नागरिक समाजको आवश्यकता तथा महत्व

Nayabimarsha (Weekly Newspaper from Nepal)

— गम्भीर बहादुर हाडा
अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र
भक्तपुर बहुमुखी क्याम्पस(अवकासप्राप्त)

नागरिक समाजको बारेमा कुनै ठोस परिभाषा भएको पाइ“दैन । यसका उद्देश्य र कार्यक्षेत्रका आधारमा यसको चिनारी गराइएको पाइन्छ । यसको कार्यक्षेत्र विविध किसिमको हुन्छ । स–साना संघ वा समूहदेखि लिएर अन्तर्राष्ट्रियस्तरसम्म यसको विस्तार भएको छ । एउटा गाउ“को महिला जागरण समूह र ट्रान्सप्यारेन्सी इन्टरन्यासनल दुबैलाई नागरिक समाजको दायराभित्र राख्नुपर्ने भएकाले पनि यसको उपयुक्त परिभाषा हुन नसकेको हो । कार्य क्षेत्र र उद्देश्यको आधारलाई ध्यानमा राखेर “समाजको मानवीय संवेदनास“ग आवद्ध रहेर सामाजिक परिचालनमा रहने सरकार र बजार संयन्त्रभन्दा बाहिर रहेको समूह वा आन्दोलन” लाई नागरिक समाजको संज्ञा दिइएको पाइन्छ ।
नागरिक समाजभित्र पेशागत संघ संस्थाहरु (जस्तैः चिकित्सक, इन्जिनियर, कानून व्यवसायी), विभिन्न जातिगत संस्थाहरु (जस्तैः दलित संघ, किरा“त संघ), शिक्षक÷प्राध्यापक संघहरु, श्रमिक संघ संस्थाहरु, मानव अधिकारवादी संस्थाहरु पर्दछन् । नागरिक समाज समकालीन विश्वको चर्चित विषयहरु मध्येको एक हो । यस शब्दावलीको प्रयोग रोमन दार्शनिक सिसेरोदेखि लिएर प्राचीन ग्रीकहरुले समेत गरेका थिए । उनीहरुले नागरिक समाजलाई राज्यभन्दा फरक अर्थमा लिएका थिएनन् । पछि आएर प्रसिद्ध दार्शनिक फ्रेडरिक हेगेलले नागरिक समाज भनेको परिवारभन्दा व्यापक र राज्यभन्दा अलग अस्तित्वमा भएको समूह हो भन्ने अर्थमा परिभाषित गरे जुन आजको नागरिक समाजको अवधारणास“ग मिल्दोजुल्दो भएको मानिन्छ । यसरी नागरिक समाजको अवधारणा धेरै पुरानो भए तापनि विगत दुई दशकदेखि यसको व्याख्या, प्रयोग र भूमिकाको बारेमा धेरै बहसहरु हु“दै आएका छन ।
नागरिक समाज भनेको गैरराज्य तथा गैरसरकारी रुपमा तल्लो तहबाट सङ्गठित स्वयंसेवी मानिसहरुको समूह, सङ्गठन वा गतिविधि हो । नागरिक समाजको विकासलाई बीसौँ शताब्दीको महत्वपूर्ण उपलब्धीहरुमध्ये एक मानिएको छ । व्यापक दृष्टिकोण, बहुमुखी उद्देश्य नीति तथा कार्यक्रमका साथै बृहत्तर सम्बन्ध भएका नागरिकहरु नै यसका संगठनकर्ताका रुपमा रहेका हुन्छन् । नागरिक समाजलाई जनशक्तिको स्रोत र बहुस.ख्यक जनताहरुको जमघटको थलो मानिन्छ । यो बहुसंख्यक मानिसहरुको जीवनस्तरलाई उकास्नका लागि आवश्यक पर्ने दक्षता र क्षमताको संयोजन गर्ने ठाउँ पनि हो यसैगरी, नागरिक समाजको विभिन्न सामाजिक समुदायहरुका बीच विचार विमर्श गर्ने, संगठित हुने र आफ्नो आफ्नो विकास गर्ने सभा मञ्च समेत प्रदान गर्दछ । नागरिकहरुका समान चाहना, मूल्य र प्रतिबद्धतालाई अभिव्यक्त गर्ने सङ्गठित समूहको काम पनि नागरिक समाजले गर्दछ । नागरिक समाज विकासको वैकल्पिक मार्ग पनि हो । यसले जनमुखी विकासको माग राख्दछ । नागरिक समाज राज्यका विरुद्धमा होइन, यससँग मिलेर नीतिगत विषयमा ठोस निर्णय लिन सक्रिय रहन्छन् । बस्तुतः नागरिक समाज आजको उपज होइन । प्राचीन कालदेखि नै यसका बारेमा चिन्तन गर्न थालिएको पाइन्छ । सवै राजनीतिक विचारधारा भएका दार्शनिकहरुले यसको वकालत गरेका छन् । कार्लमाक्र्स, इमानुएल कान्ट र अगस्ताइनलाई उदाहरणको रुपमा लिन सकिन्छ ।
नागरिक समाज गैर राज्य तथा गैर सरकारी तथा तल्लो तहबाट संगठित स्वयंसेवी मानिसहरुको समुह संगठन वा गतिविधी हो । फराकिलो दृष्टिकोण उद्देश्य नीति र कार्यक्रम तथा व्यापक सम्बन्ध भएा नागरिकहरु नै यसका संगठनक हुन् । नागरिक समाज जनशक्तिको श्रोत र बहुसंख्यक जनताहरुको जमघटको थलो हो, बहुसंख्यक जनताको जीवनस्तरलाई उकास्नका लागि चाहिने दासता र क्षमताको पुन संयोजन गर्ने उपयुक्त ठाउँ हो । विचार विमर्श गर्ने, संगठित हुने र आफ्नोपनको विकास गर्ने मञ्च हो । नागरिक समाजलाई विकास अभिप्रायको वैकल्पिक मार्गका रुपमा लिइन्छ । जनताहरुका समान चाहना, मूल्य प्रतिबद्धता ादिको व्यवहारिक प्रतिवादनलार्य मुर्तरुप दिनका लागि समाजका विभिन्न समुहको मागलाई अभिव्यक्त गर्ने बैकल्पिक बाटोा रुपमा लिइएको छ । यो यस्तो दिशा निर्देश हो । जसमा समान उद्देश्यका लागि थुप्रै मानिसहरु आपसी संबन्धमा बाँधिएका हुन्छन् । सामाजिक घटनालाई सचेततापूर्वक आलोचनात्मक रुपमा हेर्ने गर्दछन् । नागरिक समाजहरु स्पष्ट रुपमा राज्यशक्तिका विषयमा ठोस निर्णय लिन सक्ने स्थितिमा रहेका हुन्छन् । यिनीहरु राज्यशक्ति प्रति उदासिन भएका हुँदैनन् बरु राज्यको केन्द्रीय अंगसित मिलेर समस्तरको प्रतिरोधी शक्तिका रुपमा रहेका छन् । नागरिक समाजलाई स्वत स्फूर्त रुपमा मानिसहरु संगठित थलोका रुपमा चिनिन्छ । नागरिक समाज परिवार, व्यक्तिको निजी अवस्था चाहना तथा जीवनदर्शनका निम्ती बनेको सम्बन्ध सुत्रको जालो हो ।
नेपालमा ऐतिहासिक कालदेखि नै नागरिक समाजले राज्यशक्तिसँग मिलेर काम गर्दै आएको छ । लिच्छवी र मल्लकालीन नेपालमा नागरिक समाजको भूमिका महत्वपूर्ण थियो । नेपालको एकीकरणमा पनि नागरिक समाजका संगठनहरुले महत्वपूर्ण योगदान पु¥याएका थिए । राणाकालिन राजनीतिमा भने यिनीहरु फस्टाउन सकेनन् । अधिनायकवादी राज्य परम्परामा नागरिक समाजलाई पूरै दवाइएको हुन्छ । यति हुँदाहुँदै पनि प्रजातन्त्रको स्थापनामा नागरिक समाजले महत्वपूर्ण भूमिका खेलेको हामी पाउँछौं । प्रजातन्त्रको पुनस्र्थापना पश्चात् नागरिक समाजका संगठनहरु फेरि सक्रिय हुन थालेका छन् । आजभोलि नागरिक समाजका संगठनहरु प्रजातान्त्रिक वातावरणको सृजना, मानव अधिकारको प्रत्याभूति, लैङ्गिक समता, वातावरण संरक्षण, सुशासन, आधारभूत आवश्यकताको पूर्ति र स्वावलम्बनमा आधारित विषयहरुमा केन्द्रित छन् । नागरिक समाजका परिभाषाका बारेमा विद्वानहरुमा एकरुपता पाइँदैन । नागरिक समाजको अलग अलग स्वरुप, कार्यात्मक विविधता, क्षेत्र, तह र प्रवृत्तिले गर्दा नै यो समस्या सृजना भएको हो । वाल्जरका अनुसार “नागरिक समाज भनेको करकाप नगरिएको मानवीय समुदायको स्थानको नाम हो र साथै सम्बन्धमूलक तानावानाको सेट हो जो परिवार, विश्वास स्वार्थ र विचारधाराका लागि गठित हुन्छ र जसले त्यो स्थानको पूर्ति गर्छ । डायमण्डका अनुसार “नागरिक समाज भनेको स्वेच्छिक, स्वपरिचालित, स्वसमर्थित, राज्यबाट स्वायत्त र कानुनी आदेश वा साझा नियमहरुद्वारा बाँधिएको एक किसिमको सङ्गठित सामाजिक जीवन हो । यो सामान्यतया समाजभन्दा के मानेमा फरक हुन्छ भने यसले आधार, स्वार्थ, भावना र विचार अभिव्यक्त गर्न, जानकारी आदानप्रदान गर्न पारस्परिक लक्ष्य प्राप्त गर्न, राज्यसँग माग गर्न र राजकीय कर्मचारीलाई जिम्मेवार बनाउन सार्वजनिक क्षेत्रमा क्रियाशील नागरिकहरुलाई सामेल गराउँछ । कुनै कुनै विद्वानले नागरिक समाजलाई “समाजको मानवीय सम्वेदनासँग आबद्ध रहेका सामाजिक परिचालनमा रहने सरकार र बजार संयन्त्रभन्दा बाहिर रहेका समुह वा आन्दोलनकारी रुपमा तल्लो तहबाट संगठित स्वयंसेवी मानिसहरुको समुह, संगठन वा गतिविधी हो भनि परिभाषित गरेका छन् ।
नोम चोम्स्कीका अनुसार नागरिक समाज कमजोर हुँदा सत्ता स्वेच्छाचारी बन्छ र लोकतन्त्र नाममै सीमित रहन्छ । चोम्स्कीले भनेजस्तो हाम्रो देशको सन्दर्भमा लोकतन्त्र आवरणमा भए पनि जनताले व्यवहारमा अनुभव गर्न सकेको अवस्था छैन । नागरिक समाज सक्रिय तथा सशक्त हुन नसक्दा सरकारले प्रभावकारी काम गर्न सकेको छैन । बर्टोल्ट ब्रेख्ट भन्छन्, ’सबैभन्दा खतरनाक नागरिक त्यो हो, जो अन्याय देखेर पनि मौन बस्छ ।’ लोकतन्त्रमा सरकारलाई नागरिक समाजले खबरदारी गर्दै सही दिशानिर्देश गर्न किन सकेन ? लोकतन्त्रमा समाजलाई सुसूचित बनाउनका नागरिक समाजको अपेक्षा गरिन्छ। मार्टिन लुथरको शब्दमा ’सबैभन्दा पीडादायी कुरा सत्रुको कठोर शब्द होइन, मित्रहरूको भयभित मौनता हो ।’ मुलुकमा नागरिक समाज मौन अवस्थामा देखिन्छ । नागरिक समाजका बुलन्द आवाज खोइ ? नागरिक समाज सत्ताको खबरदारीकर्ता, सर्वसाधारणका सचेतक तथा समाज रूपान्तरणको माध्यम हुन किन चुक्यो ? लोकतन्त्रमा सुशासन अभ्यास र लोकतान्त्रिक आचरण कार्यान्वयनमा नागरिक समाजले अहम् भूमिका खेल्न नसक्दा देशमा सुशासन स्थापित हुन सकेको छैन ।
लोकतन्त्रमा प्रशासनतन्त्र सत्ताकेन्द्रीत होइन, जनताकेन्द्रीत हुनुपर्दछ । एन्टोनियो ग्राम्सीका अनुसार नागरिक समाज राज्य र जनताबीचको सेतु हो, यो सेतु कमजोर भयो भने कर्मचारीतन्त्र लोकतान्त्रिक बन्न सक्दैन । ग्राम्सीको भनाई आधार मानेर हेर्दा कर्मचारीतन्त्रले जनचाहना र सार्वजनिक हित आधार बनाएर ’सर्भिस डेलिभरी गरेको छ त ? भन्ने कोणबाट हेर्दा सन्तोष गर्नसक्ने अवस्था छैन । लोकतान्त्रिक व्यवस्थामा समाजलाई सुसूचित बनाउनका लागि नागरिक समाजको ठुलो भूमिका रहन्छ । विश्वजगतका ऐतिहासिक अध्ययनले विकासको चरमविन्दुमा पुगेका देश पनि एकैपटक विकसित भएका होइनन् । लोकतन्त्रलाई राजनीतिक आधार बनाएर विकास तथा सुशासनमा अब्बल भएका हुन् । राजनीतिक दल र राज्यको कार्यशैली अब्बल बनाउने कार्यमा त्यहाँका नागरिक समाजले सक्रिय भूमिका खेलेको पाइन्छ । मुलुकमा नागरिक समाज मौन अवस्थामा देखिन्छ । नागरिक समाज सत्ताको खबरदारीकर्ता, सर्वसाधारणका सचेतक तथा समाज रूपान्तरणको माध्यम हुन किन चुक्यो ? लोकतन्त्रमा सुशासन अभ्यास र लोकतान्त्रिक आचरण कार्यान्वयनमा नागरिक समाजले अहम् भूमिका खेल्न नसक्दा देशमा सुशासन स्थापित हुन सकेको छैन । जुर्गेन हाबरमास भन्छन्, ’सार्वजनिक बहस र नागरिक समाज लोकतान्त्रिक जीवनका प्राणवायु हुन् ।’ हाबरमासले भनेजस्तो हाम्रो देशको सन्दर्भमा नागरिक समाज लोकतान्त्रिक समाजलाई सशक्त बनाउने कार्यमा संवाहक बन्न नसक्दा देशमा कैयौ जनआन्दोलन र संघर्षका बाबजुद लोकतान्त्रिक संस्कृति र अभ्यास विकास हुन सकेको छैन ।
नागरिक समाजको मुख्य कार्यहरुमा नागरिकको चासो र समस्याको विषयमा सरकारलाई राय सुझाव दिने,राज्यको नीति निर्माण एवं कार्यक्रम तर्जुमा गर्न सरकारलाई सुझाव, दबाब तथा सहकार्य गर्ने, सामाजिक समस्याहरुप्रति सचेत र सजक गराउने, नागरिक चेतना बढाउन र राज्यप्रतिको दायित्व पूरा गर्न नागरिक शिक्षा प्रदान गर्ने, सामाजिक अपराध न्यूनिकरण गर्न एकता कायम गरी संगठित हुने, उपभोक्ता हित वर्भन गर्ने गराउने, अध्ययन तथा अनुसन्धान कार्यमा सहयोग गरी समाज परिवर्तनमा सहयोग गर्ने ।
नागरिक समाजका सकारात्मक पक्षहरुमा जनताको आवश्यकताको पहिचान र परिपूर्तिमा सहयोग पुर्याउने, जन परिचालनको माध्यमबाट राष्ट निर्माणको कार्यलाई प्रभावकारी बनाउने, सुशासनको अवधारणालाई व्यवहारिक रुप दिन सरकारलाई सुझाव र दबाब दिने, जन आकांक्षा युक्त नीति निर्माणमा दबाब सिर्जना गर्ने, समाजका कमजोर र पिछडिएका वर्गहरुको आवाजलाई बुलन्द गर्ने, सम्बन्धित पक्षलाई जनताप्रति उत्तरदायी बनाउने, राज्यको नियन्त्रण र बजार संयन्त्रको एकाधिकारबाट जनतालाई मुक्त राख्ने कार्यलाई अभियानको रुपमा उठाउनुपर्ने देखिन्छ ।
नागरिक समाजका नकारात्मक पक्षहरुमा नेपालका नागरिक समाज राजनीतिकृत हुनु, नागरिक समाज आफ्नो क्षमताले भन्दा दाता निकायको दबाबमा काम गर्ने गरेको, सीमित व्यक्तिहरुको रुचिको आधारमा नागरिक समाज परिचालित हुनु, स्वतन्त्र र निष्पक्ष नभई पूर्वाग्रहका आधारमा परिचालित हुने, स्रोत परिचालनमा सुझाव भन्दा बढी माग मात्र राख्नु उद्दत गराउने काममा सरिक हुनु, नागरिक समाजको अगुवाले व्यक्तिगत स्वार्थ पूरा भएपछि नागरिक समाजको माग ओझेल पर्ने गरेको, नागरिक समाजहरुबीचमा एउटै विषयको मागहरुमा पनि फरक फरक ढंगले प्रस्तुत हुनु, जुन उद्देश्यले स्थापना भएका थिए सो अनुरुप कार्य सञ्चालन नभएको, भ्ष्तिभ हरुको वर्चस्व रहेको, तल्लो वर्गको हितमा कम संलग्नता, राजनीतिसँग आबद्धता ः शिक्षक, प्राध्यापक संघ, कर्मचारी संघ, संगठन, राजनीति आस्थाकै आधारमा पृथक, तारे होटलमा गोष्ठी, सभा गर्ने र विदेश शयरमा रमेका, जागिर खाने, विदेशबाट सहयोग ल्याउने, समाजसेवा भएको देखाउने, तर उपलब्धि हात नपार्ने प्रवृत्ति रहेको देखिन आउँछ ।
नागरिक समाजको प्रभावकारिता ल्याउन चाल्नुपर्ने कदमहरुमा नागरिक समाज राजनीतिकृत हुन नहुने, नागरिक समाजले क्षमता बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने, दाता निकायको दबाबमा भन्दा देशको आवश्यकता काम गर्नुपर्ने, स्वतन्त्र र निष्पक्ष नभई पूर्वाग्रहका आधारमा परिचालित हुनु भएन, स्रोत परिचालनमा सुझाव भन्दा बढी माग मात्र नराखी उद्दत जिम्मेवार हुनुपर्यो । नागरिक समाजको अगुवाले व्यक्तिगत स्वार्थ हेर्नु भएन, नागरिक समाजहरु समाजको मागहरुमा केन्द्रित हुनुपर्ने देखिन्छ ।
विकास भन्नाले समाजमा परिवर्तन ल्याउने त्यस्तो प्रकृया हो, जसले आर्थिक वृद्धि, आयको समान वितरणको साथै सामाजिक मूल्यमान्यतालाई समेत संरक्षण गर्दछ । ग्रामीण विकासको क्षेत्र व्यापक भएकाले उल्लेखित एक वाक्यले मात्र यसलाई पूर्णता दिन सकिदैन तथापि यसले ग्रामिण विकासलाई बहुआयामिक दृष्टिबाट प्रष्ट्याउन खोजेको पाइन्छ । खासगरी ग्रामीण क्षेत्रमा रहेका सामाजिक, आर्थिक, राजनीतिक आदि स्थितिबाट जनताको स्तर गुणात्मक र मात्रात्मक दुवै रुपले माथि उठ्नुसँग विकासको सम्बन्ध हुन्छ । त्यसैले ग्रामीण विकास एउटा बहुआयामिक विद्या पनि हो । ग्रामीण विकासका सन्दर्भमा गरिबी मुख्य समस्याका रुपमा रहेको छ । साथसाथै ूएभयउभि बचभ उययच दभअबगकभ तजभथ बचभ उययचू भन्ने निराशावादी सोंचको विकास पनि भएको पाइन्छ । तथापि यो निराशावादी गरिब जनता गरिबीको कुचक्रमा फसेका हुन्छन् । यो कुचक्र ग्रामीण जनताको एउटा कठिन पासो पनि हो । यो कुचक्रबाट मुक्त हुन त्यत्तिकै कठिन छ ।
लोकतन्त्रमा मताधिकार सबैभन्दा शक्तिशाली हतियार मानिन्छ । निष्पक्ष निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । सबै वर्गको न्यायपूर्ण सहभागिता, नैतिक आचरण, पारदर्शिता र नागरिक चेतनाबाट चुनावी सफलता मापन गरिन्छ । चुनाव शहर केन्द्रित मात्र हुनुहुन्न । भौगोलिक विकटता र सूचनाको असमानतालाई न्याय गर्न सक्षम हुनुपर्छ । सम हुनुपर्छ । मतपेटिकामा खसालिएको एउटा मत कागजमात्र होइन, त्यो भविष्यप्रतिको जिम्मेवारी, थुप्रै चाहना र सपनाहरूको उत्तर हो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *