रुषा थापा
काठमाडौंको मीनभवनस्थित सहकारी विभागमा दिनहुँ हजारदेखि पन्ध्र सय सहकारीपीडित बचतकर्ता उजुरी दिन आइपुग्छन् । उनीहरुको एउटै गुनासो हुन्छ – सहकारीले बचत फिर्ता गरेन ।
पछिल्लो समय सहकारी विभागमा मात्रै होइन, प्रहरी चौकी, नगरपालिका, गाउँपालिकामा पनि सहकारीविरुद्ध उजुरी दिनेको लर्को हुन्छ । त्यसैगरी, सहकारीपीडित बचतकर्ताहरु पनि माइतीघर मण्डलामा सहकारीविरुद्ध आन्दोलनरत छन् । अहिले बजारमा बुभ्mदा वा सहकारी विभाग, प्रहरी चौकी र नगरपालिका, गाउँपालिकामा लागेको भिड देख्दा अधिकांश सहकारी डुबिसकेको वा भागिसकेको अनुमान लगाउन सकिन्छ । मुलुकभर सञ्चालितमध्ये ९५ प्रतिशत सहकारी डुबिसकेका छन् ।
यता, सहकारीका बचतकर्ताहरु आफ्नो पाँच हजारदेखि २५ करोड रुपियाँसम्म डुबेको भनेर माइतीघर मण्डलामा रुवाबासी गरिरहेका छन् । सहकारीकै कारण कतिपयको पारिवारिक सम्बन्धमा दरार आउँदा कति लोग्नेस्वास्नीको सम्बन्ध विच्छेदसमेत भएको छ ।
मुलुकभर ३५ हजारभन्दा बढी सहकारी दर्तामा छन् । त्यसमा करोडौं बचतकर्ताको खर्र्बौ रकम डुबेको छ । अहिले सहकारी विभागमा दुई थरीका मानिसहरु आउँछन् । एक त सहकारी पीडित बचतकर्ता भए । अर्का भने सहकारीका सञ्चालक हुन् ।
उनीहरु जे जसरी भए पनि आपूmलाई सहकारीको कार्यसमितिबाट हटाउन प्रयासरत छन् । कतिपय सहकारीले अहिले पनि बचतकर्तालाई आपूm नभाग्ने दाबी गर्दै आइरहेका छन् । उता, बचतकर्ताको रकम वर्षौ दिनदेखि फिर्ता नगरे पनि बाहिरी रुपमा जति पनि रकम दिन सक्ने बताउँछन् ।
आम सर्वसाधारणले आफ्नो रकम सुरक्षित हुनुका साथै ब्याज आउने प्रलोभनमा सहकारीमा रकम जम्मा गरे तर एकाएक परिस्थिति उल्टो हुँदा सहकारीबाट सर्वसाधारणको विश्वास उडेको छ । अधिकांश सहकारीपीडित बचतकर्ता अहिले सरकार, सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीका कारण आपूm डुबेको बताउँछन् । उनीहरु सञ्चारमाध्यमले आपूmहरुलाई धेरै सहयोग गरेको बताउँछन् । उनीहरु भन्छन्, ‘हामी त हाम्रो रकम सुरक्षित छ भनेर बसेका थियौं तर सञ्चारमाध्यमले हाम्रो आँखा खोलिदिए । हाम्रो सहकारी गयौं । शुरुशुरुमा त आजभोलि भन्दै दिन्छु भनेको थियो । विश्वास पनि ग¥यौं । कति सहकारी रातरात भागे त कतिले वर्र्षौ भइसक्दा पनि बचत फिर्ता गरेनन् ।’
सहकारी विभागका महानिर्देशक नमराज घिमिरे आपूmहरुले यो समस्या समाधान गर्न नसक्ने बताउँछन् । दिनहुँ हजारौं बचतकर्ता सहकारीविरद्ध उजुरी दिन मात्रै आउने उनको भनाइ छ । यसतर्फ विभाग अहिले पनि गम्भीर देखिएको छैन । यता, विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय उजुरी लिएर नै भ्याइनभ्याइ हुने बताउँछन् । एक वर्षअघिसम्म बढीमा एकदुई सय उजुरी आउनेमा अहिले दिनमै हजारौं उजुरी आउने उनको भनाइ छ । अहिले सर्वसाधारणले सहकारीमा बचत गर्न छोडिसकेका छन् ।
बचतकर्ताहरु सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारी भेट्नेबित्तिकै कालोमोसो र जुत्ताको माला लगाउन तयार हुन्छन् । यसले गर्दा सहकारीका सञ्चालकहरु कार्यालय आउनै छोडेका छन् । यति मात्र नभई उनीहरु मोबाइलको स्विच बन्द गरेर लुकीलुकी हिंडेका छन् । सहकारीमा बचतकर्ताको खर्र्बाै रकम डुबेपछि आम सर्वसाधारणमा जनचेतना फैलाउन कार्य सरकारको थियो । विज्ञापन बोर्डले कहिल्यै पनि सहकारीमा रकम नराख्न वा भएको पनि निकाल्न सर्वसाधारण वा बचतकर्तालाई सचेत गराएन ।
यता, राज्यका निकायले गर्नुपर्ने कार्य सञ्चारमाध्यमले गरिदिएकोमा अहिले अधिकांश बचतकर्ता धन्यवाद व्यक्त गर्छन् । अहिले बचत फिर्ता नपाएको झोंकमा कति बचतकर्ताले सहकारीको टेबुलकुर्ची लिएका छन् त कतिले कम्प्युटर, फोटोकपी मेसिनलगायत सामान । सर्वसाधारणले अब सहकारीलाई विश्वास गर्ने छैनन् । सहकारीले जतिसुकै ब्याज दिन्छु भने पनि उनीहरु प्रलोभनमा फस्ने छैनन् । उल्टै सहकारीमा बचत गरेका बचतकर्ताले धमाधम रकम निकाल्नेछन् ।
बजारमा अहिले जोकोही ब्याजको लोभमा सहकारीमा रकम नराख्न सुझाव, सल्लाह दिन्छन् । जनतामा यो चेतना आउनुमा सञ्चारमाध्यमको पनि निकै महत्वपूर्ण योगदान रहेको छ । यता सरकार भने अहिले पनि मौन छ । सरकारका सम्बन्धित निकाय सहकारी विभाग, गाउँपालिका, नगरपालिका, सहकारी मन्त्रालयले गर्नुपर्ने कार्य सञ्चारमाध्यमले गरेको भन्दै सर्वसाधारण जनता खुशी व्यक्त गर्छन् । सहकारी मात्रै होइन अहिले मुलुकका नाम चलेका अधिकांश बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको सुनिन्छ । पछिल्लो समय सहकारी संघसंस्थाहरु रातारात फरार भएको देख्दा बैंकका बचतकर्ता त्रसित भएका छन् । अधिकांश बचतकर्ताले बैंकमा बचत गर्न छोडेका छन् ।
त्यस्तै, बचत निकाल्ने पनि उत्तिकै छन् । सहकारी रातारात भाग्नुको कारण एउटै थियो । त्यो हो घरजग्गा, गाडी र शेयरमा गरेको लगानी । त्यसरी नै अहिले बैंक टाट पल्टिनुको कारण पनि घरजग्गा, गाडी र शेयर नै हो । अहिले ३२ सयको शेयर सय रुपियाँमा बिक्री नहुने अवस्थामा पुगेको छ । यता, दुई वर्षअघि ६० लाख आनामा किनेको जग्गा लाख रुपियाँमा बिक्री हुन्न त २० लाखमा किनेको गाडी पाँच लाखमा बिक्दैन ।
बजारमा व्यापक मन्दी छ तर मन्दीका कारण घरजग्गा, गाडी र शेयरको मूल्यले हावा खान्छ भनेर कसैले कल्पना समेत गरेका थिएनन् । बैंक तथा वित्तीय संस्थाको ९९ प्रतिशत कर्जा लगानी यही क्षेत्रमा छ । यसले मन्दीका कारण व्यक्ति त भाग्नुपर्ने अवस्था आयो नै बैंक तथा वित्तीय पनि डुब्ने भएको छ । अहिले विज्ञहरु घरजग्गा, गाडी र शेयरको मूल्य उकालो नलाग्ने बताउँछन् । सहकारी भागेपछि वा बैंक टाट पल्टेपछि अहिले मालपोत कार्यालय र यातायात कार्यालय सुनसान देखिन्छन् ।
दुई वर्षअघि मै हुँ भन्ने वा आप्mनै भवन भएको दाबी गर्ने सहकारी अहिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा रातारात भागेका छन् । सहकारीले बाटोमा साग बेच्नेदेखि सरकारी कर्मचारी, राजनीतिक दलका नेता, घरायसी काम गर्ने, पत्रकार, व्यापारी सबैको रकम खाइदिएको छ । यसरी सहकारीले करोडौं बचतकर्ताको खर्बौ रकम डुबाइदिँदा पनि भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल चुपचाप छन् । यो मौनताले जनताले के भनेर बुभ्mने ?
मन्त्री श्रेष्ठ र प्रधानमन्त्री सहकारीका सञ्चालकसँग डराएको कि घुस खाएको ? अहिले सबैको मनमा उब्जिएको प्रश्न हो यो । सहकारीले बचत फिर्ता नगर्दा कति बचतकर्ताले आत्महत्या गरेका छन् । कति अस्पतालमा भर्ना भएका छन् । कतिको सडकमा बास भएको छ । यसरी आफ्नो रकम डुब्यो नै तर भएको पनि सबै लथालिंग भयो । अधिकांश बचतकर्ताले सहकारीले रकम फिर्ता नगरेपछि कार्यालय तोडफोड गरेका छन् । यता, आफ्नो घर तोडफोड भएपछि घरधनीहरु वर्षौ दिनको भाडा मिनाहा गरेर सहकारी सार्न भनिरहेका छन् ।
अहिले सहकारी सञ्चालन गर्ने भनेपछि कसैले घर भाडामा दिँदैन । उता, सञ्चालनमा भएमा पनि निकाल्छन् । आम सर्वसाधारणको मनमा अहिले सहकारी भनेको ठग, चोर र दलाली भनेर छाप परिसकेको छ । त्यसैले, अहिले सहकारीमा काम गर्छु भनेपछि घरधनीहरु कोठा समेत भाडामा दिँदैनन् । पहिला पहिला मेनपावर व्यवसायी, जग्गा दलाली, कन्सल्टेन्सी आदिलाई जनता ठग, चोरी र लुटेरा भन्ने गर्थे तर अहिले सहकारीलाई भन्छन् ।
अब सरकारले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका सञ्चालक र अध्यक्षलाई च्यापच्याती समात्नुपर्छ । साथै, सहकारीमा रकम नराख्नुस् भनेर जनचेतना फैलाउनुपर्छ । योसँगै सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीलाई देशबाहिर जान दिनुहुन्न ।
सरकारकै निगरानीमा राख्नुपर्छ । सरकारले अब ‘एक्सन’ लिनुपर्छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको बचत फिर्ता नगर्ने सहकारी सञ्चालकलाई समात्नुपर्छ । होइन भने नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । अहिले सहकारीपीडित बचतकर्ता गृहमन्त्री श्रेष्ठले सहकारीका सञ्चालक वा राष्ट्रिय सहकारी महासंघसँग आर्थिक लेनदेनमा आपूmहरुमाथि अन्याय गरिरहेको बताउँछन् । बचतकर्ताहरु सहकारीले बचत फिर्ता नगर्दा विद्यालयको शुल्क तिर्न नसकेर आफ्नो बालबच्चा निकालेको आँखाभरी आँसु पारेर टुलुटुलु हेर्न बाध्य छन् ।
त्यसैगैरी, उपचार गर्ने पैसा नहुँदा रोग पालेर बस्न बाध्य हुँदा सरकारको गतिविधिले उनीहरुलाई झनै रुवाउँछ । सहकारीले करोडौं बचतकर्ताको खर्बौ रकम डुबाइदिँदा पनि राजनीतिक दलका नेताहरुले केही बोलेनन् । अहिले पनि उनीहरुको मुखमा बुझो लागेको अवस्था छ । यसरी यत्रो बचतकर्ताको सहकारीले रुवाबास बनाउँदा पनि राजनीतिक दलका नेताहरु नबोलेको देख्दा सजिलै बुभ्mन सकिन्छ कि उनीहरुले नै पर्दाभित्र बसेर जनताको बिल्लीबाँठ बनाएका हुन् ।
सहकारी सञ्चालन गर्नेमध्ये अधिंकाश राजनीतिक दलकै नेता हुन् । त्यसैले, आफ्नो पर्दाफास हुने डरले गर्दा उनीहरु न आफैं नै बोल्छन् न अरुलाई बोल्न दिन्छन् । सर्वसाधारण जनताले सय रुपियाँ चोरेमा प्रहरीले उसलाई समातेर कारागारमा हाल्छ । तर सहकारीका सञ्चालक र अध्यक्षले लाखौं बचतकर्ताको २१ खर्ब रकम फिर्ता नगर्दा पनि सरकार न उनीहरुलाई समात्छ न बचतकर्ताको रकम फिर्ता गराउन पहल गर्छ । यसबाटै प्रमाणित हुन्छ ‘सानालाई ऐन, ठूलालाई चैन’ ।