काठमाडौं/ विजय बराल नयाँ चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ मा मुख्य भूमिकामा फर्किँदै छन् । यो चलचित्र आज भदौ ६ गतेदेखि देशव्यापी प्रदर्शनीको यात्रामा रहने भएको हो ।
निर्देशक हिमाल न्यौपानेका अनुसार, चलचित्र गाउँको परिवेशमा बुनेको पारिवारिक र इमोशनल कथा हो । गरिबी, सम्बन्ध र पारिवारिक उतारचढावका विषयलाई समेटेको यो कथा नेपाली दर्शकको मनमा छिर्ने विश्वास व्यक्त गरिएको छ । चलचित्रमा असोसिएट निर्देशक प्रेमगीत ३ का अभिनेता मनिष राउत रहेका छन् । उनले यसै चलचित्रमार्फत निर्देशनमा पाइला चाल्दैछन् ।
कलाकारहरुमा विजय बरालसँगै मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायत रहेका छन् । पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेद्वारा निर्माण गरिएको चलचित्र हो ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले तयार गरेका छन् । संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीले दिएका छन् । छायांकन (डीओपी) नवीन गुरुङ र फिल्मटोग्राफी कृष्ण परियारको रहेको छ ।
‘जनै हराएको मान्छे’ आजबाट
Facebook Comments Box
