काठमाडौँ/ चाहे जुनसुकै पेशा व्यवसाय गर्ने व्यक्ति हुन्, अधिकांश आफ्नो सेवानिवृत्त जीवन (रिटायर्ड लाइफ) रमाइलो गरेरै बिताउने सपना देख्ने गर्छन् । आपूmले गरिरहेको पेशाबाट अवकाश पाएपछि निजी जीवन बाँच्चे कस्को चाहना नहोला र ? केही महिनाअघि मात्रै नेपाल प्रहरीको डिएसपीबाट सेवानिवृत्त भएका गोविन्द पन्थी भने थप जिम्मेवारीको भारी काँधमा बोकेर रमाउने शुरमा छन् ।
‘साँच्चै जीन्दगीमा कर्तव्यको पालना गर्दागर्दै आपूmले चाहेको जस्तो, सोचेको जस्तो र आपूmले गर्न सक्ने अनि काम गरिसकेपछि आफूले कर्तव्यको पालना सकेँ भनेर खुसी हुनुभन्दा पनि वा मैले क्या गज्जब गरेँ भनेर गर्व गर्न सक्ने कतिपय कामहरु चाहेर पनि गर्न नसकिने कुरा सत्य हो’, पन्थी भन्छन्, ‘त्यसैले म मरो जागिरे अनुभवलाई उपयोग गर्दै मैले जागिरमा हुँदा चाहेर पनि गर्न नसकेका कामहरु गरेर रिटायर्ड लाइफमा रमाउने प्रयत्न गर्दैछु ।’
पन्थीलाई लाग्छ, ‘रिटायर्ड लाइफ भनेको कामधाम छाडेर रमाउने समय हैन । यो त आफ्नो पेशा व्यवसाय गरिरहँदाको दशकौँ समयको अनुभव र भोगाईबाट थप परिपक्क र जिम्मेवार हुँदै परिस्कृत ढंगबाट समाजप्रति उत्तरदायी हुँदै काम गर्ने अमूल्य समय हो ।’ तल्लो दर्जाको प्रहरी कर्मचारी हुँदै डिएसपी बनेर काम गर्दासम्म पन्थीसँग प्रहरीमा ३० बर्ष काम गर्दाको अनुभव ताजै रहेको उनी बताउँछन् । त्यसो त प्रहरी आफैंमा न्याय सम्पादनका निम्ती कानूनको पालना गर्दै काम गर्ने महत्वपूर्ण संस्था हो ।
पन्थीले न्याय दिँदा आफ स्वयंले अन्याय भोगेका दृष्टान्तहरु पनि बिर्सिएका छैनन् । अनि, न्याय खोज्न जाँदा सत्ता, शक्तिको दुरुपयोगकै कारण पीडित थप पीडामा परेको पनि नदेखेका हैनन् । त्यसैले पन्थीलाई अझै पनि लाग्छ, ‘यो देशमा बोल्नेको पिठो बिक्न सक्छ, नबोल्नेको चामल पनि बिक्दैन । हाम्रो सामाजिक परिवेश अनुसार सामान्य नागरिकलाई न्याय पाउन सोचेजस्तो सहज छैन ।’
प्रहरीमा रहेर काम गर्दागर्दै चाहेर पनि पीडितलाई सहयोग गर्न नसक्दा पन्थीलाई कहिलेकाहीँ दुःख पनि लाग्थ्यो । उनले सकेसम्म गरिब, दुःखी, असहाय र अन्यायमा परेका पीडितहरुलाई हरसम्भवः न्याय दिलाउन सहयोग गर्थे । ‘चेन अप कमाण्ड’ ले उनलाई चाहे जति सहयोग गर्न दिँदैनथ्यो । न बोल्न मिल्थ्यो न खुलेरै सहयोग गर्न !
यी यस्ता घटनाहरुको सामना पनि उनले अवकाशप्राप्त गर्ने बित्तिकै यस्ता मानिसहरुका निम्ती केही गर्ने मनमनै आफंैसँग प्रतिबद्धता गरेका थिए । अवकाशप्राप्त गरेको भोलिपल्टैबाट उनले उक्त प्रतिबद्धता पूरा गर्न आन्तरिक तयारी थाले । समाजशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका उनले अन्ततः आपूmसँग गरेको वाचा पूरा गर्ने जग बसालिसकेका छन् । हालसालै उनले आफ्नो नेतृत्वमा ‘सरोकार केन्द्र’ नामक संस्था दर्ता गरेका छन् ।
उनी भन्छन्, ‘समयसँगै समाजमा हुने आपराधिक घटनाहरु नयाँ रुपमा बढ्दैछन् । हरेक मानिसहरु न्यायको पहुँचमा पुग्न सकेका छैनन् । पुगे पनि समयमै र कानूनतः न्याय पाउन सकेका छैनन् । अन्यायमा परेका मानिसहरु जस्को सहयोगका लागि कोही हुने छैन, उसका लागि सरोकार केन्द्र हुनेछ ।’
प्रहरीमा छँदा पनि दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान (अवार्ड) पाएका उनी इमान्दार, कर्तव्यनिष्ठ र योग्य प्रहरी अधिकृतका रुपमा परिचित थिए । संगठनमा रहँदा आफ्नो क्षमता अनुसार चाहे जति काम भने उनले गर्न पाएका थिएनन् । अब भने कसैको आदेश बिना नै उनी आफ्नो क्षमताले समाजका निम्ती महत्वपूर्ण योगदान पु¥याउन कस्सिएका छन् ।
उनका अनुसार सरोकार केन्द्रले मुख्यतः मानव बेचबिखन तथा ओसारपसार, बैदेशिक ठगी, सामाजिक संजालबाट हुने अपराध र भ्रष्टाचार न्यूनीकरणका निम्ती काम गर्नेछ । अन्यायमा परेका असहाय र उत्पीडित वर्गका न्यायको निम्ती निःशुल्क बहस, पैरवी पनि संस्थाले गर्नेछ । सम्भावित आपराधिक घटना न्यूनीकरण तथा न्यायको समान पहुँच पु¥याउनका लागि विभिन्न कार्यक्रममार्फत जनचेताना फैलाउन आवश्यक रहेको भन्दै यसतर्फ पनि केन्द्रित हुने पन्थीको लक्ष्य छ ।
‘यो संस्था मेरो नेतृत्वमा हुनेछ । यो मेरो मात्रै नभएर तमाम न्यायप्रेमी नेपालीको हो । यसको प्रबद्र्धन, विकासमा साथ दिँदै समाजका निम्ती स्वतस्फुर्त ढंगबाट योगदान पु¥याउन चाहने देश तथा विदेशमा रहनु भएका हरेक नेपाली यस अभियानमा जोडिनु हुनेछ भन्ने मलाई विश्वास छ’, पन्थीले भने ।
समाजसेवाका नाममा देशमा थुप्रै संघसंस्था खोलेर कतिपयले कमाउधन्दा चलाई रहेको भन्दै त्यस्तो प्रवृत्तिलाई निरुत्साहित बनाउनुपर्ने पन्थीको सुझाव छ ।
प्रहरीका पन्थी अब समाजसेवामा
Facebook Comments Box