काठमाडौं/ अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा भारतको झारखण्डस्थित देवघरमा सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धनको उद्देश्यले आयोजित यस सम्मेलनमा नेपालको तर्फबाट सामाजिक कार्यमा अतुलनीय योगदान पु¥याएबापत् डा.राजीव झालाई ‘मिथिला रत्न’ सम्मान प्रदान गरिएको जनाइएको छ ।
क्लोथ बैंक नेपाल र खुला सिमा संवाद समूहका अध्यक्ष झालाई यो सम्मान मिथिलाञ्चलको सामाजिक सेवा र मानवताका क्षेत्रमा पु¥याएको योगदानका लागि प्रदान गरिएको बताइएको छ । सम्मान समारोहमा विद्यापति सेवा संस्थानका अध्यक्ष डा. वैद्यनाथ चौधरी, बैजु बाबुले राजीव झाको अथक प्रयास र समर्पणको प्रशंसा गर्दै उनको समाजसेवाले स्थानीय क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको बताए । विशेषगरी गरीबी निवारण, कोभिड महामारीको समयमा निःशुल्क औषधि, अक्सिजन सिलिन्डर, अक्सिजन कन्स्ट्रक्सन उपलब्ध गराउनु, चिकित्सकहरूको टोलीमार्फत निःशुल्क सेवा पु¥याउनु, सीमावर्ती क्षेत्रका समस्याहरू समाधान गर्ने पहल र नेपाल–भारतको खुला सिमानाका पक्षमा उनले पु¥याएको योगदानलाई उल्लेखनीय मानिएको छ ।
कार्यक्रममा वैद्यनाथधामका सरदार पंडा वैद्यनाथ पंडा, धर्म रक्षणी महासभाका महासचिव, झारखण्ड सरकारका पूर्वमन्त्री राज पलिवार, बेनिपुर विधानसभाका विधायक विनयकुमार चौधरीको उपस्थिति रहेको थियो । सिएम साइन्स कलेज दरभंगाको प्रिन्सपल दिलिप चौधरी, प्रख्यात साहित्यकार चन्द्रमोहन झा (परवा), प्राध्यापक चन्द्रशेखर झा (बुरहा भाइ) तथा अन्य प्रवुद्ध व्यक्ति, पत्रकार, सरकारी अधिकारी र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको बताइएको छ ।
सम्मानित झाले आगामी दिनमा अझ प्रभावकारी रूपमा समाजसेवामा समर्पित हुने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
अध्यक्ष डा.झालाई ‘मिथिला रत्न’
Facebook Comments Box