फिनल्याण्डका मन्त्री नेपालमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवासमा भएको भेटमा दुईपीक्षय हित र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।
भेटको अवसरमा फिनल्याण्डका मन्त्री ताभियोले नेपालको जलविद्युत, फोहोरमैला व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा सहयोग बढाउन आफूहरू तयार रहेको बताएका थिए । यसैगरी प्रधानमन्त्री ओलीले फिनल्याण्डबाट नेपालको विकासमा हुँदै आएको सहयोगका लागि धन्यवाद दिएको पनि स्रोतले जानकारी दिएको छ । भेटमा नेपालका लागि फिनल्याण्डका राजदूत ऋना ऋक्का हेइक्का, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाललगायत सहभागी रहेका बताइएको छ ।
नेपाल र फिनल्याण्डको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठ पुगेको छ । सोही अवसर पारेर मन्त्री ताभियोको नेपाल भ्रमण भएको पनि जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *