द्वन्द्वको कारण, परिणाम तथा समस्या समाधानका उपायहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

गम्भीर बहादुर हाडा
सह–प्राध्यापक, अर्थशास्त्र
भक्तपुर बहुमुखी क्याम्पस
द्वन्द्वको शाब्दीक अर्थ झगडा, मनमुटाव, मनोमालिन्य हो । कुनै विषय वा प्रसङ्गमा रहने फरक मतलाई कार्यस्थलमा विभिन्न रुपमा प्रस्तुत गर्ने नै द्वन्द्व हो । द्वन्द्व विशेषतः स्रोत र साधनको अपर्यप्तता वा तिनकोअविवेकी वितरण, अधिकारको अस्पष्टता, सरोकारवाला व्यक्ति वा समूहको व्यक्तिगत वा सामूहिक दवावको स्थितिमा सृजना हुन्छ । अभाव, कुष्ठा, इष्र्या जस्ता नकारात्मक अवस्थामा मूलरुपमा द्वन्द्वको सृजना हुने भए तापनि द्वन्द्व परिवर्तित संस्कार, मान्यता र विचारको उपज पनि हो ।
संगठनात्मक विकासको दृष्टिकोणले द्वन्द्व सृजनात्मक शक्ति हो । द्वन्द्व मूल्य र लक्ष्यबीचको बस्तुपरक असंगतताको स्थिति हो र अरुको लक्ष्य प्राप्तिमा जानाजान हस्तक्षेप गर्ने आचरण हो । तसर्थ द्वन्द्व संगठनको हकमा मात्र नभई समाजको लागि अवसम्भावी रोग हो । यस्तो रोग सकारात्मक परिस्थितिको निर्माणतर्फ केन्द्रित हुनु पर्दछ । परिवर्तित मूल्य, मान्यता, विचार, संस्कार र पद्धतिको परिदृश्यमा व्यक्तिगत, सामूहिक तथा सांगठनिक आधिपत्य, वर्चस्व वा प्रभाव राख्ने क्रममा देखिने प्रतिद्वन्द्विता नै द्वन्द्व हो । संगठन वा समाजमा मानवीय विशेषता अनुसार नै अरुको अगाडि तुलनात्मक रुपमा सवल, सक्षम, प्रभावकारी, वैभवशाली बन्ने चाहना मानिसभित्र हुर्कीरहेको हुन्छ । त्यस अवस्थामा ती तत्वहरुको प्राप्तिका निमित्त एकअर्कामा विभिन्न क्रियाकलाप सञ्चालन हुनु स्वाभाविक पनि हो । मानवशास्त्रीहरुको दृष्टिमा द्वन्द्व समाज र संस्कृतिका बीचको विभेद हो भने अर्थशास्त्रीका मत अनुसार द्वन्द्व दुर्लभ स्रोतहरुको बाँडफाँडमा हुने प्रतिस्पर्धाको उपज हो । त्यसैगरी मनोवक्ताहरुको धारणामा द्वन्द्व सामूहिक र व्यक्तिगत हितको परिधिमा रहेको विभेद तथा राजनीतिज्ञको धारणामा राजनीतिक सोचमा रहने भिन्नता नै द्वन्द्व हो । उपरोक्त विभिन्न मतहरु र परिभाषा समेतलाई अध्ययन गर्दा द्वन्द्व मूलरुपमा मानवीय मूल्य र मान्यतासँग सम्बन्धित व्यवस्थापकीय समस्या हो । यसलाई समाज, संगठन र व्यक्तिको उन्नतिका निम्ति व्यवस्थापन गरिनुपर्दछ ।
द्वन्द्वका स्रोतहरु ःमूलतः द्वन्द्व व्यैक्तिक सोच तथा आवश्यकता तथा तिनको उपयोग एवम् प्राप्तिको बीचमा रहेको असमानताले सृजना गरेको अवस्था हो । तसर्थ व्यक्ति, समूह वा संगठनको आवश्यकताहरू सहि रुपमा परिपूर्ति नहुँदा द्वन्द्व सृजना हुन्छ । व्यक्ति, समूह वा संगठनका आवश्यकता तथा साधनको परिपूर्तिका निमित्त विभिन्न पक्षहरू जिम्मेवार हुन्छन् । तिनै पक्षहरू नै वास्तवमा द्वन्द्वका कारक तत्वहरू मानिन्छन् ।
व्यक्तिगत सोच र धारणाको स्तर व्यक्तिगत भय, व्यक्तिगत भेदभावको स्थिति र अवस्था, न्यून सहनशिलता, व्यक्तिगत पृष्ठभूमि (आर्थिक, सामाजिक तथा पारिवारिक), भ्एब्द्यक् को विविधता आदि ।
अप्रभावकारी तथा अपर्याप्त सञ्चार प्रणाली ँभभमदबअप को कमि, असमझदारी, आलोचना÷प्रशंसा झुठा विवरण, सूचना प्रवाहको तरिका र शैली, विपरित अर्थ दिने शब्दको प्रयोग आदि ।
संस्थागत संरचनाको अनिश्चितता र स्रोत एवम् साधनको अप्रभावकारी वितरण प्रणाली विशेषज्ञता र यस्को उपयोग, स्रोत र साधनको उपलब्धता र यसको न्यायिक वितरण प्रणाली, जिम्मेवारीको मात्रा र किसिम, पुरस्कार र दण्ड प्रणाली, आदि ।
कार्य प्रक्रियामा रहेको अस्पष्टता र कमी ः कसरी र के काम गर्ने भन्ने द्विविधा, उद्देश्य र लक्ष्यमा अस्पष्टता, समस्या समाधान प्रतिको दृष्टिकोण, कुनै विषय उपरको भिन्न सम्भाव्यता, सूचनाको स्रोतको भिन्नता आदि ।
द्वन्द्वका कारणहरूमा द्वन्द्व उत्पन्न गराउने परिस्थिति वा विषयबस्तु नै द्वन्द्वका स्रोतहरू वा कारणहरू हुन् । तहगत आधारमा पनि द्वन्द्वको स्रोतहरू पहिचान गर्न सकिन्छ । त्यस्ता कारण अन्तर वैयक्तिकदेखि सांगठनिक र अझ अन्तर्राष्ट्रिय चरित्रको पनि हुनसक्दछ । यस्ता कारणहरू ः (१) विचार, इच्छा, आवश्यकता र वानी व्यहोरामा फरकपना, (२) सूचना र ज्ञानको कमी, (३) वातावरणीय तनाव ःयस्तो तवना सीमित स्रोतसाधन र असीमित मागहरू, भविष्यप्रतिको अनिश्चिता जस्ता कारणहरूले सिर्जना हुन पुग्दछ ।, (४) असंगत भूमिका ः गुटबन्दी, व्यक्ति विशेषलाई प्राथमिकता, साधनको अविवेकी वितरण ।, (५) अन्तराक्रियामा फरक, (६) गल्ती र कमजोरीहरू, (७) आपसी रुपमा विरोधभाषी उद्देश्य, मूल्यमान्यता र धारणा, (८) प्रतिस्पर्धा र हस्तक्षेप, (९) संगठन संरचनामा कमी, (१०) सांगठनिक कार्यशैली र प्रक्रियामा त्रुटि र सोको अनुभूति, (११) पारदर्शिताको अभाव (अफवाहरूको प्रसार), (१२) गलत मान्यताहरू, (१३) सञ्चारको अभाव, (१४) नेतृत्वको शैली, (१५) अधिकारको कमी, (१६) वृत्तिविकासमा अवरोध र (१७) स्वार्थमा फरक ।
द्वन्द्वको परिणाम द्वन्द्वले समाजमा निश्चित प्रभाव पारेको हुन्छ र त्यसले दिएको परिणाम सकारात्मक र नकारात्मक दुवै हुन्छन् । गाउँमा जाँडरक्सीको सेवन तथा बेचविखनमा कमी, आपसी झगडामा कमी, गरीब तथा दालितमाथि सरकारको ध्यानाकर्षण, समूहको अत्याचारमा कमी, सामाजिक कुप्रथा तथा अन्धविश्वासमा कमी हुने विश्वास गरिन्छ । यसैगरी समूदायहरू भौतिकवादतर्फ रुपान्तरित, चेलिबेटी बेचविखन गर्ने क्रममा कमी, द्वन्द्वले मानिसलाई कडा परिश्रम गर्न उत्प्रेरित गर्दछ, किनकि सांगठनिक द्वन्द्वमा व्यक्तिव्यक्तिबीच प्रतिस्पर्धा गर्नुपर्ने वातावरण बढी देखिन्छ । अर्को पक्षभन्दा उत्तम भएमात्र उपलब्धी आफ्नो पक्षमा देखिने हुँदा प्रतिबद्धता र प्रतिस्पर्धा बढ्दछ । यी बिनाको कडा परिश्रम खासै उपलब्धिमूलक हुन नसक्ने भएकोले आफ्नो उद्देश्य पूरा गर्न व्यक्तिले प्रतिबद्धता र परिश्रमलाई साथसाथै लैजान्छ । कुनै सवालमा देखिएको अस्पष्टता, समस्यालाई प्रष्ट्याँदछ वा समस्याको समाधान खोज्न लगाउँछ । कतिपय सवालमा कल्पना नै नगरिएका नयाँ अवधारणा, विधि वा तरिकाको सिर्जना गर्दछ । द्वन्द्वले संगठनभित्रका सदस्यहरूबीच रहेको अस्पष्टतालाई प्रष्ट्याउँदछ, साझा अवधारणा बनाउन मद्दत गर्दछ र संगठनको साझा परिचय स्थापित गर्दछ । विवादित विषयमा केन्द्रित हुने स्वभावका कारण द्वन्द्वले त्यो विवादलाई पूर्णरुपमा छिनोफानो गरी भविष्यमा संगठनमा उत्पन्न हुनसक्ने अप्ठ्याराहरूको निराकरण गर्दछ ।
द्वन्द्वको समस्यालाई हटाउने सुझावहरुमा द्वन्द्व व्यवस्थापनको यो दृष्टिकोणमा द्वन्द्व सिर्जनामा प्रोत्साहन गरिनन्छ । अपेक्षित तहसमम द्वन्द्व उत्पन्न भएमा कार्यगत द्वन्द्व ९ागलअतष्यलब िअयलाष्अित० लाई प्रोत्साहित गरिन्छ । यसमा व्यवहारात्मक परिणामको लागि आवश्यक रचनात्मक द्वन्द्वलाई बढावा दिइन्छ । द्वन्द्व सधैँ बेफाइदाजनक हुँदैन । कार्यसम्पादन र लक्ष्य प्राप्तिमा रचनात्मक द्वन्द्वले सघाउ पु¥याउँछ भन्ने मान्यता यो दृष्टिकोणले लिएको देखिन्छ । द्वन्द्व सिर्जना गर्नमा, दुवै रचनात्मक एवम् विनाशात्मक द्वन्द्व, सञ्चारको प्रमुख भूमिका रहन्छ । व्यवस्थापनले द्वन्द्वको तहमा वृद्धि गर्न चाहेमा अस्पष्ट वा चुनौती दिने खालका सन्देशहरूको प्रयोग गर्दछ र अपेक्षित तहसम्म द्वन्द्वलाई प्रोत्साहन दिन्छ । संगठनात्मक पुनरसंरचनाद्धारा पनि द्वन्द्वलाई आमन्त्रण गर्न सकिन्छ । विभाग शाखाहरूको संरचनामा परिवर्तन, कार्य समूहहरूका पुनरगठन, कार्य अन्तरनिर्भरता वृद्धि, यथास्थितिमा खलल पु¥याउन आकार खुम्च्याइ मार्फत संरचनात्मक परिवर्तनजस्ता कदमहरूद्धारा द्वन्द्व सिर्जना गर्न सकिन्छ । विद्यमान ऐन–नियम, कार्यविधि, नीति एवम् कार्यक्रम आदिमा परिवर्तनद्वारा पनि द्वन्द्वको स्तर बढाउन सकिन्छ । यस्तो परिवर्तनबाट कर्मचारीहरूले आफ्नो मर्यादा, कार्यशैली, हित, अहम्प्रतिष्ठामा चुनौती आएको महसुस गरी परिवर्तनको विरोधमा उत्रिन्छन् । एउटा समूहमा बाहिरबाट सदस्यहरू थप्ने जसको पृष्ठभूमि, मूल्य, मान्यता, विश्वास आदि वर्तमान समूह सदस्यहरूसँग पटक्कै मिल्दैन । यसले उनीहरूबीच असमझदारी एवम् विवाद सिर्जना गर्दछ । समूहका वर्तमान सदस्यहरूलाई सो समूहबाट बाहिर पठाउँदा पनि द्वन्द्व सिर्जना हुन्छ । समूहमा विमति राख्ने, समूहको निर्णय सजिलै स्वीकार नगर्ने, राय बझाउने व्यक्तिलाई पुरस्कृत गर्नाले पनि द्वन्द्व उत्पन्न हुन सक्दछ ।
वातावरणीय गरिवी क्रियाकलाप प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, बजार जस्ता विकासका आधारभूत पूर्वाधार खडा गर्नु पर्दछ । श्रमजीवि वर्गलाई समाजवादी संस्कृति अनुरुप विकास गर्न टे«ड युनियनलाई भरपर्दो सामाजिक आन्दोलनको रूपमा विकसित गर्नुपर्दछ र राजनीतिक दलको शासनमाथि जनताको विश्वासको अभिमत लिन आवधिक आम निर्वाचनको पक्षमा रहने वैज्ञानिक समाजवादी दलसँग हातेमालो गर्नुपर्दछ । गैर सरकारी संस्थाहरू र जनताका समुदायमा आधारित संगठनहरूलाई सक्रिय र प्रभावकारी बनाउन दातृ संस्थाहरू पूर्णतया लागेको पाइन्छ तर सरकारी समन्वयमा कमी देखिएको छ ।
सरकारले द्रूतदर गतिमा रोजगारी वृद्धि गर्ने हो भने सबैभन्दा पहिला कृषि क्षेत्रमा नै आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । कृषि क्षेत्रमा संलग्न श्रमशक्तिलाई पूर्ण रोजगार दिलाउनका लागि भूमिसुधार कार्यक्रम लागू गरिनु पर्छ । त्यस्तै हाल आकाशे खेती गर्ने ठाउ“मा एक वाली लगाई अन्य समय बेरोजगार हुने श्रमशक्तिलाई रोजगारी दिन दिगो र पूर्ण कृषि उत्पादनको बाटो अवलम्बन गरिनु पर्दछ । यसको साथसाथै विषयगत आधारमा फरक–फरक न्यूनतम वतन निर्धारण हुन सक्ने लचिलो नीति अख्तियार गरिनु पर्छ । मूलरूपमा कृषि मजदुर र औद्योगिक मजदूरको फरक–फरक वेतन निर्धारण हुन समेत व्यवस्था मिलाउनु आवश्यक हुन आउ“छ । कृषि श्रमिकको अवस्था सुधार गर्न सरकारले उदारवाद कार्यक्रम विस्तार गर्नुपर्छ । खुलापन नीतिलाई निरन्तरता दिन निजीकरणलाई व्यापक बनाउन र सरकारी नियन्त्रणलाई कम गर्न आवश्यक भएको छ । कृषि क्षेत्रमा सुधार नल्याइकन गरिबी निवारण गर्न सकिंदैन । कृषि क्षेत्रमा बिऊ मलखाद्यदेखि सिंचाई र ऋणको व्यवस्थामा पनि निजी क्षेत्रको सहभागिता बढाउ“दै जानुपर्छ । कृषि नेपालको मेरुदण्ड भएको कृषिमा आधारित उद्योग व्यवसाय विस्तार गर्नुपर्दछ । यसको साथसाथै कृषि श्रमिकबाट भू–पतिद्वारा रात दिन काम गराउने प्रवृत्तिमा रोक लगाउने र तिनीहरूको लागि काम गर्ने स्वस्थकर स्थिति उपलब्ध गराउन सरकारले आवश्यक कानून पारित गर्नुपर्छ र सामाजिक तथा आर्थिक स्थिति सुधार गर्न सामाजिक बीमाको पनि व्यवस्था गरिदिनु पर्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *