विकासमा सहभागितामूलक ग्रामीण लेखाजोखाको महत्व

Nayabimarsha (Weekly Newspaper from Nepal)
– गम्भीर बहादुर हाडा
अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र
भक्तपुर बहुमुखी क्याम्पस (अवकाशप्राप्त)

सहभागितामूलक ग्रामीण लेखाजोखा (पी.आर.ए.) को प्रयोग एउटा व्यवस्थित र क्रमबद्ध कार्ययोजना भएकाले यसको विधि र तरिकालाई बुझ्नु अत्यावश्यक छ । यसमा प्रयोग हुने र हुँदै आएका त्यस्ता विधि र तरिकाहरूका सम्बन्धमा देहाय बमोजिम उल्लेख गर्न सकिन्छ । सामाजिक नक्सा निर्माण पी.आर.ए. सञ्चालनको एक महŒवपूर्ण विधि हो । लक्षित समुदायमा रहेका सामाजिक कुराहरू जस्तैः बाटोघाटो, घरधुरी, वनजङ्गल, धारा, पाटीपौवा, पसल, विद्यालय, स्वास्थ्यचौकी, पुलपुलेसा, मठमन्दिर, सीमाना आदि के कसरी कहाँ अवस्थित छन् भन्ने कुरा हेर्न समुदायकै नेतृत्वमा तयार गरिने नक्सा नै सामाजिक नक्सा हो । समुदायभित्र रहेका प्राकृतिक स्रोतहरूको स्वरूपलाई स्पष्ट पार्न तयार गरिने नक्सा नै स्रोत नक्सा हो । स्थानीय जनसमुदायको प्रत्यक्ष सहभागितामा वनजङ्गल, पानीको मुहान, जग्गाको किसिम, चरन क्षेत्र, आवास क्षेत्र आदिलाई समावेश गरी स्रोत नक्सा तयार गरिने भएकाले उक्त समुदायमा उपलब्ध प्राकृतिक स्रोत र त्यसको सदुपयोग सम्बन्धमा समुदायलाई शसक्त तुल्याउन सकिन्छ ।
धरातलीय नक्साका माध्यमबाट निर्दिष्ट क्षेत्रको भौगोलिक बनावट, हावापानी माटोको स्वरूप आदि बारेमा जानकारी पाइने हुनाले कुन प्रकारको खेती, पशुपालन, मत्स्यपालन, फलफूल आदि के पेशा वा व्यवसाय उपयोगी हुने हो त्यसबारेमा निर्णय गर्न सकिन्छ । भौगोलिक नक्सा तयार गर्दा प्रत्यक्ष रूपमा उपयुक्त ठाउँमा नै गएर जनसमूहको प्रत्यक्ष संलग्नतामा तयार गर्नुपर्ने हुन्छ । गतिशीलता चित्रबाट समुदायका मानिसहरू आआफ्नो शिक्षादीक्षा, मठमन्दिर, विवाह, उत्सव, समारोह, स्वस्थ्य, हाटबजार आदिको प्रयोग कुन कुन क्षेत्रबाट कसरी कसरी सञ्चालन गरिरहेका छन् । त्यसबारेको यथार्थ जानकारी पाउन सकिन्छ । अर्थात् यस्ता विविध क्षेत्रको जानकारीका लागि तयार हुने नक्सा नै गतिशीलता चित्र हो ।
समुदायका सबै सदस्यको आर्थिक अवस्था अवश्य पनि एकै प्रकारको हुँदैन । कसको आयस्रोत के छ ? कसको जग्गा, पशुपालन, खेतीपाती कस्तो छ ? कस–कसले कसरी–कसरी आफ्नो दैनिक जीवन गुजारा गरिरहेका छन् ? आदिको खोजी गरी सम्पत्तिको स्तरीकरणका माध्यमबाट समुदायलाई विभिन्न समूहमा विभाजन गर्न सकिन्छ । जसबाट अनुसन्धाकर्तालाई लक्षित समूह यथार्थ रूपमा छुट्याउन सहयोग पुग्दछ ।
सूचनाको संकलन, प्रस्तुति एवं विश्लेषणमा समुदायका सबै सदस्यहरुको समान सहभागिता रहने भएकाले यसलाई सहभागीतामूलक ग्रामीण लेखाजोखा भनिएको हो । अर्थात् एच्ब् मा कुनै पनि निर्णय सहभागीको अनुपस्थितिमा हुन सक्दैन । लामो छलफलबाट एकैमतले निर्णय गरी कार्यान्वयन हुने विधि भएकाले यसलाई सहभागी विधिको एउटा रुप मान्न सकिन्छ ।
छोटो समयमा कुने गाउँ, समुदाय वा समाजको बृहत पक्षहरूका बारेमा शीघ्र जानकारी प्राप्त गर्ने विधि च्च्ब्( च्बउष्म च्गचब िब्उउचबष्कभब िहो । यो विधि पनि सहभागीतामुलक विधि नै हो तथापि शीघ्रसूचना र जानकारी संग्रह गरिनु पर्ने हुँदा च्च्ब् मा अनुसन्धानकर्ताको भूमिकालाई पनि अहम् मानिन्छ । विकासशील देशका विकास विश्लेषणहरूले सन् १९९० को दशकमा विकास गरेको यस विधिबाट कुनै योजना वा परियोजना संचालन गर्नु पूर्व त्यसको संभावना र आवश्यकताबारे शीघ्र जानकारी प्राप्त गर्न च्च्ब् विकास भएको हो ।
यस विधिमा अनुसन्धानकर्ताले निश्चित सदस्यहरू छनौट गर्दछन् र तिनै चुनिएका व्यक्तिहरू बीचको छलफलबाट जानकारीहरू हासिल गरिन्छ । यस विधिमा अनुसन्धानकर्ता सिपालु र दक्ष हुनु जरुरी छ । यो स्थलबाटै प्रत्यक्ष तथ्याङ्क संकलन गर्ने सोझो विधि भएकाले यसलाई ग्राहक अनुरोध अध्ययन पनि भन्ने गरिन्छ । यसले कुनै पनि कार्यक्रम योजनाको सबल र दुर्वल पक्षबारे जानकारी हासिल गर्नुका साथै सुधारात्मक सुझावहरू पनि प्राप्त गर्न सकिन्छ । यसलाई क्ध्इत् परीक्षणका लागि पनि प्रयोग गर्न सकिन्छ । यहाँ क्ध्इत् को अर्थ क्तचभलनतज (स्वलता), ध्भबपलभकक (दुर्वलता), इउउयचतगलष्तथ (अवसर) र त्जचभबत (चुनौती) भन्ने हुन्छ ।
एउटा च्च्ब् अध्ययनबाट प्राप्त नतिजाहरूलाई उस्तै खालका अन्य अवस्थाहरूमा पनि प्रयोग गर्न सकिने हुँदा यसलाई उपयोगी विधि मानिन्छ । छनौट गरिएका सीमित व्यक्तिहरूबाट तथ्याङ्क संकलन गरिने भएपनि यो सहभागीतामूलक प्रकृतिकै हुन्छ । यो व्यावहारिक अनुसन्धान हो यसलाई प्रभावकारी सहभागितामुलक अनुसन्धान भनिन्छ । यति हुँदाहुँदै पनि यसका आफ्नै सीमाहरू छन् । जस्तै सदस्यहरू जम्मा गर्न कठिन हुुनु, ठूलो जनसंख्यालाई नमूनामा प्रतिनिधित्व गराउन कठिन पर्नु आदि । च्यदयचत अजबmदभच ले आफ्नो पुस्तकमा च्च्ब् विधिलाई ँबष्चथि त्रगष्अप(बलम ाबष्चथि(अभिबच विधि भनेर विश्लेषण गरेका छन् । यो खर्चका हिसाबले सस्तो र तथ्याङ्कका हिसाबले निष्पक्ष र विश्वसनीय भएकाले हो ।
ग्रामीण समुदायको समस्या पत्ता लगाउन सन् १९७० को दशकतिर यसको विकास र सन् १९८० को दशकमा यसको कार्यान्वयन हुन गएको देखिन्छ । यस अन्तर्गत त्बकप ँयचअभ ले आफ्नो उद्देश्य अनुसारको जानकारी संकलन गर्न ग्रामीण जनतालाई कुनै खास जानकारी विना गाउँमै गएर गाउँमा उपस्थित मानिसहरूलाई एक स्थानमा जम्मा गरेर लक्षित विषय बस्तुको समस्याप्रति ती व्यक्तिहरूलाई आ–आफ्नो विचार प्रस्तुत गर्न अवसर दिइन्छ । विभिन्न समस्याहरूलाई लक्षित गरी प्रस्तुत गरिएको विचारको आधारमा ग्रामीणसमुदायको आवश्यकता तथा समस्यासम्बन्धी तथ्याङ्क संकलन गरिन्छ । ग्रामीण सहभागीहरूलाई पाटी पौवा, चौतारी, चिया पसल, विद्यालय तथा अन्य सर्वमान्य स्थानमा पनि एकीकृत गर्न सकिन्छ । यसरी ग्रामीणसमुदायको समस्याको लेखाजोखा गरी आवश्यक निर्णय लिन अत्यन्त सहयोग प्राप्त हुने हुँदा यस विधिलाई द्रूत ग्रामीण समीक्षाको संज्ञा दिइएको हो ।
एच्ब् का महत्वपूर्ण गुण र विशेषताहरु यसप्रकार छन् ः– सामुहिक सहभागीता हुने भएकोले यो लचिलो र प्रजातान्त्रिक विधि हो । यो विधिमा तथ्यहरुको संकलन र सूचना आदान प्रदान गर्न सजिलो हुन्छ । सबै सदस्यहरुको पूर्ण सहभागीता हुने हुँदा सदस्यहरुबीच माया, सद्भाव र सहयोगको भावना विकास हुन्छ । यो विधि पारदर्शी र निष्पक्ष विधि हो । यस विधिमा विपन्न वर्गले पनि सहभागी भई सोच्न, विचार आदान प्रदान गर्ने मौका पाउँदछन् । अन्य विधिहरुमा जस्तै यस विधिमा पनि प्रश्नावली, अनुसूची, निरीक्षण र अन्तरवार्ताका माध्यमबाट सूचना संकलन गरिन्छ । यस विधिमा आवश्यकता अनुसार कार्यक्रम, प्रक्रिया र पद्धति परिवर्तन गर्न सकिन्छ । पूर्ण सहभागीता र छलफल विधि भएकोले यसको प्रत्यक्ष सम्बन्ध विकसित हुन्छ ।
दू्रत ग्रामीण लेखाजोखा ९एच्ब्० का निम्न सबल पक्षहरु रहेका छन् ः १. अनुसन्धान र विकासको समग्रताको अवधारणाका रुपमा रहने । २. व्यापक क्षेत्रमा एकै पटक प्रयोग गर्न सम्भव हुने । ३. अनुसन्धानकर्ताको सहभागितामूलक व्यवहार हुने । ४. सरल, छिटो र मितव्ययी विधिको रुपमा रहेको । ५. उत्तरदाताहरु निष्पक्ष रुपमा छनौट गर्न नसकेमा विश्वसनीय सूचना प्राप्त गर्न सकिने । ६. मोटामोटी रुपमा सबै वर्ग र समूहको प्रतिनिधित्व गराउन सकिने । ७. सहभागितात्मक ग्रामीण लेखाजोखामा ९एच्ब्० मा जस्तो समय तोक्न गा¥हो नहुने । ८. जनुसुकै मौसम र समयमा पनि अध्ययन सम्भव हुने । ९.स्थान, सूचनादाता तथा अध्ययन विधि परिवर्तन गरे त्रिकोणात्मक जाँच गर्न सकिने । १०. छिटो–छरितो तथा सजिलो विधि । ११. मौलिक ज्ञान र सूचनाको अधिकतम उपयोग हुने । १२. पक्षपात र बाह्य प्रभावलाई हटाउन तथा घटाउन सकिने । १३. सहभागितात्मक प्रवृत्ति र व्यवहार हुने । १४. योजनाको समपूर्ण तहमा समुदायको संलग्नता हुने । १५. विविध ।
ग्रामीण सामाजिक जीवनका स्वाभाविक व्यवहारको अध्ययन हुने, समाजसँगको घनिष्ट सम्बन्धबाट उपयुक्त अध्ययन सम्भव हुने, घटना वा समस्यासँग सम्बन्धित प्रत्यक्षा एवं यथार्थ सूचना तथा तथ्यांक प्राप्त हुने, अनुसन्धान विषयका बारेमा गहन अध्ययन हुने, सामाजिक व्यवहारको विस्तृत अध्ययन सम्भव हुने, सामुदायिक जीवनको प्रतीकको रुपमा रहने ।
द्रूत ग्रामीण लेखाजोखा ९एच्ब्० का दुर्वल पक्षहरु निम्न रहेका छन् ः १. विस्तृत क्षेत्रमा एकै पटक प्रयोग गर्न कठिन हुने । २. समय, स्रोत र साधन बढी लाग्ने । ३. सबैको उपस्थिति रहेता पनि संभ्रान्त वर्गको नै हालमुहाली रहनु । ४. स्रोत जुटाउने र जागिर खाने माध्यमको रुपमा मात्र लिइने प्रवृत्ति रहनु । ५. अनुसन्धानकर्तामा सहभागितात्मक प्रवृत्ति र व्यवहारको कमी हुने । ६. अनुसन्धान र विकासको समग्र अवधारणाका रुपमा नरहने । ७. यसबाट प्राप्त निष्कर्ष एवं परिमाणलाई सामान्यीकरण गर्न कठिन एवं अव्यावहारिक हुने । ८. कतिपयले यसलाई मनोरञ्जनको साधनको रुपमा लिने गरेको । ९. दैनिक मजदुरी गरी खानुपर्ने व्यक्तिहरुलाई सामेल गर्न निकै कठिन हुने । १०. पारदर्शिता र निष्पक्षताको कम सम्भावना हुने । ११. तथ्यांक तथा सूचनाहरुको विश्वसनियता कम हुने । १२. यस विधिबाट प्राप्त निष्कर्षलाई सामान्यीकरण गर्न नसकिने । १३. विविध ः अनुसन्धानकर्तामा तटस्थताको अभाव रहन्छ, अनुसन्धाकर्ताको समूह सदस्यसँगको घनिष्टनाका कारण आत्मनिष्ठ सोच बन्ने हुनाले अनुसन्धानमा बस्तुनिष्ठताको अभाव रहने, यसको क्षेत्र सीमित हुने, पक्षपातरहित अध्ययनको अभाव हुने, तथ्यहरुको लेखनमा कठिनाई हुने, छद्म भेषमा समूहमा रहन अवलोकनकर्तालाई कठिनाई हुने आदि जस्ता समस्याहरु उत्पन्न हुने गर्छन् ।
समस्या समाधानका लागि समस्याको पहिचानदेखि कार्यक्रमको योजना र त्यसको कार्यान्वयन, अनुगमन मूल्यांकन तथा उपलब्धी बाँडफाँडमा सबै सदस्यहरुको पूर्ण सहभागिताबाट समस्याको लेखाजोखा गर्ने विधिलाई सहभागितात्मक ग्रामीण लेखाजोखा भनिन्छ । सामाजिक अनुसन्धान एवं विकास निर्माणको प्रक्रियामा स्थानीय जनता वा बासिन्दाहरुको सहभागितापूलक कार्य प्रणालीको तरिका नै सहभागितामूलक ग्रामीण लेखाजोखा हो । कथित पढेलेखेका व्यक्तिहरुबाट योजना बनाई परम्परागत ढाँचामा आदेश दिनुको सट्टा हालसम्म पछाडि परेका तिनै ग्रामीण गरिब जनतालाई अगाडि ल्याएर समस्यासँग सरोकार रहेका समुदायका सदस्यहरुसँग कार्य गर्दै जाँदा नयाँ–नयाँ तथ्यहरु, सूचना तथा विधिहरु सिक्दै जाने विधि नै सहभागितात्मक ग्रामीण लेखाजोखा विधि हो । यसमा लक्षित वर्गमा रहेका सम्पूर्ण मानिसहरुको गुणात्मक सहभागितालाई जोड लिइएको हुन्छ ।
कुनै खास क्षेत्रका खास समुदायका विविध विषयमा उनीहरुका समस्याहरुको विषयमा खोज अनुसन्धान गर्दा उनीहरुको समूदायमा छलफल गरी विचारहरुको विमोचन गरेर मन्थन गरेर सही र महत्वपूर्ण समस्याहरु पहिचान गर्ने, उपयुक्त कार्यनीति बनाउने जस्ता कुराहरु लक्षित समूह छलफलमा गरिन्छन् । समाजको कुनै वर्गको समस्याको विशेष अध्ययन गर्न यो विधि बढी उपयोगी हुन्छ । यस विधिमा समय र श्रम कम लाग्दछ । छोटो समयमा आवश्यक सूचनाहरु सङ्कलन गर्न सकिन्छ । सामूहिक छलफल गर्नु अगाडि आवश्यक पूर्व तयारी पूरा गर्नु पर्दछ । त्यस विषयमा विज्ञहरु को हुन् ? सरोकारवाला को को हुन्, मुख्य ९प्भथ उभचकयल० को को हुन् त्यो थाहा पाउनुपर्दछ । त्यसपश्चात् उपर्युक्त स्थान (पायक पर्ने स्थानमा) मा उनीहरुलाई उपयुक्त हुने समयमा छलफलको लागि बोलाउनु पर्दछ ।
समस्या समाधानका उपायहरुमा ः लक्षित समूह छलफलमा अनुसन्धानकर्ताले सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्दछ । उनीहरुका विचारहरुलाई गहन रुपमा सुन्ने, टिपोट गर्ने, सहभागिताको सबैलाई अवसर दिने । त्यसलाई उपयुक्त किसिमबाट नियन्त्रण गर्ने गर्नुपर्दछ । यसो गर्न सके उनीहरुले आफ्ना बुझाइ र विचारहरुलाई छलफलमा ल्याउन सक्छन् र यथार्थ कुराहरु, तथ्यहरु घटनाहरु बुझ्न थाहा पाउन र सङ्कलन गर्न सकिन्छ । यस विधिको महत्वलाई बुँदागत रुपमा निम्नरुपमा व्यक्त गर्न सकिन्छ ः १. लेख्न, पढ्न जान्ने व्यक्तिहरु पनि सहभागी भएर जानकारी दिन सक्ने । २. एकै स्थानबाट धेरै आधारभूत जानकारीहरु सङ्कलन गर्न सकिने । ३. समय र श्रमको समेत बचत हुने । ४. विषयको विश्लेषण र मन्थन हुने हुनाले यथार्थ र तथ्यगत कुराहरु बाहिर आउने । ५. विभिन्न सामाजिक अन्तरद्वन्द्व र विभेदहरुका विषयहरु पनि बुझ्न सकिने । ६. सरोकारवालाहरु आफ्नो सहभागिताबाट उत्साही हुने आदि ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *