पूर्वी क्षेत्रमा प्राथमिक उपचार तालिम

Nayabimarsha (Weekly Newspaper from Nepal)
पिएमणि भट्टराई

इटहरी/ योगदान राष्ट्रको लागिका केन्द्रीय अध्यक्ष ओमप्रसाद उप्रेतीले यो संस्था नेपालमा प्राथमिक उपचार सम्बन्धी तालिम दिई देशमा आइपर्ने दैवी प्रकोप, महामारी, दुर्घटना तथा आपतकालीन अवस्थाका लागी घरघरमा जनशक्ति उत्पादन गरी स्वयम्सेवकको भावनाले समाजमा योग्दान दिने संस्थाको उद्देश्य रहेको बताएका छन् ।
उनी सहित पूर्वी क्षेत्रको भ्रमणको क्रममा केन्द्रीय पदाधिकारीको सहितको टोलीले सुन्दर हरैचा, इटहरी र धरानमा हालै प्रशिक्षण तथा सचेतना कार्यक्रममा प्राथमिक उपचारको महत्व र आवश्यकताबारे बताएका थिए । योगदान राष्ट्रिको लागि इटहरी उपमहानगरमा डाक्टर खगेन्द्र ओलीको अध्यक्षतामा समिति गठन भएको केन्द्रय वैकल्पिक सदस्य पुष्प ढुङ्गानाले जानकारी दिए । इटहरी र धरानमा भएको प्राथमिक तालिममा बेहोस हुने, छारे रोग, घाँटीमा अड्केमा, सर्पको टोकाई, विष सेवन गरेमा, पानीमा डुबेको लगायतबाट कसरी बच्न सकिन्छ भन्नमा प्राथमिक उपचार सम्बन्धी तालिम दिएको थियो ।
उप्रेतीले जुनसुकै प्रकारको रोगको उपचार प्राथमिक तहको उपचारबाट नै शुरु हुने हँुदा विरामीलाई दुर्घटना र विपत्तिबाट जोगाउन प्राथमिक उपचार सम्बन्धी तालिम सबैले लिनुपर्ने सल्लाह दिएका छन् । उपे्रती सहितको टोलीले झापा मोरङ्ग सुनसरीमा प्राथमिक उपचार तालिम दिई मधेश प्रदेशको राजधानी जनकपुरमा तालिम सञ्चालन गर्ने कोषाध्यक्ष दीर्घराज भट्टराईले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *