गम्भीर बहादुर हाडा
आधुनिक धारणाको पक्षधर अर्थशास्त्रीहरूले राष्ट्रको उत्पादन, राष्ट्रिय आय, प्रतिव्यक्ति आम्दानी, आदिको साथसाथै आधारभूत आवश्यकता, जीवनको भौतिक गुण सूचक, मानव विकास सूचक आदि जस्ता गैर आम्दानी परिसूचकलाई समेत आर्थिक विकासको मापदण्डको रूपमा लिएको पाइन्छ ।
आर्थिक विकासको मापदण्डलाई वर्तमान समयमा सुक्ष्म अर्थशास्त्र र बृहत अर्थशास्त्र गरी दुई पक्षबाट हेर्न सकिन्छ । अर्थव्यवस्थामा शिक्षा र प्रशिक्षणको सुविधामा वृद्धि हुनु, लगानीको मात्रामा वृद्धि हुनु, मानिसहरूको उत्पादन क्षमतामा वृद्धि हुने तथा समाजमा विद्यमान मूल्य, मान्यता, रहन सहनको स्तरमा क्रमिक सुधार आउनुलाई पनि आर्थिक विकासको मापदण्ड मानिएको छ । केही अर्थशास्त्रीहरूले शिक्षा, स्वास्थ्य, खाद्यान्न, पोषण, सीप, साक्षरता, रोजगारीको अवस्था, आधारभूत आवश्यकताको उपभोग, यातायातको सुविधा, बासस्थान, मनोरञ्जन, सामाजिक सुरक्षा जस्ता विषयहरूलाई आर्थिक विकासको सूचकको रूपमा लिएका छन् ।
सन् १९७० को दशकमा आधारभूत आवश्यकताको परिपूर्तिलाई आर्थिक विकासको सूचकका रूपमा लिन थालियो । मानिसको लागि खाद्यान्न, लत्ता कपडा, आवास, शिक्षा, स्वास्थ्य, मनोरञ्जन जस्ता क्षेत्रमा सुधार भएमा आर्थिक विकास भएको महसुस हुन पुग्यो । आर्थिक विकासको क्रममा प्रतिव्यक्ति र राष्ट्रिय आयवृद्धि हुनुको साथै मानिसको आर्थिक तथा सामाजिकस्तर अभिवृद्धि हुन्छ र उसको आधारभूत आवश्यकताहरू पूरा भई जीवनस्तरमा सुधार आउँछ ।
राष्ट्रिय उत्पादन, राष्ट्रिय आम्दानी तथा प्रतिव्यक्ति आम्दानीले आम मानिसहरूको आर्थिक स्थितिमा सुधार आउन नसकेको, गरीबीको संख्या बड्दै गएको कारण मानवीय आर्थिक स्थिति सुधार ल्याउन र गरिबीको दुश्चक्र जस्तो घातक रोगसँग सामना गर्नुको लागि यस आधारभूत आवश्यकता मापदण्डलाई अगाडि सारिएको हो । यस मापदण्ड अनुसार आर्थिक विकासको मापन गर्दा जनसंख्या गरीबीको आधारभूत आवश्यकता कति पुरा हुन सकेका छन् त्यसलाई आधार बनाउने गर्दछ ।
मानवीय विकास सूचकांक प्रतिव्यक्ति वास्तविक आम्दानी र अन्य सामाजिक सूचकांकहरूको जस्तै औसत आयु, प्रौढ साक्षरता, र बच्चाहरू विद्यालय जाने वर्षको औसत प्रयोग गरी तयार गरिएको छ । मानवीय विकास सूचकांकले निरपेक्षरूपमा मानवीय विकासको मापन गर्दैन । सापेक्ष रूपमा मात्र मानवीय विकासको मापन गर्दछ । विभिन्न देशहरूको मानवीय विकासलाई श्रेणीबद्ध गर्न सकिन्छ ।
यस प्रकारको मानवीय सूचकांकको अंक शून्यदेखि एकको बीचमा रहन्छ । एक मानवीय विकासको अधिकतम अंक हो । यदि कुनै देशको मानवीय विकास सूचकांक ०.५ भन्दा कम भएमा निम्न तहको मानवीय विकास मानिन्छ भने ०.५ देखि ०.८ सम्म भएमा मध्यम तहको मानवीय विकास मानिन्छ भने ०.८ भन्दा माथि भएमा उच्च तहको मानवीय विकास मानिन्छ ।
जनसहभागिताको अवधारणा संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९७० को दशकमा खासगरीकन विकासोन्मुख देशको ग्रामीण विकासका सिलसिलामा प्रतिपादन भएको हो । सामान्यतया जनसहभागिता भन्नाले जनताले विकास निर्माण कार्यका सिलसिलामा स्व–स्वफूर्त ढंगले पु¥याएको योगदानलाई जनाउँछ । जनसहभागिता भन्नाले विचारको आदान प्रदान विकास क्रियाकलापहरूमा शारीरिक संलग्नता, जिम्मेवारीको बाँडफाँड, उपलब्धिको बाँडफाँड र प्रत्येक क्रियाकलापहरूमा सहयोगको भावनाको बीजारोपणलाई बुझिन्छ । जनसहभागिता परिचालन गर्दा चार चरणलाई असर पर्ने गरी निर्णय लिनुपर्छ ।
विकास एउटा व्यापक धारणा हो । विकास भन्नाले आर्थिक विकास मात्र नभई सामाजिक, राजनैतिक, वैज्ञानिक आदि सबै क्षेत्रको विकास भन्ने बुझिन्छ । विकासले विश्व समेतको विकासलाई अँगाल्न सकिन्छ । यो एउटा वृहत ९ःबचअय० हो । मेयर ९ःष्भच० ले विकास अर्थशास्त्रलाई विकासको लागि अर्थशास्त्र भन्ने संज्ञा दिएका छन् । विकासोन्मूख देशमा विकास अर्थशास्त्रको माध्यमबाट आर्थिक विकास सम्भव हुन्छ, किनभने विकास अर्थशास्त्र परम्परागत अर्थशास्त्र भन्दा फरक छ । यस सम्बन्धमा हिरचम्यान ९ब्।इ। ज्ष्चकअजmबल० ले भनेका छन् “विकास अर्थशास्त्र केवल परम्परागत अर्थशास्त्र विकासोन्मुख देशका अध्ययनमा प्रयोग गर्नु नभएर मुलतः विकासोन्मुख देश तथा विकास प्रकृयाको अर्थशास्त्रका रूपमा प्रयोग गरिन्छ ।” आर्थिक विकास कूल विकासको एउटा अंग हो अर्थात आर्थिक विकास समग्र विकासको एउटा सानो हिस्सा हो । आर्थिक विकासले विकासशील देशहरूको विकासलाई व्यक्त गर्दछ । अर्थात् आर्थिक विकासले विकासशील अर्थव्यवस्थाको बोध गराउँछ । विभिन्न अर्थशास्त्रीहरूको भनाई अनुसार विकसित देशको समस्या आर्थिक वृद्धि सित सम्बन्धित हुन्छ भने विकासशील देशको समस्या आर्थिक विकाससित सम्बन्धित हुन्छ । यसरी आर्थिक विकास र आर्थिक वृद्धिबीच भिन्नता देखाएका छन् । विकासको प्रमुख उद्देश्य गरीबी निवारण र आधारभूत आवश्यकता परिपूर्ति गर्नु हो भन्ने कुरा स्पष्ट पार्छ ।
साधारणतया विकास भन्नाले एउटा यस्तो अवस्थामा पुग्नु वा परिणत हुनु हो जुन पहिलेको भन्दा उन्नत र समृद्ध हुन्छ । अझै गहिरएर सोच्ने हो भने विकास भनेको त्यो हो जसले प्राकृतिक सन्तुलनमा ह्रास आउन नदिइ मानव जीवनस्तरमा सुधार ल्याउँदै मानिसको आहार व्यवहार, बसाइ तथा दृष्टिकोणमा परिवर्तन ल्याउँछ । त्यसैले विकास भनेको भौतिक विकास मात्र होइन, यो मानव समाजको बहुपक्षिय विकास हो जस्तै– आर्थिक विकास, सामाजिक विकास, राजनैतिक विकास, प्राविधिक विकास, व्यवस्थापकीय विकास, सांस्कृतिक विकास आदि । यसरी हेर्दा विकास मानवीय प्रगतिको एउटा दिशाबोध हो जुन व्यक्ति, समाज, गाउँ वा मुलुकको अवस्थामा भर पर्दछ । वर्तमान नेपालको अवस्थामा उपलब्ध स्रोत र साधनको परिचालन (सदुपयोग) गरी रोजगारी, आय, उपभोगको वृद्धि गरी शिक्षा, स्वास्थ्यको अवस्थामा सुधार ल्याई गरीबी निवारण गर्न सक्नु नै विकास हो । गरिबी निवारण हाल ग्रामीण नेपालको विकास अभियानमा प्राथमिकताको विषय हो । अब ग्रामीण क्षेत्रमा छरिएर रहेका गरीब जनसमुदायको अवस्थाबारे जानकारी राख्ने र तिनको अवस्थामा सुधार ल्याउने आवश्यक ज्ञान, सीप प्राप्त गर्ने उत्पादनशील रोजगारी प्राप्त गनर्,े आय आर्जन गर्ने, र उपलब्ध साधनको समुचित उपयोग गरी आफ्नो अवस्थामा सुधार ल्याउने अवसर प्रदान गर्ने र यस्ता बानी बसाल्ने खालका कार्यक्रम संचालन गर्नु नै विकास कार्यक्रमहरू हुन् । कृषि विकास, घरेलु उद्योग, शिक्षा तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम यसका उदाहरण हुन् ।