— गम्भीर बहादुर हाडा
अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र
भक्तपुर बहुमुखी क्याम्पस(अवकासप्राप्त)
इतिहासलाई केलाएर हेर्ने हो भने आजभन्दा करीव ४, ५ अर्ब वर्ष पहिले अस्तित्वमा आई डेढ अर्ब वर्ष पहिलेसम्म पनि तातो बाफको डल्लाको रूपमा रहनाले करिब ३ अर्ब वर्षको लामो अवधिसम्म अन्य खगोलीय पिण्डहरू सरह पृथ्वीमा पनि कुनै जीवजन्तुको अस्तित्व थिएन । सूर्यदेखिको उपयुक्त दुरी अक्षको ६६–५ को झुकाव जस्ता विशिष्ट स्थितिहरूको फलस्वरुप विस्तारै सेलाउँदै गएर वायु मण्डल र जल मण्डलको रचना भई पृथ्वीमा वातावरणको श्रृजना भएपछि सर्वप्रथम एमिनो एसिड जस्तै जैविक रसायनको संयोजनबाट महासागरहरूमा एक कोषीय जलचर प्राणीहरूको उत्पत्ति भयो ।
समयको प्रवाहसँंगै वातावरणमा परिवर्तनहरू हुँदै जाँदा पृथ्वीमा बहुकोषीय प्राणीहरूको अविर्भाव हँुदै गयो । वातावरण परिवर्तनको लामो अन्तरालमा कयौ नयाँ–नयाँ जीवहरू देखा पर्दै गए भने कयौ पुराना जीवनहरू लोप हुँदै गए । एकताका भीमकाय शरीर लिई पृथ्वीमा विचरण गर्ने डाइनासोरहरूको लोप र मानवको उद्भवले यही तथ्यलाई उजागर गर्दछन् ।
पृथ्वीको चार भागमा तीन भाग पानी र एक भाग मात्र जमीनले ढाकेको छ । पृथ्वीमा करिव १५० करोड घन किलोमिटर भन्दा बढी पानी छ । जसमध्ये करिव तीन प्रतिशत मात्र हाम्रो जीवनका लागि उपयुक्त शुद्ध पानी छ । यसमा पनि लगभग ७५ प्रतिशत जति पानी पृथ्वीको धु्रवीय क्षेत्रमा हिउँको रूपमा जम्मा भएर रहेको हुन्छ । पानीको बाँकी अंशमध्ये कुल ताल र भूमिगत रूपमा रहेको पानीलाई कटाउँदा शुद्ध पानी ०.०२७० प्रतिशत मात्र उपयोगमा आउँछ ।
वायुमण्डलमा विभिन्न ग्याँसका साथै पानीका कणहरू हुन्छन् । पृथ्वीको सतहदेखि करिव ५० किलोमिटर माथिसम्मको हावामा लगभग ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन र बाँकी १ प्रतिशत कार्बन डाईअक्साइड, नियान, हिलियम आदि ग्यास हुन्छन् । पृथ्वीमा वातावरणको सृजना भएपछि सर्वप्रथम एमिनो एसिड जस्तै जैविक रसायनको संयोजनबाट महासागरहरुमा एक कोषीय जलचर प्राणीहरुको उत्पत्ति भयो । समयको प्रवाहसँंगै वातावरणमा परिवर्तनहरू हुदै जाँदा पृथ्वीमा बहु कोषीय प्राणीहरूको अविर्भाव हुँदै गयो । वातावरण परिवर्तनको लामो अन्तरालमा कयौ नयाँ नयाँ जीवहरू देखा पर्दै गए भने कयौ पुराना जीवहरू लोप हुदै गए ।
अनेक जन्तुबाट मानिसको रुप लिन करीब ५ करोड वर्ष लागेको र मानिस सृष्टिको धेरै पछि अर्थात् दश लाख वर्ष अघि मात्र देखिएको वैज्ञानिक अनुमान छ । मानव उत्पत्ति एशिया तथा अफ्रिकामा भएको अनुमान छ । आदि मानव दक्षिण एशियाको शिवालिक क्षेत्रमा भएको कुरा त्यहाँ प्राप्त जीवाशेषले पुष्टि गर्दछ । प्राकृतिक पर्यावरण जहाँ जस्तो छ, मानिसको चिन्तनधारा, जीवनशैली तथा सामाजिक वातावरण त्यही अनुरुप नै हुने गर्दछ । यहाँसम्म कि मानिसको शारीरिक गठन, रंग रोगन, रहनसहन, खानपान, कला, संस्कृति यही प्राकृतिक पर्यावरण माथि नै निर्भर गर्दछ ।
वातावरण अजैविक तत्वहरू जस्तै भौगोलिक अवस्थिति, वनावट हावापानी, माटो आकाश र जैविक तत्वहरू जस्तै सम्पूर्ण प्राणी जगतकै समग्र रुप हो । यी दुवै तत्वहरू बीचको सन्तुलनले एउटा स्वास्थ्य र सन्तुलित वातावरणको निर्माण गर्दछ । यी दुवै बीच असन्तुलन हुन जाँदा वातावरण बिग्रने गर्दछ ।
जहाँसम्म ब्रम्हाण्डको सवाल छ, पृथ्वी नजिकको ब्रम्हाण्ड जसबारे मानवले जानकारी राखिरहेको छ र जानकारी बढाइरहेको छ यो ब्रम्हाण्ड पनि तीब्र गतिबाट गुज्रिरहेको कुरा वैज्ञानिक तथ्यहरूले जनाएका छन् । हाम्रो सौर्य परिवार र यस नजिकको ब्रम्हाण्ड भनिन्छ आज भन्दा २ खर्व वर्ष अगाडि आजको रुप र स्थानमा थिएन । सूर्यको उत्पत्ति आजभन्दा करीव चार अर्ब साठी करोड वर्ष अघि भएको थियो भन्ने वैज्ञानिकहरूको अनुमान रहेको छ । यसैगरी सूर्यको ताप ऊर्जा फाल्ने आयु जम्मा दश अर्ब वर्षसम्म मात्र बलिरहने वैज्ञानिकहरूको अनुमान रहेको छ ।
पृथ्वीमा जीवको उत्पत्तिको सन्दर्भलाई वैज्ञानिक दृष्टिकोणबाट हेर्दा करिव साढे चार अर्बदेखि साढे तीन अर्ब वर्ष पूर्व प्रिकेम्बियन कालमा सम्भवतः पहिलो पटक पृथ्वीमा व्याक्टेरियाहरू जस्ता सरल एक कोषीय जीवहरूको उत्पत्ति भएको थियो । जटिलतम प्रक्रियाबाट जीवहरूको विकास हुने क्रममा पलियोज्वाइक ९एबबिभयवयष्अ० युगमा करिब ४१ करोड वर्ष अगाडि माछाहरूको उत्पत्ति भएको थियो । यसैगरी नवजीव कल्पको मियोसिन युगमा आजभन्दा करीव २ करोड चालीस लाख वर्ष अगाडि आएर ढेडुबाँदरहरूको उत्पत्ति भएको थियो ।
यही वंशबाट विकास क्रममा आजभन्दा करीव २५ लाख वर्ष अगाडि स्लिस्टोसिन युगमा आधुनिक मानवको उत्पत्ति भएको थियो भने मानिसले आज भन्दा करीब १० हजार वर्ष अगाडि होलोसिन युगमा आएर खेतीपातीको शुरुआत गरेको थियो ।
मानव जातिको उत्पत्ति पूर्व पृथ्वीको वातावरणमा आफ्नै प्राकृतिक कारणहरूबाट स्वचालित ढंगले स्वाभाविक परिवर्तन हुँदै आइरहेकोमा मानिसको उत्पत्तिपछि मानिसका अनेकन क्रियाकलापहरूको फलस्वरुप पृथ्वीको वातावरणमा बलात् रूपमा अस्वाभाविक परिवर्तनहरू हँुदै आइरहेका छन् । आजभन्दा २० लाख वर्ष पहिले अस्तित्वमा आएर करिब २० हजार वर्ष अगाडिसम्म पनि जंगली अवस्था मै रहेको मानिसले जति जति सभ्यताको सिँढीहरू उक्लदै गयो उति उति उसको प्रकृतिलाई कोपभाजना गर्ने लिप्सा तिरन्तर झाँगिदै जाँदो छ । जंगली युगमा उसको लिप्सा जंगली जनावर फलपूmल लुट्नु मै सीमित थियो भने कृषि युगमा आएर त्यो लिप्सा वन विनासको परिधिसम्म विस्तृत हुन गयो । सभ्यताको सगरमाथामा आजको आधुनिक समयको मानिसको प्रकृति भोजनको लिप्सा जल, स्थल र वायु प्रदूषणको विशाल दायरासम्म फैलिन पुगेको छ ।
मानव र पर्यावरण एक अर्काका परिपूरक हुन् । पर्यावरण बिना मानवको जीवन सम्भव छैन । तसर्थ यी दुवैबीच गहिरो सम्बन्ध स्थापित भएको छ । यस पृथ्वीमा मानव नै सर्वश्रेष्ठ प्राणी हो जसले प्रकृति प्रदत्त सम्पूर्ण साधनहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । आफूलाई अनुकूल हुने किसिमले ती साधनहरूको उपयोग गरिरहेको छ । अतः मानव र वातावरणबीच हुने अन्तरक्रिया एक स्वाभाविक प्रकृया हो । मानवलाई श्वास प्रश्वास क्रिया गर्नको लागि अक्सीजन तथा स्वच्छ हावा चाहिन्छ । यसको आपूर्ति बिरुवा वा वनस्पतिले गर्दछ । मानव तथा जन्तु, पशुपंछीलाई चाहिने खाद्यान्नको आपूर्ति पनि बोट विरुवाले गर्ने गर्दछन् ।
मानव र वनस्पतिबीच पनि कार्बन डाइअक्साइड तथा अक्सीजनको आपूर्ति वातावरणबाट नै हुन्छ । तसर्थ यस पृथ्वीमा भएका हरेक क्रियाकलापहरू एक आपसमा निर्भर रहेका हुन्छन् किनभने एक जीव तथा प्राणीले अर्कोलाई खाद्यान्न आपूर्ति गराइरहेका हुन्छन् । यसले पारिस्थितिक सन्तुलनमा मद्दत पु¥याइरहेको हुन्छ । कुनै एक जीव वा प्राणीको अनुपस्थिति वा मृत्यु भएमा त्यसको प्रत्यक्ष असर अर्को जीव वा प्राणीमा पर्न जान्छ । यसले गर्दा जीवन चक्रमा बाधा हुन जान्छ । मानिसलाई जन्मेदेखि नै प्रकृति वा वातावरणले प्रभाव पारेको हुन्छ भने मानवीय क्रियाकलापले पनि प्रकृति अर्थात वातावरणलाई प्रभाव पार्ने गर्दछ । अतः मानव र प्रकृतिबीच हुने अन्तरक्रिया स्वाभाविक प्रकृया हो ।
प्रकृतिको जीवनदायी प्रवाह अविच्छिन्न हुन्छ । प्रकृतिले भरसक मानवीय आवश्यकताहरू पूर्ति गर्ने क्षमता राखेको हुन्छ । यसैलाई प्रकृतिको भारवहन क्षमता भनिन्छ । अधिक वा अनुचित रूपमा प्राकृतिक स्रोत साधनको उपयोगले मात्र प्रकृतिभित्र असन्तुलन पैदा हुने गर्दछ । पृथ्वीको प्राकृतिक वातावरण स्वच्छ र जीवनदायी हुन्छ । यो प्राकृतिक रूपमा सन्तुलित स्वच्छ र जीवनदायीताका लागि उत्प्रेरित हुन्छ ।
जब मानवसिर्जित क्रियाकलापले प्रकृतिको सन्तुलनलाई दबाब सिर्जना र क्रियाकलापले प्रकृतिको सन्तुलनलाई दबाब सिर्जना गर्दछ, तव वातावरण प्रभावित हुन्छ । प्रकृतिमा भरसक सामान्य असन्तुलनलाई सन्तुलित गर्ने क्षमता हुन्छ, तर प्रकृतिको प्राकृतिक क्षमता वा नियमहरूलाई बेवास्ता गरी त्यसमाथि असर पु¥याउने किसिमले अधिक तथा अनुचित उपयोगले वातावरणलाई प्रभावित गर्दछ ।
वातावरणमा प्रभाव पार्नु भनेको प्रकृतिको प्राकृतिक सन्तुलनमा गडबडी आउनु वा असन्तुलित हुनु हो । मानिसले प्रकृति वा वातावरणलाई आफ्ना विविध आवश्यकताहरू परिपूर्तिको लागि अनुकूल पार्दछ र त्यसमा परिष्कृत गर्दछ । यो अन्तरक्रिया क्रमिक रुपले भइरहने छ । वातावरण एकै किसिमको सधै रहि रहँदैन । यस पृथ्वीमा भएका हरेक बस्तुहरू परिवर्तनशील छन् ।
मानव र वातावरणलाई एउटै सिक्काका दुई पाटाको रूपमा तुलना गरेको पाइन्छ । मानिस एउटा वातावरणको जीव हो । उपयुक्त वातावरणको अभावमा मानव जाति अस्तित्वमा नै आउन सक्दैन भने मानिस नभएमा वातावरणको कुनै अर्थ हुँदैन । अतः मानव र वातावरण एक अर्कासँग घनिष्टरूपमा सम्बन्धित रहेका हुन्छन् । वातावरण एउटा विकास प्रकृयाको अभिन्न अंग मानिन्छ र यो मानव आवश्यकता र आकांक्षाबाट सुरक्षित रहन सक्दैन । हावा, पानी, माटो, जलवायु आदि वातावरणका स्रोतहरू मानिन्छन्, जुन प्रत्येक जीव जीवात्माहरूको लागि आधारभूत आवश्यकताका बस्तुहरु हुन् ।
प्राकृतिक वातावरणका स्रोतहरूलाई नै उपयोग गरेर मानिसले आफ्नो जीवनलीला सञ्चालन गरिराखेको हुन्छ । मानवका अति आधारभूत बस्तुहरू जस्तै खाद्यान्न लत्ताकपडा, आवास आदि वातावरणीय स्रोतहरूलाई नै प्रयोग गरेर प्राप्त गर्न सकिन्छ ।
वर्तमान समयमा प्राकृतिक स्रोतहरू माथि अत्यधिक शोषण, जल तथा वायुमण्डलमा पु¥याउने गरेको प्रदूषण लगायतका पक्षहरूमा मानव जातिको बढ्दो जनसंख्या र उसको उपभोगका लागि खर्चिएको प्राकृतिक स्रोतहरू माथिका अत्यधिक शोषण नै जिम्मेवार देखिन्छन् । आज पृथ्वीमा जमीन र स्रोत सीमित छन् तर मानव जनसंख्या तीव्र गतिमा नै बढेको छ । यसलाई नियन्त्रण गर्न सकिएन भने वर्तमानमा विश्व मानव समुदायबाट समस्याको रूपमा औल्याउन थालिएका जल, स्थल, तथा वायु प्रदुषणका पक्ष अन्तर्गत रहेका उत्पादनमा कमी, मरुभूमिकरणमा वृद्धि हुन्छ ।
यसको साथसाथै बाढी, पहिरो, प्रदूषण जस्ता पक्षको वर्तमान अवस्थामा अझैं वृद्धि आई मानव जनसंख्या स्वयं मानव जातिका लागि संहार गर्न सक्ने माध्यम बन्न बेर नलाग्ने स्थिति देखिन आएको छ । अतः मानिसले आफ्नो अस्तित्व जोगाउन अरु प्राणी तथा वनस्पतिको समेत अस्तित्व जोगाउने भर मग्दुर प्रयास गरिनु आवश्यक छ । मानिस र वातावरणको बीचमा अत्यन्तै गहिरो सम्बन्ध रहेको पाइन्छ ।
वातावरणले मानिसलाई अनेक सौभाग्य प्रदान गर्दछ । प्राकृतिक वातावरणले मनुष्यको जीवनमा निकै असर पर्न सक्छ, तर मनुष्यको आर्थिक एवं सामाजिक जीवनको स्वरुप नै निर्धारण गर्न सक्छ भन्न सकिँदैन । मनुष्य एक त्यस्तो विकसित एवं प्रबुद्ध प्राणी हो, सृष्टिमा अरु प्राणीहरू त्यस्ता छैनन् । त्यसैले आफ्नो बुद्धि विवेक अनुसार प्राकृतिक वातावरणको प्रयोग गरी आफ्नो सभ्यताको क्रम अनुसार लाभ उठाउन मानिस सदैव पछि परेको देखिन्न । पृथ्वीका कतिपय प्रारम्भिक अवस्थाका समाजका प्राणीहरूमा प्राकृतिक वातावरणका प्रत्यक्ष प्रभाव अपेक्षाकृत रूपमा बढी देखिएता पनि अलि प्रगतिशील समाजका प्राणी मनुष्य उपर वातावरणको प्रभाव अन्य प्राणीहरूमा झैं पूर्ण नियन्त्रण गर्न सकेको छैन ।
वातावरणलाई आफ्नो सेवामा प्रयोग गर्न सक्ने मानव अनुकूल वातावरणको सुविधाको आधारमा धेरै मात्रामा प्रशंसनीय कार्यहरू गर्न सक्छ । प्रतिकूल वातावरणलाई अनुकूल बनाउन सफल प्रयास गरिरहन्छ तर मनुष्यले उक्त वातावरणबाट प्राप्त सेवाहरू आफ्नो सुविधाको लागि प्रयोग गर्न वा नगर्न सक्छ । वातावरणलाई आफ्नो सेवामा अनुकूल बनाउनमा मनुष्यमा नीहित ज्ञान, बुद्धि, संस्कृति र त्यस स्थानको सामाजिक आर्थिक स्वरुपले निकै प्रभाव पार्दछ ।
मानिस र वातावरणको सम्बन्धमा दुई थरीका विचारधारा उब्जेको पाइन्छ —जर्मन विचारधारा र फ्रान्सिसी विचारधारा । जर्मन विचारधारा नियतिवादमा र फ्रान्सिसी विचारधारा सम्भववादमा ढल्केको पाइन्छ । मानिसको रुपसंँग, कृयाकलाप, जीवन–प्रणाली, रहनसहन आदि सबै भौतिक वातावरणले निर्धारण गर्दछ भन्ने विचारधारा नियतिवादमा व्यक्त भएको पाइन्छ । यसरी नियतिवाद अनुरुप मानव जीवनको सबै पक्ष वातावरणले गराएको भन्ने कुरो झल्कन्छ । अर्थात् वातावरणमा मानिसको भूमिका कमजोर र मानिसमा वातावरणको प्रभाव बढी प्रबल भएको पाइन्छ ।
यस नियतिवाद सिद्धान्तका प्रमुख समर्थकहरूमा कान्ट, भोन हम्बोल्ट, कार्ल रिट्टर, फ्रिड्रिक राटजेल, कुमारी सेम्पुल आदि हुन् । दोस्रो थरीको विचारधारा फ्रान्सिसी विचारधारा हो । यसलाई सम्भववाद पनि भन्दछन् । यस अनुसार वातावरणले मानव जीवनमा जति प्रभाव पार्दछ, त्यसभन्दा पनि बढी मात्रामा मानिसले भौतिक वातावरणमा हेरफेर ल्याई साँस्कृतिक वातावरणको सृजना गर्न सक्तछ । यस सम्भववाद विचारधाराको जन्मदाता फ्रान्सको मानव भूगोल शास्त्री भिडाल, डीला, ल्बेश हुनुहुन्छ । उनी भन्छन् कि वातावरण परिवर्तनशील छ र त्यसको प्रमुख कारण मानव कृयाकलाप हो ।
मानिस क्रियाशील प्राणी हो । उसले आफ्नो बुद्धि, विवेक तथा परिश्रमद्वारा वातावरणमा अनेकौं संशोधन ल्याई आफ्नो आवश्यकताको पूर्ति गर्नुको साथै जीवनलाई सुखी पार्दछ । पर्वत श्रेणीलाई काटेर सडक बनाउनु, सुख्खा क्षेत्रमा नहर ल्याएर पानी पटाउनु आदि विभिन्न क्रियाद्वारा मौजूद भौगोलिक वातावरणमा परिवर्तन ल्याउनमा मानिस अत्यन्त शक्तिशाली तत्व सावित भएको छ । यस सम्भववाद विचारधाराका प्रमुख समर्थकहरूमा (श्री ल्बेशलाई छोडेर) जीन ब्रुन्स, अल्बर्ट डेमाञ्जियन, ईसा बोमैन आदि उल्लेखनीय छन् ।
माथि प्रस्तुत नियतिवाद र सम्भववाद शीर्ष दुई विचारधाराको बीचमा एउटा नवीन विचारधारा निस्केको छ । यसलाई नवीन निर्यातवाद वा आधुनिक निर्यातवाद भनिन्छ । यसमा नियतिवाद विचारधारालाई अलि नरम वा हलुका पारिएको छ । अर्थात् भौतिक वातावरणले मनुष्य जीवनमा नियन्त्रण वा निर्धारण गर्दैन, केवल प्रभाव पार्दछ ।
मानिसको प्रगति कार्यमा प्रकृतिले बाधा उपस्थित गरिदिन्छ भने मानिसले त्यसलाई हटाएर फेरि प्रगतिमा लागि हाल्छ । यस विचारधारा अनुसार प्रकृति केवल ट्राफिक नियन्त्रक जस्तो भएर गतिलाई कम पार्छ । सवारी चालकलाई गन्तव्य स्थानमा पुग्नबाट रोक्न सक्दैन । यस नवीन विचारधाराका महान् समर्थकहरूमध्ये ग्रिफिथ टेलर, एल्स्वोर्थ हटिङ्गटन, ए.जे.हरबर्टसन आदि हुनुहुन्छ ।
मानिस र वातावरणबीच घनिष्ट सम्बन्ध छ । वातावरणका तत्वहरूले मनुष्य जीवनमा प्रभाव पार्दछन् भने मानिसका कार्यकलापले पनि वातावरणमा त्यतिकै प्रभाव पार्दछ । तसर्थ यी दुईमा एकले अर्कालाई प्रभाव पार्ने कुरा स्वाभाविक हो । मानिस जन्मेदेंखि उसको जीवनमा वातावरणले कुनै न कुनै प्रकारले प्रभाव पारेको हुन्छ । उसको कामकाज, रहनसहन, रीतिरिवाज, आदि जीवनका विभिन्न पक्षमा वातावरणले प्रभाव पारेको हुन्छ । यस कुरालाई केही उदाहरणद्वारा प्रस्ट्याउन सकिन्छ ।
गाउँघरमा बस्ने मानिसको रहनसहन र शहरमा बस्ने मानिसको रहनसहन फरक प्रकारको हुन्छ । गाउँ र शहरको वातावरण फरक फरक हुन्छ । घाँसको फाँट भएका ठाउँमा बस्ने मानिसहरू पशुपालन गर्छन् समुद्रनजिकै बस्ने मानिसहरू माछा मार्ने काम गर्छन् । जङ्गल नजिकै बस्ने मानिसहरू रुख ढाल्ने र काठ ओसार्ने काम गर्छन् । तिनीहरूका वासस्थान पनि धेरैजसो काठबाट बनेको हुन्छ । गरम ठाउँमा बस्ने मानिसहरू दिनको तीन–चार पटक नुहाउँछन्, पातलो र कम लुगा लाउने गर्दछन् । ठन्डा ठाउँमा बस्नेहरू कम नुहाउँछन् र बाक्लो लुगा लगाउँछन् । गरम ठाउँमा बस्ने मानिसहरूको वर्ण कालो र ठन्डा ठाउँमा बस्नेहरूको वर्ण गोरो हुन्छ ।
समथर जमिन, मलिलो माटो, गरम हावापानी र धेरै पानी पर्ने ठाउँमा धानको खेती गरिन्छ भने पहाडी भू–भागमा चियाखेती हुँदैन । यी सबै वातावरणको प्रभावको कारणले गर्दा भएका हुन् ।
मानव र वातावरणबीचको अन्तर्सम्बन्ध
Facebook Comments Box