मूलः जोरिश मौरिस
अनुवादः गोविन्द गिरी प्रेरणा
उसले आफ्नी स्वास्नी लाइजलाई यो कहिल्यै बताएन, उसको अनुपस्थितिमा उनीहरूको प्यारो कुकुर मौलीलाई के भयो ? त्यो यसरी म¥यो ?
उसले सिँढीहरूमा बिछाइएका टाटहरूमा लागेको रगतको टाटो निकै नै सावधान भएर पुछपाछ पारेको थियो । वास्तवमा, अत्यन्त भारी काठको दराज डरलाग्दो आवाजसहित सिँढीमा ढलेको थियो र कुकुर त्यसैमा च्यापिएर मरेको थियो ।
स्वास्नीको व्यवहार देखेर उसलाई सधैँ लाग्थ्यो लोग्ने नाउँको अस्तित्व उसमा छँदै छैन । ऊ मलाई कमारो झैँ व्यवहार गर्छे । मैले घरबाहिर जे गरे पनि उसलाई चासो नहुने रे । यस्तो पनि हुन्छ ? फेरि ऊ आफ्नै सुरमा राती दुई बजे घर आएर पनि पानी पिउन मलाई नै उठाउँछे । यस्तो पनि कहीं हुन्छ ? जस्तो सुकै बर्षातको बेला होस् ऊ मलाई यस्ता चीजहरू किन्न बजार पठाउँछे जुन ऊसँग मौजुद हुन्छ । खाँचो परेकै हुँदैन । ऊ आफ्ना लुगा पनि मलाई नै धुन दिन्छे र मलाई तलतल लागेको बेला चुरोट खान पनि दिन्न ।
“आज बेलुकी वेन बुनसुम्स आउँदैछ, घर राम्रोसँग सफा सुग्घर गर्नु, एकदम नयाँ घर जस्तो लागोस् ।” उसले भनी ।
उसले स्वास्नीको मुहारमा मालिक्नीको रोव र चमक देख्यो । उसले भन्यो – “हुन्छ प्रिय !”
त्यत्ति नै बेला उसले चिच्याएर डाँकोले निल्दै भनी, “त्यसो भए तिमी काम किन शुरू गरिहाल्दैनौ त ?”
ऊ ठाँटसँग निश्चिन्त भएर कुर्सीमा बसी अनि ठूल ठूलो स्वरले यसो गर, उसो गर, यो गर, त्यो गर भनेर आदेश दिइरही । उसको आदेश यस्तो लाग्थ्यो, मानौं कुनै कमारोको पिठ्यूँमा कोर्रा हानिंदैछ ।
“अब सिंढी सफा गर !”
“हुन्छ ।” भनेर उसले एउटा आज्ञाकारी कमारोले झैं सिँढीहरू सफा ग¥यो, खुट्किलामा राखिएका टाटहरू सफा ग¥यो । ताँवाको रेलिङ पनि चम्कायो ।
यतिन्जेल ऊ कुर्सीमा ढसमस्स बसिरहेकी थिई । बल्ल उठी र सिँढीमा चढेर सफाइकोको निरीक्षण गरी अनि सिँढीमै बसेर अर्को थप आदेश दिई – “अब दराज सफा गर !”
“तर !” उसले प्रतिरोध गर्न चाह्यो, यति नै बेला उसको दिमागमा अस्ति घटेको घटना याद आयो मौली–कुकुर यसरी नै त सिँढी चढेर बीचमा आइपुगेथ्यो । एकाएक दराज ढलेर उसलाई रोटी तुल्याइदिएको थियो । त्यही डरलाग्दो दराज अहिले उसको हातमा घातक हतियारको रूपमा छ । …. यदि त्यस्तै घटना दोहोरियो भने ? के ऊ हत्यारा ठहरिएला त ?”
यति नै बेला फेरि स्वास्नीको कडा आवाज सुनियो, “छिटो गर, म पर्खिरहेकी छु ।”
“अब तिमीलाई धेरै पर्खिन पर्ने छैन प्रिय !” उसले बिस्तारै ओठ चलायो र न्वारनको बल निकालेर दराजलाई सिँढीतिर धकेलिदियो ।
तेस्रो बृहत् बालसाहित्य महोत्सव हुँदै
ललितपुर÷ नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका र पाटन संग्रहालयको संयुक्त आयोजना र विभिन्न संघ संस्थाहरुको सहआयोजनामा यहाँ तेस्रो बृहत् बालसाहित्य महोत्सव हुने भएको छ । माघ ११,१२ र १३ गते पाटन संग्रहालयमा उक्त महोत्सव हुने भनी समाजका अध्यक्ष विजयराज आचार्यले जानकारी गराउनु भयो ।
महोत्वसवमा बालसाहित्यसम्बन्धी कार्यपत्रहरुको प्रस्तुति, बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा सामूहिक छलफल हुने जनाइएको छ । यसैगरी बालसाहित्यका पुस्तकहरुको विमोचन, अन्तक्र्रिया र संग्रहालय प्रदर्शनीलगायतका आकर्षणहरु रहने पनि जनाइएको छ । महोत्सवमा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार–कलाकारहरुको सहभागिता रहने बताइएको छ ।
उक्त महोत्वसका अन्य आकर्षणहरुमा नृत्य, गायन, नाटक, कवितावाचन, कथावाचनलगायतका कला प्रस्तुतिका कार्यक्रमहरु पनि हुने बताइएको छ । वरिष्ठ बालसाहित्यकारहरुका रचना वाचनसमेतका कार्यक्रमहरु हुने भनी अध्यक्ष आचार्यले जानकारी गराउनु भयो ।
यसैगरी महोत्सवमा बंगलादेशबाट आउनुहुने वरिष्ठ साहित्यकार प्रा.डा. मिजानुर रहमान कल्लोलले किनोट स्पिच दिने कार्यक्रम पनि रहेको बताइएको छ । सामूहिक छलफलका विषयहरुमा ‘सामाजिक सञ्जाल र बालबालिका’, ‘स्थानीय सरकार र बालबालिका’, ‘बालसाहित्य,पाठ्यपुस्तक र पठन संस्कृति’, ‘बालसाहित्यको बदलिँदो परस्थिति’, ‘सम्पदा, संस्कृति र बालबालिका’ रहेका छन् ।
यसैगरी कार्यपत्रहरुमा डा. तीर्थबहादुर श्रेष्ठको ‘बालसाहित्यमा विज्ञान’, प्रा. भिक्टर प्रधानको ‘बालसाहित्यको अबको बाटो’, प्रा.डा. मिजानुर रहमान कल्लोलको ‘फोकलोर टु फ्युचर ः ब्लेन्डिङ बंगलादेशी कल्चर विथ साइन्स फिक्सन’, गौरी प्रधानको ‘बालसाहित्यमा बाल अधिकार’ रहेका छन् ।
रंगकर्मी तथा बालसाहित्यकार केदार श्रेष्ठले ‘बाल साहित्यसँगै बाल रंगमञ्च र बाल चलचित्र’ का विषयमा प्रस्तुति दिनुहुने बताइएको छ । यसैगरी रंगकर्मी पुष्पराज अवस्थी र कलाकार कृष्णभक्त महर्जनको संयोजनमा नाट्य तथा कला प्रस्तुति समेत रहने बताइएको छ । वरिष्ठ कलाकार प्रदीप वम्जन, रोशनसिंह क्षितिज, नरहरि प्रेमीलगायतले सांगितिक प्रस्तुति दिनु हुने पनि जनाइएको छ ।
कार्यक्रम संग्रहालयका भित्री चोक, भण्डारखाल चोक र भण्डारखाल हलमा आयोजना हुनेछन् ।
