव्यापी प्रतिस्पर्धास्तर निर्धारण गरिन्छ । सुक्ष्म दृष्टिकोणमा, एउटा संगठन वा कम्पनीको उत्पादन, बिक्री वा नाफा, ख्याति र दिगोपना नवप्रवर्तनमा गरिएको लगानीमा निर्भर हुन्छ । नवप्रवर्तन आधुनिक जीवनको अंग बनिसकेको छ । अचेल सबैलाई स्मार्ट बन्नुपर्छ । पुरानो चिज त्याग्ने र नयाँ कुरा अंगाल्ने फेसन सर्वत्र फैलिएको छ । सबै व्यक्ति वा संगठन नवप्रवर्तनको मामिलामा अगाडि रहन चाहन्छन् । सार्वजनिक सेवा होस् वा निजी व्यवसाय, आधुनिक व्यवस्थापनको क्षेत्रमा दैनिक परिवर्तनहरु आइरहने हुनाले आफ्नो विषयक्षेत्रको महत्व र सान्दर्भिकता स्थापित गरी प्रतिस्पर्धी रहिरहनको लागि हरेक परिवर्तनहरुलाई आत्मसात गर्नुको विकल्प छैन ।
नयाँ प्रविधि, नयाँ प्रवृत्ति र नयाँ अवधारणाहरुसँग हरेक संगठन अद्यावधिक भइरहनुपर्छ । सुधार निरन्तर चलिरहने प्रक्रिया हो, एक दिन वा एक पटक सुधारको कार्य गर्दैमा सधैंको लागि पुग्दैन । ग्राहकलाई अधिकतम सन्तुष्टि प्रदान गर्न र त्यो सन्तुष्टिको स्तरलाई सदैव कायम राखिराख्नको लागि कुनै पनि क्षेत्रको संगठनले आफ्ना बस्तु तथा सेवाको उत्पादनदेखि वितरणसम्मका चरणहरुमा नयाँ नयाँ विशेषताहरु थपघट एवं स्तरोन्नति गर्नको लागि रणनीतिक नवप्रवर्तनको कार्ययोजना बनाएरै कार्यान्वयन गर्नुपर्दछ । यिनै सुधार, स्तरोन्नति र नयाँ विचार वा विधिको प्रयोग गरी नवप्रवर्तनले व्यवस्थापनलाई आधुनिक तथा समयसापेक्ष बनाउन मद्दत गर्छ ।
समृद्ध नेपाल निर्माण अभियानको विभिन्न तह, चरण र क्षेत्रमा अनेक प्रकारका चुनौती छन् । तिनको सम्बोधन र समाधान गर्न साधन, स्रोत, दक्षता र क्षमता सबै थोकको कमी छ । नवप्रवर्तनको व्यवस्थापनलाई स्रोतको दक्षता अभिवृद्धि गर्न र ज्ञानको संकट व्यवस्थापन गर्नको लागि एउटा उपयोगी औजार मानिएको छ । नेपाललाई दिगो विकास लक्ष्य हासिल गर्न वार्षिक करिब रु.२० खर्ब रकमको आवश्यक पर्ने अनुमान छ । वर्षेनी त्यत्रो ठूलो धनराशी जुटाउन सहज छैन । त्यो वित्तीय खाडल पूरा गर्ने एकमात्र उपाय भनेको फरक र फराकिलो ढंगले उपलब्ध स्रोत साधनको दक्षतापूर्ण, चलाखीपूर्ण एवम् प्रभावकारी उपयोग गर्ने र पुराना सोच, सिद्धान्त, संरचना, विधि तथा प्रविधिमा सुधार ल्याउने हो ।
त्यसैले, दिगो विकास लक्ष्यले प्रविधि प्रयोग, युवा अनुसन्धानकताृ तथा सूचना प्रविधिमा आधारित साना तथा मझौला व्यवसायको प्रवद्र्धन र नवप्रवर्तनमा विशेष जोड दिएको हो । अर्को शब्दमा, नवप्रवर्तन प्रबद्र्धन र सिर्जनशीलताको संरक्षण तथा बिस्तार नै दिगो विकास लक्ष्य एवं अन्य राष्ट्रिय विकासका लक्ष्यहरु हासिल गर्ने भरपर्दो रणनीति हो ।
सबै तहका सार्वजनिक तथा निजी प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाउन, सर्वसाधारणले पाउनुपर्ने बस्तु वा सेवा छिटो, छरितो तथा कम खर्चिलो ढंगबाट पाउने अवस्था सिर्जना गर्न सेवाको प्रकृति र परिस्थिति सुहाउँदो प्रविधि प्रयोग तथा स्थानीय संस्कृति अनुकूलको नवप्रवर्तन गर्न सकिन्छ । सार्वजनिक सेवाप्रवाहको प्रभावकारिता बढाउने एउटा प्रमुख माध्यम नवप्रवर्तन हुन सक्छ । एउटै ढाँचा, विधि र प्रविधिको सट्टामा स्थान विशेषका विविधतायुक्त अभ्यास तथा माध्यमहरुको सदुपयोग बढी टिकाउ एवं प्रभावकारी हुन्छन् । सबै पक्ष र क्षेत्रबाट सुशासन पाउने नागरिकको अधिकार हो । यसलाई व्यवहारमा उतार्ने पछिल्लो वैकल्पिक सोच, खोज र प्रयोगको रुपमा नवप्रवर्तनलाई लिन सकिन्छ ।
नवप्रवर्तन कसरी गर्ने, के गर्ने, बजार मिश्रित रणनीतिमा नवप्रवर्तन कहाँ गर्ने र नवप्रवर्तनबाट कसरी पैसा कमाउने भन्ने आधारमा प्रक्रिया ९एचयअभकक०, उत्पादन ९एचयमगअत यच क्भचखष्अभ०, स्थान ९एयकष्तष्यल० र ढाँचा वा मोडल ९एबचबमष्नm० लाई नवप्रवर्तनका चार पी ९ए० भनिएको छ । यिनले नवप्रवर्तनका स्रोत, चरण र ढााँको बारेमा सोच्ने आधार प्रदान गर्दछन् । यिनै चार पी ९ए० अन्तर्गत रहेर नवप्रवर्तनलाई निम्न दश प्रकारले वर्गीकरण गर्न सकिन्छ ः
१. प्रक्रियामा नवप्रवर्तन ९एचयअभकक क्ष्ललयखबतष्यल० २. मुख्य प्रक्रियाको नवप्रवर्तन ९ऋयचभ एचयअभकक क्ष्ललयखबतष्यल० ३. प्राथमिक विशेषताको नवप्रवर्तन ९द्यबकष्अ ँभबतगचभक क्ष्ललयखबतष्यल० ४. ग्राहक सेवा सुधारमा नवप्रवर्तन ९ऋगकतयmभच क्भचखष्अभ क्ष्ललयखबतष्यल० ५. मर्मत तथा सहयोग सेवा प्रणालीको नवप्रवर्तन ९क्गउउयचत क्भचखष्अभ क्थकतझ क्ष्ललयखबतष्यल० ६. सेवा प्रवाह माध्यमको नवप्रवर्तन ९म्भष्खिभचथ ऋजबललभ िक्ष्ललयखबतष्यल० ७. ब्रान्ड प्रस्तुतीको नवप्रवर्तन ९द्यचबलम म्भष्खिभचथ क्ष्ललयखबतष्यल० ८. ग्राहकको अनुभव वा पृष्ठपोषणको आधारमा नवप्रवर्तन ९क्ष्ललयखबतष्यल धष्तज ऋगकतयmभच भ्हउभचष्भलअभ० ९. व्यापारिक ढाँचाको नवप्रवर्तन ९द्यगकष्लभकक ःयमभ िक्ष्ललयखबतष्यल० १०. मूल्य श्रृंखलामा नवप्रवर्तन ९ख्बगिभ ऋजबष्ल क्ष्ललयखबतष्यल०
नवप्रवर्तनका स्रोतहरु
अलमल, असामन्जस्यता, अस्पष्टता, खोट, गुनासो, अवरोध वा अन्य कुनै समस्या नै नयाँ खोज वा सिर्जनाको प्रयोग गर्ने अवसर हो । यदि सबै थोक राम्ररी सिधा रेखामा सरल ढंगले चलिरहेको छ र कुनै प्रतिस्पर्धीले टक्कर दिएको छैन भने त्यहाँ नयाँ कुराको खोजी वा प्रयोग नै हुँदैन । कतिपयले प्रतिभालाई सिर्जनाको स्रोत मानेका छन् । प्रतिभा जन्मजात हुन्छ भन्ने एकथरिको बुझाइ छ । उनीहरुको बुझाइमा प्रतिभा बाहिरबाट थोपर्न वा शिक्षालयमा सिक्न सिकाउन सकिन्न ।
राष्ट्रिय प्रतिभाहरुको योजनाबद्ध व्यवस्थापनबाट नयाँ खोज वा आविष्कार गर्ने वैज्ञानिकहरु उत्पादन हुन्छन् । यसको लागि अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न अनुसन्धान वा आविष्कार केन्द्रहरुको स्थापना र सञ्चालन गर्नुपर्दछ । नयाँ खोज वा आविष्कार रातारात हुने कुरा होइन । यसले निरन्तरको लामो समय र श्रम माग गर्छ । प्रतिभाहरुको पहिचान, उचित संरक्षण, सम्मान, कर, विकास गर्ने प्रतिभा व्यवस्थापन चक्रका प्रत्येक चरण नवप्रवर्तन र सिर्जनशीलताको विकासको लागि महत्वपूर्ण हुन्छन् ।
नवप्रवर्तनको सन्दर्भमा नेपाल प्रारम्भिक चरणमै छ । विदेशीले बनाएका बस्तु, यन्त्र वा प्रविधिको प्रयोग राम्रोसँग गर्न सक्नेले नेपालमा व्यावसायिकरुपमा सफलता हासिल गर्न सक्छ । सबै क्षेत्रमा समस्यै समस्याका पोका छन् । त्यसैले, नवप्रवर्तनको लागि सर्वत्र मौकै मौका छ । नवप्रवर्तनका लागि गर्नुपर्ने कुराहरु धेरै छन् । नवप्रवर्तनको लागि नीति, कानून, संगठन, जनशक्ति, प्रविधि, पूर्वाधार जस्ता आधारभूत पक्षमा ठोस वा उल्लेख्य उपलब्धि हासिल भइसकेको छैन ।
कतिपय कामहरु शून्यबाट शुरु गर्नुपर्ने अवस्था रहेको छ । त्यसैले, नवप्रवर्तनका चरण, प्रकार, मान्यता, तरंग, ढाँचा, सिद्धान्त तथा रणनीतिहरुको सान्दर्भिकता र प्रभावकारिताको बस्तुगत मूल्यांकनको आधारमा टेकेर राष्ट्रिय कार्ययोजना तर्जुमा गरी चरणबद्धरुपमा सोको कार्यान्वयन गर्नुपर्छ । नवप्रवर्तन, खोज र अनुसन्धानमूलक कार्यहरुमा निजी क्षेत्र र सरकारलाई दुई महत्वपूर्ण साझेदारहरुको रुपमा सिद्धान्ततः सर्वत्र स्वीकार गरिएको छ ।
नेपालको निजी क्षेत्र अनुसन्धान र उत्पादन भन्दा विदेशी बस्तु तथा प्रविधिको व्यापारमा रमाएको छ । त्यसैले, नवप्रवर्तनको अगुवाई सार्वजनिक क्षेत्रले नै गर्नुपर्छ । सर्वप्रथम, निजी क्षेत्रलाई अनुसन्धानमा लगानी गर्न आकर्षित गर्ने नीतिगत व्यवस्था गर्नुपर्नेछ भने सार्वजनिक क्षेत्रका संस्थालाई नवप्रवर्तनीय संगठन ९क्ष्ललयखबतष्खभ इचनबलष्शबतष्यल० मा रुपान्तरण गर्नेे हो भने त्यसको लागि सम्बन्धित विषयक्षेत्रमा व्यावसायिक विज्ञता हासिल गरेको कुनै वैदेशिक रणनीतिक साझेदार छनौट गरी सम्झौता गर्नुपर्दछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *