चलचित्र ‘जारी’ को सय दिन पूरा

Nayabimarsha (Weekly Newspaper from Nepal)

चलचित्र ‘जारी’ प्रदर्शनीको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित उक्त चलचित्र कथाबस्तु खासै राम्रो नभए पनि यो चलचित्रले सय दिन पूरा गरेको हो । उपेन्द्र सुब्बाले निर्देशन गरेको यो चलचित्र बैशाख १ गतेदेखि प्रदर्शनीमा आएको थियो । काठमाडौँ उपत्यकामा रहेका तीन चलचित्र भवन क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनीको सय दिन पूरा गरेको निर्देशक सुब्बाले जानकारी दिए ।
चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले ‘सय दिन पूरा गर्ने चलचित्र बन्यो । अहिले चलचित्र भवनको सङ्ख्या बढेको समयमा यो सफलता बिरलै हो । पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाए’ भने ।
यसैबीच चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘जारी’ को गत असार ३१ गतेसम्म छ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएबापत् रु.१७ करोड १७ लाख ९९ हजार १८ ग्रस व्यापार भएको छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतले अभिनय गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *