धुलिखेल/ नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा अभिनेता कृष्ण मल्ल पुनः निर्विरोध निर्वाचित भएका छन् । सोसाइटीको १२औं साधारण सभाबाट मल्ल अध्यक्षमा पुनः दोहोरिएका हुन् ।
सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित भएका छन् । यसैगरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ, सह–कोषाध्यक्षमा दुर्गा बिसुराल चयन भएका सोसाइटीले जनाएको छ । यस्तै, सदस्यहरुमा सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आर.पी. पन्त र सुभाष खड्का सर्वसम्मत चयन भएका छन् ।
निवार्चित भएपछि अध्यक्ष मल्लले नेपाली कलाकारिताको विकासमा आफू कटिबद्ध भइ लागिपर्ने र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन अझ बढी खटिने बताए ।
यहाँ स्थित एक रिसोर्टमा भएको साधारण सभाको धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा अभिनेत्री बसुन्धरा भुसाल, बरिष्ठ लोक गायक प्रेमराजा महत, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, लक्ष्मण न्यौपाने र अभिनेत्री करिश्मा मानन्धरको उपस्थिति थियो ।